Scroll To Top
News Trending

Popular Posts

Facebook Like

Browsing "Older Posts"

Browsing Category "यौन /स्वास्थ्य"

सुपर सेक्सका सुत्र

Wednesday, April 1, 2015 / No Comments
यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति हो । तर, केही कुरामा ध्यान दिन सकियो भने सेक्सलाई ‘सुपर सेक्स’ बनाउन सकिन्छ । एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटी’मा प्रकाशित अनुसन्धानअनुसार ग्रेट सेक्स’ का लागि यौनपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी छ । दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ । एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज गराउनु सुपर सेक्सका अर्को सूत्र हो ।

अनुसन्धानमा भनिएको छ, ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले जिउने प्रयास गर्नुपर्छ ।’ दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुन्छ । अन्तरंगता अर्को मुख्य सूत्र हो । अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीब्र वृद्धि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव समेत जाग्रित हुन्छ । स“गै एक–अर्काप्रति वास्तविक र स्वाभाविक यौन चाहना उत्पन्न हुन्छ । अनुसन्धानअनुसार यौन क्रियाका लागि एक–अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्वपूर्ण हुँदैन ।

यद्यपि यौन क्रियाक्लपामा जुट्नुअघि अतिरिक्त संवाद र एक–अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद बोली वा सांकेतिक रुपमा हुन सक्छ । सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक–अर्काप्रतिको समर्पण अझ महत्वपूर्ण कुरा हो । यदि जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौनको अनुभव गर्छन् । जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिने होइन, दुइटैले कसरी आनन्द लिने । अनुसन्धानले ‘स्वस्थ यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पती, प्रेमजोडीले अनुभव गर्न सक्छन् । बुझ्नैपर्ने कुरा के हो भने यौनका लागि तयार हुनु युद्ध लड्नु होइन, यो समर्पण हो ।

दुवैलाई एकअर्कालाईै पूर्ण रुपमा सुम्पिनुपर्छ, जसले गर्दा अनुकुल तरिका र आसल अपनाएर साथीले दोहोरो यौन सन्तुष्टि सिर्जना गर्न सकोस् । बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा सहभागी थिए । अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो । अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको समय कुनै पनि सम्बन्ध तोड्नेजस्तो स्थिति उत्पन्न भएन । उनीहरूले अति आनन्ददायक यौनको अनुभव गरे ।

आफ्नी श्रीमतिसँग अनैतिक सम्बन्ध राख्ने सहकर्मिको हत्या

Friday, March 13, 2015 / No Comments
आफु बिदेशी मिसनमा गएका बेला आफनो श्रीमतिले आफनै सहकर्मिसँग सम्बन्ध राखेको थाहा पाएपछि नेपाली सेनाका एक जवानले आफनै सहकर्मिको हत्या गरेका छन् । नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत रुद्रबहादुर थापाले आफ्नी श्रीमती सँग नजिकिएको भन्दै  नेपाली सेना मै कार्यरत रोहित कुमार ओझाको हत्या गरेका हुन् । ओझाले थापाकी श्रीमतिलाई बहिनी मानेर थापाकै अगाडि भाईटिका लगाएका थिए । दिदि भाईको सम्बन्धमा ढुक्क बनेका थापा मिसनबाट फर्केर आउँदा सम्बन्धको बारेमा थाहा पाएपछि ओझाको हत्या गर्न पुगेका हुन् । थापा पोखरा हुँदै रुपन्देही गएर होटलमा बसेको अवस्थामा प्रहरीले उनलाई बिहिबार प्रक्राउ गरेको हो। थापालाई प्रहरी कर्तव्य ज्यान मुद्धा चलाउने भएको छ।

एक जनाको टाउको अर्कोको शरिरमा जोडिदै

/ No Comments
एक जना शल्य चिकित्सकले टाउको प्रत्यारोपण (एक जनाको टाउको अर्काको शरीरमा जोड्ने) भएका छन्  । यो  विश्वकै नौलो शल्यक्रिया हुनेछ ।
इटलीयन सर्जन सेर्गियो कानाभेरोले सन् २०१३ मा मानव टाउको प्रत्यारोपण गर्न सकिने बताएका थिए । उनले २ वर्षको अनुसन्धान पछि टाउको प्रत्यारोपण गर्ने औपचारिक घोषणा गर्ने भएका छन्  । उनले आगामी जुनमा अमेरिकामा हुन लागेको अमेरिकन एकेडेमी अफ न्युरोलोजीकल एण्ड अर्थोपेडिकको वार्षीक साधारण सभामा आफुले सन् २०१७ भित्र टाउको प्रत्यारोपण गर्ने औपचारिक घोषणा गर्ने छन् ।
न्युज साइन्टिष्ट अनलाइनमा जनाइए अनुसार सो साधारण सभामा उनले प्रत्यारोपणमा हालसम्म भएका अनुसन्धानबारे लेक्चर पनि दिनेछन् । सो समाचारअनुसार यस्तो प्रत्यारोपणले मल्टि अर्गान क्यान्सर भएका बिरामीहरुको ज्यान जोगाउन सकिने विश्वास गरिएको छ । यो प्रत्यारोपणमा टाउको स्वस्थ रहेको तर मल्टि अर्गान क्यान्सर भएका बिरामीमा मस्तिष्क मृत्यु भएका मानिसको शरीर ल्याएर जोडिने छ । यो प्रत्यारोपणमा मेरुदण्ड भित्र हुने मुख्य नसाको नली जोड्न सबैभन्दा गाहे हुने बताइएको छ । यहीकारण धेरै वैज्ञानीक शल्य चिकित्सकहरुले टाउको प्रत्यारोपण गर्न असम्भव हुने बताएका छन्  ।
तर, एक महिना अघि कानाभेरोले यो प्रक्रिया सम्भव हुने चित्राङ्कन गरेर सम्भव हुनसक्ने देखाएका छन् ।  । उनले प्रयारोपणमा पहिला अक्सिजन बिना कोषहरु लामो समय बाँचुन भन्नका लागि ग्रहण गर्नेको टाउको र डोनरको शरीरलाई चिसो बनाएर राख्नेछन् । त्यसपछि उनले घाँटीको तन्तुहरुलाई काटेर मुख्य रगतको नलीमा जोड्ने छन् । त्यसपछि उनले मेरुदण्डको मुख्य नलीलाई निकै धारीलो हतियारले काट्ने छन्  । त्यो काट्नका हिराले बनेको हजारौं गूणा तिखो हतियार प्रयोग  हुनेछ ।
मेरुदण्डको मुख्य नसालाई जोड्न पोलिथाइलिन ग्लाइकोल रसायनको प्रयोग गर्नेछन् । त्यसपछि प्रत्यारोपीत बिरामीलाई तिनदेखि चार हप्ता कोमामा राखिने छ । उनको विश्वास छ, बिरामी त्यसपछि आफ्नै श्वरमा बोल्नेछ र एक वर्षमा आफै हिड्न सक्नेछ । ‘यदी समाजले यस्तो शल्यक्रिया अश्विकार गरे गर्ने छैन’ कानाभेरो भन्छन,  ‘तर, यो शल्यक्रिया अमेरिका वा युरोपका मान्छेले चाहदैनन् भन्दैमा अन्य मुलुकमा गर्न सकिन्छ ।’
यसअघि सन् १९५४ मा रसियाका सर्जन भ्यालिदिमिर मेमिकोबले कुकुरमा टाउको प्रत्यारोपण प्रयास गरेका थिए । प्रत्यारोपणको केही दिनमा कुकुरको मृत्यु भएको थियो ।

