Scroll To Top
News Trending

Popular Posts

Facebook Like

बडादसैंको सातौं दिन आज फूलपाती,शक्तिपीठमा पूजाआजा गरिँदै

कार्तिक ३।  हिन्दूहरुको महान चाड बडादसैंको आज (मंगलबार) सातौं दिन । घरघरमा स्थापना गरिएको देवी समक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याइँदै छ ।

फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।
सो दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ । अध्यक्ष गौतमका अनुसार कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्रयाउने गर्छन् ।

धादिङको