विश्व मिर्गौला दिवस मनाइँदै

Wednesday, March 11, 2015 / No Comments
२८ फागुन,  विश्व मिर्गौला दिवस आज नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्‍याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
नेपालमा कुनै न कुनै रुपमा ३० लाख जना मिर्गौला सम्वन्धि केही न केही रोगी रहेको अनुमान छ । मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।
उपचार महंगो मानिने मिर्गौला रोग परीक्षण गर्न १ सय रुपैयाँ पनि नलाग्ने भएकोले बेलैमा परीक्षण गर्न डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान-मध्यपान नगर्न, शारिरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन उनको सुझाव छ ।
मानिस ४० बर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकोले बढ्दो उमेरसँगै मिर्गौलालाई पनि हेरचाह गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञ श्रेष्ठको भनाइ छ ।
सरकारले मिर्गौला रोगको उपचारका लागि विपन्न नागरिकलाई निःशुल्क डायलासिस र प्रत्यारोपणमा १ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ ।

क्यान्सर रोग अब कुकुरले नै पत्ता लगाउने

/ No Comments
फागुन २६ , अमेरिकी शोधकर्ताहरुको टोलीले दिएको प्रशिक्षण्बाट दीक्षित कुकुरले सुँघेरै क्यान्सर रोग लागे÷नलागेको पत्ता लगाउन थालेको छ ।

‘प्र्रmैकी’ नामक जर्मन सेर्फर्ड सुँघेकै भरमा व्यक्तिलाई थाइराइड क्यान्सर भए’नभएको थाहा पाउन सफल भएको छ । कुकरलाई प्रशिक्षण दिनेक्रममा ३४ जना व्यक्तिमाथि परीक्षण गरिएकोमा३० जनामा थाइराइडको क्यान्सर भएको तथ्य तालिमप्राप्त कुकुरले बाहिर ल्याएको छ । कुनै पनि सामान्य व्यक्तिको पिसाव सँुघेर सो कुकुरले थाइराइड पत्ता लगाएको हो ।

थाइराइड क्यान्सरको पहिचान मनुष्यको रगतमा भएको हार्मोनबाट पत्ता लाग्ने भए पनि प्रशिक्षित कुकुरले भने पिसाव सुँघेर थाइराइड क्यान्सर पत्ता लगाउने गरेका छन् ।

अमेरिकाको एन्डोक्राइम सोसाइटीले कुकुरको सुध्ने शक्तिको क्षमतासहितको प्रतिवेदन सार्वजनिक गर्दै आगामी दिनमा अन्य क्यान्सर पत्ता लगाउन कुकुरकै प्रयोग गर्न सकिने आशा गरेको छ ।

नेपालमा ५ करोडभन्दा बढी संख्यामा कन्डम खपत हुने

Saturday, February 14, 2015 / No Comments

यौनसम्बन्धी विभिन्न रोग र एचआइभी र एड्सजस्ता रोगको संक्रमणका विषयमा जनचेतना बढ्दै जाँदा कन्डम प्रयोगकर्ताको संख्या बढ्यो , नेपालमा एक वर्षमा ५ करोडभन्दा बढी संख्यामा कन्डम खपत हुने  ।

यसकारण सेक्स पछि निद्रा लाग्छ पुरुषलाई

/ No Comments

पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । कतिपय महिला यस्तो अवस्थामा आफ्नो पति वा यौन साथीलाई कुनै रोग त छैन भनी सोच्न बाध्य हुन्छन् । तर यसमा डराउनु पर्दैन । किनकी सबै पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । तर,सेक्स पछि किन निद्रा लाग्छ कमै मानिसलाई थाहा होला । सेक्स पछि पुरुषमा अक्सिटोसीन र प्रोलेक्टिन नामको हाम्रोन उत्पादन हुन्छ । जसले निद्रा लगाउँछ । यो मात्रै कारण होइन । निद्रा लाग्ने अन्य कारण पनि छन् ।
यस्ता छन् अन्य कारण :
सेक्स पछि पुरुषमा अक्सिटोसीन हाम्रोनको उत्पादन बढी हुन्छ । यो हम्रोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हम्रोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । तर महिलाहरु सेक्स पछि तुरुन्तै निदाएको मन  नपराउन सक्छन् । सेक्स पछि निदाउने बानीलाई नियन्त्रण भने गर्न सकिन्छ । कतिपय अवस्थामा तनाव कम गर्न पनि सेक्स गरिन्छ । सेक्स पछि पुरुषमा मानसिक तनाव कम हुन्छ र निद्रा लाग्छ । सेक्समा क्यालोरी पनि बढी खर्च हुन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेरपनि तुरुन्तै निदाउने गर्छन् ।  नियमित सेक्स गर्ने मानिसहरु स्वस्थ रहने बिभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । तर त्यसका लागि सेक्स स्वस्थ हुनुपर्छ ।

अचम्मका सेक्स तथ्यहरु

Saturday, February 7, 2015 / No Comments


 १. विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६५ हजार दम्पत्तीहरु सेक्स गरिरहेका हुन्छन् ।
२. एक चम्चा वीर्यमा सात क्यालोरी हुन्छ ।
३. क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले घरमा श्रीमतीलाई सहयोग गर्ने पुरुषहरुले ५० प्रतिशत बढी सेक्सको अवसर पाउने पत्ता लगाएका छन् ।
४. मूर्ति या म्यान्निक्विनप्रति हुने यौन आकर्षणलाई एजाल्माटोफिलिया भनिन्छ ।
५. अहिलेसम्मकै सबैभन्दा धेरै चरमसुख भएको रेकर्ड एक महिलालाई एक घण्टामा १३४ पटक भएको छ भने पुरुषमा १६ पटक भएको पाइएको छ ।
६. सेक्सप्रतिको निष्क्रियताले लिंगको आकार पनि घटाउँछ । रुसकी महिला तात्याना कोजेभ्निकोभाले योनिले १४ केजी तौल तानेर रेकर्ड बनाएकी थिइन् ।
७. वीर्यमा भएको प्रोटिनले चाउरी निको पार्छ
८. विश्वभरमा ग्रिसमा मानिसहरु सबैभन्दा सेक्सीमा पर्छन् । उनीहरु अधिकांशले हप्तामा एकपटक सेक्स गर्ने गर्छन् ।

९. ५० जनामध्ये एक महिलामा अतिरिक्त स्तनको निप्पल हुने गर्छ ।
१०. दुईवटा कण्डम लगाउँदैंमा थप सुरक्षा दिने भन्ने हुँदैंन, बरु आपसी घर्षणले फुट्न सक्छ ।
११. इरानमा वेश्यावृत्ति कानुनी छ, जहाँ पैसा तिरेर केही घण्टाका लागि अस्थायी श्रीमती पाइन्छ ।
१२. पुरुषको दुईवटा अण्डकोषमध्ये एउटा अलि तलतिर रहेको हुन्छ । यसको कारण हो– हिड्दा तिनीहरु आपसमा नठोक्किउन् ।
१३. सन् २०१२ मा भएको एक सर्भेले ६० प्रतिशत बेलायतीहरु अध्याँरोमा सेक्स गर्न मन पराउँने देखाएको थियो ।
१४. अहिले विश्वभर प्रचलित खाद्यपदार्थ केलोग्स कर्नफ्लेक्स एक त्यस्ता व्यक्तिले विकास गरेका थिए, जो हस्तमैथुनविरुद्धका अभियन्ता थिए । उनले मानिसबाट यौन विचार हटाउँन स्वस्थ खाना आवश्यक रहेको भन्दै कर्नफ्लेक्सको विकास गरेका थिए ।
१५. एउटा अन्तर्राष्ट्रिय अनुसन्धानबाट के देखाएको छ भने स्पेन, ब्राजिल र इटालीका महिलाहरुले उत्कृष्ट लभर उत्पादन गर्छन् । अंग्रेजहरु भने ज्यादै अल्छी हुन्छन् ।
१६. प्राचिन चीनमा सेक्सपछि मक्र्युरी र सिसा खाएमा गर्भ रहँदैंन भन्ने विश्वास गरिन्थ्यो । तर, यसले मृत्युसम्म निम्त्याउथ्यो ।

यसरि दम्पत्ति खुशी हुन्छन्

/ No Comments

तपाईंहरू आफ्नो जोडीसंग सुत्दा बीचमा कति ठाउँ छाड्नुहुन्छ ? दम्पत्ति सुत्दा हुने दूरीका आधारमा अनुसन्धानकर्ताहरूले एक तथ्य पत्ता लगाएका छन् । अध्ययनका अनुसार जोडी सुत्दा दूरी जति कम हुन्छ, उनीहरूबीचको संबन्ध त्यति नै सुमधुर हुन्छ ।  दूरी एक इञ्चभन्दा कम हुने जोडीबीचको संबन्ध ३० इञ्चभन्दा बढी दूरी बनाउने जोडीको भन्दा बढी सुमधुर हुने अनुसन्धानकर्ताको दाबी छ । यस्तै, शरीर नछुवाउने भन्दा छुवाएरै सुत्ने दम्पत्तिको जीवन सुखी र खुशी हुने देखिएको छ ।


एडिनबर्ग इन्टरनेशनल साइन्स फेस्टिभलको एउटा भागको रुपमा १ हजार मानिसबीच गरिएको अनुसन्धानमा दम्पत्तिको सुत्ने शैलीका बारेमा रोचक तथ्य सार्वजनिक भएको  थियो । जसअनुसार ४२ प्रतिशत दम्पत्तिले ढाड जोडेर, ३१ प्रतिशतले एकापट्टि फर्केर एउटै पोजिशनमा र ४ प्रतिशतले आमनेसामने गरेर सुत्ने गरेको बताएका थिए । यस्तै, १२ प्रतिशतले १ इन्चभन्दा कम दूरीमा र २ प्रतिशतले ३० इन्चभन्दा बढी दूरी बनाएर सुत्ने गरेको पाइएको थियो ।

युनिभर्सिटी अफ हर्टफोर्डसायरका मनोविद् प्राध्यापक रिचर्ड वाइजम्यान भन्छन्, ‘एउटा महत्वपूर्ण फरक भनेको शरीर छुनेमा पाइयो, एकआपसमा छोएर सुत्ने ९४ प्रतिशत दम्पत्ति संबन्धमा खुशी रहेको पाइयो, जबकि शरीर नै नछुनेहरूबीचको संबन्ध राम्रो रहेको  पाइएन ।

बलात्कार गर्न युवतीको निम्तो

Wednesday, February 4, 2015 / No Comments
महिलाहरुलाई आफ्नो अस्मिता जोगाउन हम्मे हम्मे परिरहेको छ । तर एकजना युवतीले भने आफुलाई बलात्कार गर्नका लागि पुरुषहरुलाई आमन्त्रण गरिरहेकी छिन् । कुनै यौनकर्मी महिलाले ग्राहकलाई निम्तो दिएको पो हो की भन्ने ठान्नुहोला । तर होइन ।
आफुलाई बलात्कार गर्न पुरुषहरुलाई खुल्ला निम्तो गर्ने ती युवती कुनै पेशेवर यौनकर्मी होइनन् । सामाजिक कार्यका लागि भन्दै उनले आफुलाई बलात्कृत गराउन चाहन्छिन् ।
एक युवतीले आफुलाई बलात्कार गर्नका लागि सार्वजनिक रुपमा अपिल गरेको यो भिडियो अहिले इन्टरनेटमा भाइरल बनिरहेको छ । वास्तवमा यसरी आफुलाई सार्वजनिक रुपमै बलात्कार गर्न आग्रह गर्ने युवती भारतीय कलाकार माधुरी देसाइ हुन् । उनको यो भिडियो एक्टिभ इलुसन ग्रुपले तयार पारेर यु ट्युबमा अपलोड गरेको छ ।
दुइ मिनेट लामो यो भिडियोमा माधुरीले खासगरी भारतीय महिलाहरुप्रति हुने यौनहिंसाका विषयमा चेतना जगाउने प्रयास गरेकी छिन् । यो भिडियोमा माधुरीले भारतमा हुने गरेका बलात्कार सम्बन्धि विभिन्न तथ्यहरुलाई पस्किँदै आफुलाई बलात्कार गर्न आह्वान गर्छिन् । यो भिडियोमा बालकदेखि वृद्धावस्थासम्मका पुरुषहरुले विभिन्न सार्वजनिक स्थानमा महिलाहरुमाथि कसरी गिद्धेदृष्टि लगाउँछन् भन्ने कुरालाई सान्दर्भिक तस्वीर सहित प्रस्तुत गरिएको छ ।
भिडियोको सुरुमा उनले दर्शकतर्फ हेरेर अनौठो पाराले आफुलाई बलात्कार गर्न आग्रह गर्छिन् । यो भिडियो मार्फत उनले चाहे बाबु होस् वा श्रीमान वा छिमेकी सबैले महिलालाई सिकार बनाउने गरेको बताएकी छिन् । कहाँ कहाँ र कसरी महिलामाथि यौन हिंसा हुने गर्छ भन्ने कुरा समेत उनले खुलासा गरेकी छिन् ।

दिनहुँ सेक्स गर्दा स्वास्थ्य समस्या निम्तन्छ ?

Saturday, January 24, 2015 / No Comments
मेरो बिहे भर्खरै भएको हो । मलाई के जान्न मन लागेको छ भने के महिनावारीका बेला सेक्स गर्नु ठीक हुन्छ ? यसबाट गर्भ रहने सम्भावना हुन्छ कि हुँदैंन ? यदि सेक्स गर्न हुन्छ भने कस्तो सावधानी अपनाइनुपर्छ ?
यदि तपाईं चाहनुहुन्छ भने महिनावारीका बेला सेक्स गर्न सक्नुहुन्छ । महिनावारीका बेला महिलाको यौनांग बढी भिज्ने भएकाले केही पुरुषहरु यस्तो बेला सेक्स गर्न मन पराउँछन् । यस्तो बेला सेक्स गर्दा कतिपय महिलालाई चरमोत्कर्षमा पुगेका बेला पेट र कम्म दुख्ने समस्याबाट समेत  राहत मिल्छ । चरमोत्कर्षमा पुगेका बेला महिलाको यौनांग क्षेत्रमा रगत संकलन (कन्जेसन) हुँदैंन ।
तर,  ध्यान दिनुहोस्, महिनावारीका दौरान सेक्स गर्न महिला साथीको इच्छा पनि हुनुपर्छ । र कुनै कारणवश हिच्किचाहट हुन्छ भने कण्डमको प्रयोग गर्न  सकिछ ।

 म दिनहुँ सेक्स गर्छु र वीर्य पनि बढी नै निस्कन्छ । के यसको असर मेरो स्वास्थ्यमा पर्छ ? यहीकारण मेरो आँखामा कालो घेरा बनेको जस्तो मलाई लाग्छ । के वीर्य स्खलन र आँखामा यस्तो समस्याबीच कुनै सम्बन्ध छ ?

जुन पदार्थलाई तपाईं वीर्य सम्झिइरहनु भएको छ, त्यो वीर्यमात्र हुँदैंन । वीर्य त तपाईंको लिंगबाट निस्कने तरल पदार्थको ०.१देखि १ प्रतिशतमात्र हुन्छ । बाँकी त फ्लुड सेमिनल भेसिकल्स र प्रोस्टेटबाट आउँछ । यदि यसलाई शरीरबाट बाहिर ननिकाल्ने हो भने आफसेआफ बाहिर निस्कन्छ । यसरी दैनिक वीर्य निकाल्दा शरीरमा कुनै समस्या निम्तदैन । यदि कमजोरी महसुस गर्नुहुन्छ भने बाल्यकालदेखि नै मष्तिष्कमा बसेको गलत धारणा हो । एक थोपा वीर्य बन्न एकसय थोपा रगत आवश्यक हुन्छ भन्नेजस्ता गलत धारणा छ । वीर्य चौबिसै घण्टा बन्नका लागि नै बन्ने हो । यसलाई जमाएर या सन्चित गरेर राख्न असम्भव छ । वीर्य र आँखाबीच पनि कुनै सम्बन्ध हुँदैंन ।तर, यस्ता गलत धारणाबाट पैदा भएको तनावले शरीरको चमक भने हराउन सक्छ ।

म ३४ वर्षको भएँ । मेरो समस्या के हो भने, मेरी श्रीमती चाँडै नै चरमोत्कर्षमा पुग्छिन् । तर, म पूर्ण सन्तुष्ट हुन सक्दिन । मैले त सुनेको थिएँ, महिलाहरु ढिला चरमोत्कर्षमा पुग्छन् । तर, मेरी श्रीमतीको मामलामा उल्टो भएजस्तो लाग्छ । किन यस्तो हुन्छ ?

चाँडै चरमोत्कर्षमा पुग्ने समस्या पुरुषको मात्र भएको धारणा पनि गलत हो । वास्तवमा महिला पनि चाँडै चरमोत्कर्षमा पुग्न सक्छन् ।  महिलाले सेक्सभन्दा एक घण्टा खाने औषधि छ, त्यो खाएपछि चाँडै चरमोत्कर्षमा पुग्ने  समस्या हट्छ । यद्यपि यो अस्थायी उपचार हो । यसको स्थायी समाधानका लागि कुनै योगविज्ञको मद्दतबाट बज्रोली र अश्विनी मुद्राको अभ्यास गर्न  सकिन्छ । यो मुद्राबाट चाँडै स्खलनका जिम्मेवार मानिएको मांसपेशीलाई नियन्त्रण गर्न सकिन्छ ।


के महिनावारीको बेला सेक्स गर्दा गर्भ रहदैन ?
शारीरिक सम्बन्धपछि नुहाउदा गर्भ बस्दैन, पहिलो सेक्समा गर्भ रहदैन, सेक्सपछि तुरुन्तै महिलाले पिसाव गर्दा गर्भ रहदैन…हाम्रो समाजमा रहेका यस्ता भ्रमले महिलाहरु अनिच्छित गर्भधारण गर्न बाध्य छन् । नेपाली समाजमा गर्भसंग जोडिएका निकै भ्रमहरु छन् ।
यस्ता छन् भ्रमहरु :
१) महिनावारीको बेला सेक्स गर्दा गर्भ रहदैन भन्नु भ्रम हो । किनकि शुक्राणु ७ दिनसम्म सक्रिय रहन्छन् । जसका कारण गर्भ रहने सम्भावना रहन्छ ।
२) पहिलो पटकको सेक्समा गर्भ रहदैन भन्नु पनि भ्रममात्र हो । त्यसकारण बच्चाको चाहना छैन भने परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ ।
३) सेक्स गर्ने बित्तिकै नुहाउदा वा पिसाब गर्दा गर्भ रहदैन भन्नु पनि भ्रममात्र हो ।
४) सेक्स गर्ने बित्तिकै उभिदा वा हिड्दा गर्भ रहदैन भन्नु पनि भ्रम हो ।
५) पानीमा सेक्स गर्दा वा सेक्स पछि पानीमा बस्दा गर्भ रहदैन भन्नु पनि भ्रम हो ।
परिवार नियोजनका साधनका प्रयोग नै सबैभन्दा उत्तम गर्भ निरोधको विधि हो

सेक्स गर्दा अचानक लिङगमा उत्तेजना हराउँछ ?

/ No Comments
 कसरी आउँछ उत्तेजना ?

लिंगमा उत्तेजना विचार तथा स्पर्शबाट आउँछ । मानिसको दिमागमा एउटा सेक्स सेन्टर हुन्छ । जब यो केन्द्र उत्तेजित हुन्छ, त्यसले लिंगतर्फ सन्देश पुयाउँछ । शरीरमा रगतको  प्रवाह तेज हुन्छ । पूरै शरीरमध्ये लिंगमा रक्तप्रवाह सबैभन्दा बढी तीब्र हुन्छ । यहीकारण लिंगमा उत्तेजना तथा महिलाको योनिमा तरल पदार्थ उत्पन्न हुन्छ । लिंग उत्तेजित हुन योग्य हर्मोन हुनु जरुरी हुन्छ । पुरुषमा ६० वर्षपछि र महिलामा ४५वर्षपछि हर्मोनको कमी हुन थाल्छ ।

के हो इरेक्टाइल डिस्फङसन  (उत्तेजित नहुने समस्या) ?

सेक्सका क्रममा या त्यसअघि नै उत्तेजना हराएर जान्छ भने  त्यसलाई इरेक्टाइल डिस्फङसन भनिन्छ । यो विभिन्न प्रकारको हुन्छ । कसैलाई उत्तेजना नै हुँदैंन भने कसैलाई सेक्सको सोच आउँदैमा उत्तेजना हुन्छ । तर, जब सेक्स गर्ने तयारी हुन्छ या सेक्स गर्न थाल्छ, त्यसपछि उत्तेजना बिस्तारै हराएर जान्छ । कसैमा भने लिंग योनिमा राख्नेबित्तिकै उत्तेजना समाप्त हुन्छ । सेक्सका क्रममा घर्षणका दौरान यदि उत्तेजना कम हुन्छ भने पनि त्यो इरेक्टाइल डिस्फङसन भनिन्छ । सेक्स पूरा भएपछि या स्खलन पछि मात्र उत्तेजना समाप्त हुनुपर्छ  । यो समस्याका कारण मानिसमा आत्मविश्वासको लेभल पनि कम हुँदैं गइरहेको हुन्छ ।

किन यस्तो हुन्छ  ?

इरेक्टाइल डिस्फङसनको मुख्य कारण शारीरिक पनि हुन सक्छ र मानसिक पनि हुन सक्छ । यदि कुनै खास समयमा उत्तेजना हुन्छ, तर, सेक्सका बेला उत्तेजना हुँदैंन भने, सम्झनुहोस्,  समस्या शारीरिक होइन, मानसिक स्तरमा छ । तर, खास समयमा अर्थात्, बिहान उठ्दा, पिसाब गर्दा, हस्तमैथुनका दौरान या सेक्सका बारेमा सोच्दा पनि लिंग उत्तेजित हुँदैन भने शारीरिक समस्या रहेछ भन्ने बुझनुपर्छ । यति मानसिक समस्या छ भने साइकोथेरापी या डाक्टरहरुले दिएको उपायबाट समाधान हुन सक्छ ।

शारीरिक कारण :

रक्सी, धूमपान, मधुमेह तथा तनावका कारण यस्तो हुन सक्छ ।
हार्मोनको गडबडीले पनि उत्तेजनामा समस्या आउन सक्छ ।
लिंग कडा हँुदा त्यसमा रक्तप्रवाह बढ्छ । जब लिंगमा रक्तप्रवाहमा कमी आउँछ भने कडा हुँदैंन र यस्ता समस्या निम्तन्छन् । कहिलेकाही सुरुमा लिंगमा पूरै रक्तप्रवाह हुन्छ । तर, योनिमा प्रवेश गर्नेबित्तिकै सबै रगत फर्कन थाल्छ  ।
स्नायुप्रणालीमा देखिएको समस्याका कारण पनि यो समस्या हुन्छ ।
दिमागमा भएको सेक्स केन्द्रमा आउने गडबडीले पनि यसमा कारक हुन सक्छ ।
डाक्टरहरुका अनुसार, यस्तोमा ८० प्रतिशत कारण शारीरिक हुन्छ भने बाँकी २० प्रतिशत मानसिक कारण जिम्मेवार हुन्छ कसरी गर्न सकिन्छ यसको उपचार ?

सबैभन्दा पहिले यो समस्याको उपचार खानपान र जीवनशैलीबाट समाधान गर्ने कोशिस गरिन्छ । तर, जब यसबाट पनि समाधान हुँदैंन, त्यसपछि डाक्टरलाई देखाएर उपचार सुरु गर्न सकिन्छ ।
सामान्यतः उपचारको तरिका यस्तो छ :
हर्मोन थेरापी : यदि इरेक्टाइल डिस्फङसन हर्मोनका कारण भएको हो भने हर्मोन थेरापीको मद्दतले दुई देखि तीन महिनामा ठीक गर्न सकिन्छ । यो थेरापीको साइडइफेक्ट हुँदैंन ।
रक्तआपूर्ति :  जब लिंगको धमनीमा अवरोध आउछ भने औषधिको मार्फत् अवरोध हटाउन सकिन्छ । रक्तआपूर्ति सुचारु भयो भने लिंगमा उत्तेजना आउन थाल्छ ।
सेक्स थेरापी :  यो समस्या कतिपय अवस्थामा मानसिक पनि हुन्छ । यस्तो मामलामा सेक्स थेरापीको पनि मद्दत लिन सकिन्छ ।
भ्याकुम पम्प, इन्जेक्सन : भ्याकुम पम्प, इन्जेक्सन थेरापी तथा भियग्राजस्ता औषधिको मद्दतले यो समस्या समाधान गर्न सकिन्छ ।
यदि उच्च रक्तचाप या न्युन रक्तचाप, मुटु रोग, कलेजोसम्बन्धी रोग, ल्युकेमिया या एलर्जी छ भने भियग्रा लिनुअघि विशेष सावधानी अपनाउनुपर्छ ।
सर्जरी :  सबै उपायले काम गरेन भने अन्तिम उपाय भनेको सर्जरी हो ।
जरुरी :  आफ्नो समस्या समाधानका लागि विज्ञको सल्लाह लिनुहोला ।

बिपी प्रतिष्ठानका विद्यार्थी दिक्षित हुदै

/ No Comments
धरान -  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईतबार  हुने ११ औं दिक्षान्त समारोहमा २ सय ८ विद्यार्थी दिक्षित हुने भएका छन् । बिएमएलटी, बिएस्सी नर्सिङ, बिडिएस, बिएन, एमएस्सी नर्सिङ, एमबिबिएस, एमडि, एमएस, एमपिएचलगायतका २ सय ७८ जना विद्यार्थी मध्ये केही बाहिर भएकाले २ सय ८ जनालाई दिक्षित गराउन लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले विद्यार्थीहरुलाई दिक्षान्त गराउँदै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ । दिक्षान्त समारोहकालागि प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी, प्रतिष्ठानका पूर्व उपकुलपति डा.शेखर कोइराला लगायतका अतिथी शनिबार धरान आईसकेका छन् । उनिहरु शनिबार भएको प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएका छन् ।

कसरि चाउरी पर्छ छाला ?

/ No Comments

उमेर बढ्दै जाँदा शरीरमा त्यसको असर देखिँदै जानु प्रकृतिको अपरिहार्य नियति हो । तथापि सधैँ युवावस्थामै रहिरहन चाहन्छन् मानिस । त्यसैले बूढो हुने प्रक्रियालाई बुझ्नु आवश्यक छ । यहाँ उमेर बढेपछि छाला चाउरी पर्नुका कारण, लक्षण र रोकथामका उपायबारे चर्चा गरिएको छ ।
कारण :
छाला चाउरी पर्नुका आन्तरिक र बाह्य कारण हुन्छन् ।
आन्तरिक कारण : यसमा वंशानुगत, छालाको रंग, महिला, कोषिकाहरू नष्ट हुँदै जानु आदि पर्छन् । यी कारण परिवर्तनशील होइनन् । वंशानुगत विविधताले मानिसको अनुहार तथा बाह्य स्वरुपमा फरक परेजस्तै बूढो हुने जिनमा पनि भिन्नता हुनसक्छ ।
क्रोमोजमको टेलोमेरेज विभिन्न जाति र भेगका मानिसमा छिट्टो वा ढिलो नष्ट हुन्छ । जसका कारण कोही वंशानुगत रुपमै छिटो बूढो हुन्छन् । गोरो छाला, रातो कपाल र नीलो आँखा हुनेमा खैरो र कालो छाला हुनेभन्दा कम मेलानिन तत्व हुन्छ र छिटो बूढो हुन्छ । रंग बनाउने मेलानिनको कमीले घामका हानिकारक तत्वबाट छालालाई बचाउन गा¥हो हुन्छ ।
बाह्य कारण : बाह्य कारणमा सूर्यको किरण ७० प्रतिशत जिम्मेवार हुन्छ । यसबाहेक चुरोट तथा रक्सीको सेवन, प्रदूषित वातावरण, अत्यधिक मोटोपना, धेरै खाने बानी, पौष्टिक आहार तथा व्यायामको कमी, मधुमेह, रक्तचाप, थाइरायड, पानीको कमी, मानसिक तनाव वा चिन्ता पनि पर्छन् ।
घाममा हुने विभिन्न किरणमध्ये अल्ट्राभायोलेट किरणले प्रत्यक्ष र अप्रत्यक्ष रुपबाट छालालाई हानि गर्छ । अल्ट्राभायोलेट–ए र अल्ट्राभायोलेट–बी किरणका कारण चाउरी पर्ने हुन्छ । अल्ट्राभायोलेट–एले छालाको दोस्रो पत्रलाई पातलो बनाउँछ । यस तहको कोल्याजन घरको जग भनेझैं छालाको प्रमुख आधार हो । कोल्याजन घट्दै गएपछि छाला झोलिने र लचिलो हुन्छ, चमक गुम्छ । बिहान र साँझको घाम पनि उत्तिकै हानिकारक हुन सक्छ । घामबाट छालाप्रति देखिने नकारात्मक असरको मापन ३० वर्षमाथिका व्यक्तिको अनुहार र जीउको छालाको अन्तर दाँजेर हेर्दा थाहा हुन्छ । घामले छोपिएका भागमा धेरै कम असर देखिन्छ । महिलामा पुरुषमा भन्दा कम कोल्याजन हुन्छ । त्यसैले छिटो उमेर ढल्छ ।
कस्ता परिवर्तन हुन्छन् ?
छालाका तह पातलो हुने, कोषिकाहरूको सूक्ष्म क्षति, पानी तत्व घट्ने, तेल र पसिना बनाउने ग्रन्थी सुक्ने, कपाल, नङ र छालाले काँचुली फेर्न कम हुने, घाउ ढिलो पुरिने आदि परिवर्तन आउँछन् ।
लक्षण 
चाउरीपना, पहेँलोपना, पोतो, चाया, छाला लचिलो हुने, साना रक्तनली देखापर्ने, सुख्खापन, दाग, चमक घट्ने र कपाल फुल्ने हुन्छ । लामो समय घामको असरले क्यान्सरको खतरा हुन सक्छ ।
उपचार रोकथाम
उमेर ढल्ने क्रममा ढिलाइ गर्न सनस्क्रिनको अहं भूमिका हुन्छ । दिनहुँ ३ देखि ४ पटक सनस्क्रिनको सही मात्रामा प्रयोग गर्नाले घामको असरबाट ९७ प्रतिशतसम्म बच्न सकिन्छ । एकपटक प्रयोग गरेको आधा चम्चा सनस्क्रिनले २–३ घण्टा काम गर्ने हुँदा ८ बजे, ११ बजे, २ बजे र बजार निस्कनु परेमा ४–५ बजेसमेत लगाउनु राम्रो हो । सनस्क्रिन किन्दा एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) हेर्नु उचित हुन्छ । नेपाली छालामा एसफिएम ४० सम्म उपयुक्त हुन्छ । पौडी खेल्दा २० देखि ४० मिनेटसम्म एकपटक लगाएको वाटर रेसिस्टेन्ट सनस्क्रिनले काम गर्छ ।
यसबाहेक टोपीको प्रयोग, चस्मा र मास्कले छालाको बचाउमा सहयोग गर्छ । हरियो सागपात तथा फलफूल खाने र प्रशस्त पानी पिउनाले आन्तरिक एजिङलाई रोकथाम गर्छ  । छालाको हेरचाह गर्नुपर्छ र समयअनुसार मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
चाउरीका उपचार
१. पिलिङ–रसायनको माध्यमबाट गरिने यस उपचारले छालाको काँचुली फेर्न सहयोग गर्छ । चाउरी तथा पोतोमा यसको विशेष भूमिका छ । यो महिनाको एकपटक गरिन्छ र त्यति महँगो हुँदैन ।
२. लेजर– कृत्रिम किरणको सहायताले कोल्याजन बनाउँने क्रम बढाइन्छ ।
३. मल्हम– विभिन्न मल्हमहरूले केही हदसम्म काम चाउरीपनालाई कम गर्छ । तर असर देखिँदैन । असर देखिनका लागि १–२ वर्ष नियमित प्रयोग गर्नुपर्ने हुनसक्छ । यद्यपि मल्हमहरूले पिलिङ या लेजरजति काम गर्दैनन् ।
४. बोटोक्स –आँखा वरपर र निधारको चाउरी घटाउन बोटुलिनम टक्सिन नामक इन्जेक्सन प्रयोग गरिन्छ । यसबाट छाला खुम्चिने बन्द हुन्छ । यो ३ देखि ६ महिनामा सुईको माध्यमबाट दिनुपर्छ । एक खालको ब्याक्टेरियाको टक्सिनबाट निर्मित यो इन्जेक्सन नेपालमा पाइन्छ । तर राम्रोसँग नलगाएमा यसबाट आँखा टोसिस हुने, मुख बांगिने र कसै–कसैलाई सम्पूर्ण जिउ नै प्यारालाइसिस हुने सम्भावना हुन्छ ।
५. फिलर– कोल्याजनजस्तै कृत्रिम रसायन सुईबाट लचिलो छालामा राखिन्छ । यसले छालालाई पहिलेकै अवस्थामा ल्याउँछ र ६ महिनादेखि २ वर्षसम्म काम गर्छ ।
६. प्लास्टिक सर्जरी– यसबाट आँखाको रुप नै  सच्याउन सकिन्छ ।
७. लाइपोसक्सन – यसअन्तर्गत शरीरको बोसो काटिन्छ ।
- डा. स्मृति श्रेष्ठ, एमडी, डर्माटोलोजी, धुलिखेल अस्पताल

महिलाको किशोरावस्था

/ No Comments
महिलाको किशोरावस्था भु्रण अवस्थाको ६ हप्तामा यसको विकास शुरु भए पनि किशोरावस्थामा नपुगेसम्म केटीमा स्तनको विकास शुरु भईसकेको हुँदैन । वाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छन् । तर किशोरावस्थामा पुगेपछि केटीहरुमा स्तनको विकास तीब्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ बर्षको उमेरमा शुरु भएर १५ बर्षमा पूरा हुन्छ । सामान्यतया २–३ बर्षको चाँडो ढिलो हुन सक्छ । इस्ट्रोजन र प्रोजेस्टेरोन जस्ता रागरसहरुको प्रभावका कारणले यी परिवर्तन देखिन्छन् । पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रुपमा समतल नै हुन्छ भने शुरुको किशोरावस्थामा मुन्टो वरिपरीको भाग बढ्न थाल्छ, स्तनको अन्य भाग पनि भरिएर आउन थाल्छ । पछिल्लो किशोरावस्थामा भने स्तनमा दुध बनाउने ग्रन्थीको विकास हुनुको साथै बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टो वरिपरीको भागसम्म भएर जान्छ । 
स्तनको विकासलाई विभिन्नका चरणमा वर्गिकरण गर्ने गरिएको छ स्तनको विकासको कुरा गर्दा आकृति, आयतनलाई नै ट्यानर स्टेज भनिने ५ चरणमा बाँडिएको छ । 
पहिलो चरण– यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यस अवस्थामा स्तनको मुण्टोमात्र केही उठेको हुन्छ । 
दोस्रो चरण– बड अर्थात भर्खरैको कोपिला जस्तो देखापर्छ, स्तन र मुण्टो अलिकति माथि उठेको हुन्छ । एरोला (मुण्टो वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठुलो भएर आउँछ । 
तेस्रो चरण– स्तन अझै बढ्ने र ग्रन्थीय तन्तु बन्न थाल्दछ । 
चौथो चरण– एरोला र मुण्टो अझै उठ्ने (बढ्ने) र स्तनको सबै भागमा अझ वृद्धि हुने । 
पाँचौ चरण– स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, एरोला स्तनको अन्य भागको सतह समान हुने र मुण्टो मात्र उठेको स्थितिमा हुन्छ । 
स्तनको आकारको महत्व स्तन मानव शरीरको एक अङ्गको रुपमा मात्र नभई यसको सांकेतिक महत्व बढी छ । सन्तानको पोषण गर्ने अङ्गको रुपमा भएर पनि यसले विशेष महत्व पाएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको नारीत्वसंग नै जोडिएको ठान्ने गर्दछन् । नारीको सुन्दरतालाई यससंग जोड्ने गरिन्छ त्यसैले यसको नाप र आकारसंग व्यक्तिको आत्मविश्वास जोडिएको हुन्छ । 
विशेष गरेर किशोरावस्थामा हाम्रो आफ्नो शरीरप्रति र त्यसमा भईरहेका तीव्र परिवर्तनप्रति मानसिक वा भावनात्मक रुपमा सामञ्जस्यता ल्याउन नसकिएको हुनाले पनि अनेक किसिमका प्रश्न उठ्ने गर्दछन् । कतिपय व्यक्तिले स्तनको नाप र आकार सामान्य भए पनि सानो भयो कि भनेर पीर लिने गर्दछन् । विशेष गरेर आफ्ना साथीहरूसंग तुलना गर्दा सानो भएमा यस्तो हुनसक्छ । केही किशोरीलाई सुरु सुरुमा आफ्नो स्तन सामान्य नै भए पनि ठूलो जस्तो लाग्न सक्दछ । यी कुराहरू आफ्नो शारीरिक स्वरुपमा सन्तुलनको स्थिति आउनुभन्दा पहिलेको स्थितिलाई दर्शाउँछ । आफू यौनको दृष्टिकोणले पर्याप्त आकर्षक छु वा छैन भन्ने कुरासंग जोडिएको हुन्छ । भावी यौन जोडीको दृष्टिमा पर्याप्त यौनआकर्षक होईएला कि नहोइएला भन्ने कुराले सताउन थालेपछि त समस्या चर्को बन्नसक्छ । कसै–कसैका लागि त यो समस्या यति गम्भीर बन्छ कि आत्महत्याको विचारसम्म पनि आउन थाल्छ ।
स्तनको आकारप्रकार व्यक्ति–व्यक्तिअनुसार हाम्रो शरीर तथा अन्य अंगको आकार तथा प्रकारमा फरक भए जस्तै स्तनको आकार तथा नापमा धेरै नै भिन्नता पाईन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला । त्यसैगरी गरी आकृति पनि गोलाकारदेखि झोल्लिएको हुनसक्छ । कसैमा स्तनको विकासको गति शीघ्र हुन्छ भने कसैमा सुस्त । गर्भवति र स्तनपान गराइरहेको अवस्थामा यो अझै ठूलो भएको हुन्छ । व्यक्तिको वजन धेरै भएमा यसको साइज पनि ठूलो हुन्छ । सामान्यतया स्तनको आकार वा नापलाई विभिन्न कुराले प्रभावित गर्ने गर्दछन् । स्तनमा तन्तुको मात्रा, वंशाणु, पारिवारिक ईतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाई वा तन्किन सक्ने गुण, रागरस (हर्मोन)हरुको प्रभाव तथा पोषणजस्ता कतिपय कुरामा भर पर्नेगर्छ । स्तनको विकासको क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र सो बेला यसका तन्तु पनि निकै नै खाँदिएको हुने भएको हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गए पछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ ।

महिला गुप्तांगका रोचक तथ्यहरु

Friday, January 23, 2015 / No Comments
यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ । महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य यस्ता छन्-
१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

पोर्न सामाग्री हेर्नेमा मुस्लिमहरु अब्बल

Wednesday, January 21, 2015 / No Comments
 विश्वको कुन देशका मानिसहरुले सर्च इन्जिन गुगलमा सबैभन्दा बढि पोर्न सामाग्रीको खोजी गर्छन् होला ? गुगलले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामाग्रीको खोजी गर्ने देशमा पाकिस्तान पहिलो नम्बरमा परेको छ ।
अझ रोचक तथ्यांक त के भने धार्मिक रुपमा परम्परावादी र कट्टर मुस्लिम देशका मानिसहरु गुगलमा पोर्न सामाग्री खोज्ने मामिलामा अग्रस्थानमा रहेका छन् ।
गुगलको तथ्यांकअनुसार विश्वमा अनलाइनमा सबैभन्दा बढि पोर्न सामाग्री सर्च गर्ने ८ देशमध्ये ६ वटा देशहरु मध्यपूर्वका देश रहेका छन् ।
सबैभन्दा बढि पोर्न सामाग्री खोजिने देशको रुपमा रहेको पाकिस्तान पछि दोश्रो स्थानमा इजिप्ट रहेको छ ।
इरान चौथो, मोरक्को पाँचौं, साउदी अरेबिया सातौं र टर्की आठौं स्थानमा रहेका छन् । त्यस्तै तेश्रो स्थानमा भियतनाम, छैटौं स्थानमा भारत, नबौं स्थानमा फिलिपिन्स तथा दशौं स्थानमा पोल्याण्ड रहेका छन् ।
तथ्यांकअनुसार पोर्न सामाग्रीहरुको प्रकारका हिसाबमा पाकिस्तानीहरु सुँगुर, गधा, कुकुर, बिरालो तथा सर्पको यौनकार्य सम्बन्धि पोर्न सामाग्रीको खोजिमा पनि पहिलो स्थानमा छन् ।
लेबनान र टर्की बाहेकका अरब देशहरुमा पोनोग्राफिक सामाग्रीहरुको बिक्रि वितरण प्रतिबन्धित रहेको अवस्थामा अनलाइनमा पोर्न सामाग्रीको खपत गर्ने मामिलामा ती देशहरु अग्रणी स्थानमा रहनु रोचक विषय रहेको पाकिस्तानको ट्रिब्युन अनलाइनले जनाएको छ ।
हालै साउदी अरब सरकारले पोनोग्राफी प्रकाशन गर्ने काममा संलग्न ९ हजार टि्वटर अकाउण्टलाई ह्याक गरि निस्तेज पारिएको र त्यससँग सम्बद्ध मानिसहरुलाई पक्राउ गरिएको जनाएको छ ।
तर, सरकारले जतिजति पोर्न सामाग्री नियन्त्रणका लागि कोसिस गर्छ, उपभोक्ताले त्यति नै त्यसको तलतल मेटाउन अनलाइनको सहारा लिने गरेको पाइएको छ ।

सेक्स डाइट

Friday, January 9, 2015 / No Comments
स्ट्रबेरी– स्ट्रबेरी मुटुका लागि फाइदाजनक फल मानिन्छ । यसका साथै यो सेक्स डाइट पनि मानिन्छ । यसले उत्तेजना पैदा गर्छ । पालुंगो– भिटामिन, प्रोटीन र खनिज पाइने पालुंगो सेक्स क्षमता सुधार्न उपयोगी मानिन्छ । कुरिलो– यसलाई उमालेर पनि खान सकिन्छ । यसले पनि शरीरमा उत्तेजना पैदा गर्छ । जौ– यसले पनि सेक्स पफर्मेन्स बढाउँछ ।  पुरुषको हर्मोन बढाउने भएकाले यसले सेक्स क्षमता बढाउँछ । रेडवाइन– चीजका साथै रेडवाइन एकसाथ खानाले सेक्स क्षमता बढ्छ । डार्क चकलेट– डार्क चकलेट सेक्सको उत्प्रेरकका रुपमा मानिन्छ । चकलेटमा भएका तत्वले लभ हार्मोनलाई बढाउछ  र सेक्सको इच्छा बढाउँछ ।

पुरुषमा सन्तान नहुने कारणहरु

/ No Comments
सन्तान नहुने कारण पुरुषमा पनि हुनसक्छ र स्त्रीमा पनि । कहिलेकाहीँ, दुवैमा खराबी नहुँदा नहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीट र स्त्रीको अण्डा भेटिने अवसर नआएको हुनसक्छ । स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण त्यसो भएको हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेहरुलाई नराम्रो दृष्टिले हेर्ने र हेला गर्ने चलन छ । कोही कोही त्यस्ताको हातको पानी चल्दैन वा पितृहरु विमुख हुन्छन् भनी कुरा गर्दछन् । यस्तो गर्नु राम्रो होइन । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्दछन् । अरुको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने कैयन सन्तानहीन व्यक्तिहरु हाम्रै समाजमा पनि धेरै छन् ।

कारणहरु
–    स्वस्थ शुक्रकीट उत्पादन नहुनु ।
–    शुक्रकीट उत्पादन भए पनि ज्यादै कम हुनु । आधुनिक चिकित्सा, आयुर्वेध, प्राकृतिक चिकित्सा वा होमियोप्याथिकबाट यस्ता कतिपय समस्याको समाधान हुनसक्छ ।
–    कुनै कुनै पुरुषको शुक्रकीट नै बन्दैन, यस्ताको उपचार हुदैन ।
–    कुनै कुनै पुरुषका अण्डा नै हुँदैनन्, यस्ताको उपचार हुँदैन ।
–    गोनोरिया जस्तो यौन रोग लागेपछि राम्रो उपचार भएन भने पनि सन्तान उत्पादन गर्ने क्षमता गुम्छ । रोग लाग्ने बित्तिकै उपचार गरेमा समस्या नआउन सक्छ ।
–    शुक्रनली वा अन्य भागमा केही अवरोध भएको हुनसक्छ । यस्तो समस्यालाई अप्रेशनबाट ठीक गर्न सकिन्छ ।
–    पुुरुष रगरासको कमी हुनसक्छ । यस्तालाई कृत्रिम रागरसद्धारा उपचार गरिन्छ ।

शीघ्रपतन शारीरिक रोग की मानसिक समस्या ?

/ No Comments
शीघ्रपतन शारीरिक रोग नभई मानसिक समस्या हो । स्खलित हुन १०–१५ मिनेट लाग्छ भन्ने गलत धारणा धेरैजसो पुरुषमा हुन्छ । छिटो शीघ्रपतन भएमा रोग लागेको भनेर चिन्तित हुन्छन् । शीघ्रपतन हुने व्यक्तिले स्खलन हुने समयपुर्व केहीवेर घर्षण रोक्नु पर्छ । उत्तेजना कम भैसकेपछि फेरी घर्षण शुरु गर्दा घर्षणको अबधि बढाउन सकिन्छ । यसवाट शीघ्रपतन रोक्न सकिन्छ । शीघ्रपतन पुरुषमा देखिने सबैभन्दा ठुलो यौन समस्या हो । शीघ्रपतन भनेको समयपुर्व नै स्खलित हुनु हो । विज्ञहरु यसलाई पुरुषको कामोत्तेजनाको इच्छा र सन्तुष्टिको दुरी भन्छन् । सम्भोगको दुई देखि तीन मिनेट भित्र विर्य स्खलित हुनुलाई शीघ्रपतन भन्न सकिँदैन । लिङ्ग उत्तेजना हुनासाथ वा साधारण घर्षण हुँदाहुँदै स्खलित भएर जानुलाई शीघ्रपतन भनिन्छ । यस्तो समस्या भएका व्यक्ति स्त्रिको नग्न शरीर देख्ने वित्तिकै वा स्त्रिलाई स्पर्श गर्ने वित्तिकै स्खलित हुन्छन् । खासगरी आत्मविश्वास नभएका व्यक्तिलाई शीघ्रपतन हुन्छ । शीघ्रपतन हुने पुरुषले विभिन्न उपायहरु अपनाएको पाइन्छ । कसैले लिङ्गमा उत्तेजना नियन्त्रण गर्नेखालका मलम लगाउने, औषधि सेवन गर्ने, रक्सि खाएर सम्भोग गर्ने गर्दछन् । कसैले सम्भोपूर्व हस्तमैथुन गर्ने गर्दछन् । तर यि सबै उपाय अपनाउनु एउटा गल्तिलाई सुधार्न अर्को गल्ति गर्नु मात्र हो । यस्ता विधिले शीघ्रपतन नियन्त्रण गर्न सकिँदैन । शीघ्रपतन हुने पुरुषले धैर्य र संयम गरी पहिला स्त्रिलाई नै उत्तेजित पार्नुपर्छ । यस्ता पुरुषले स्त्रिलाई उत्तेजित पार्न स्त्रिका कामोत्तेजनक अङ्गहरुको सहयोग लिनु पर्छ । स्त्रि उत्तेजित भैसकेपछि मात्र सम्भोग थाल्नुपर्छ । यसरी पनि शीघ्रपतन नरोकिएमा यौन रोग विशेषज्ञको सल्लाह लिनुपर्छ । यस्तो समस्यामा आफुखुसी औषधि सेवन गर्नु समाधान होइन । यी कारणले हुन्छ शीघ्रपतन छिटोछिटो सम्भोग गर्न खोज्नु तिव्र उत्तेजना धेरै दिनसम्म सम्भोग नगरेको अवस्था तरीकानै थाहा नपाई सम्भोग गरेमा असुरक्षित स्थानमा सम्भोग गरेमा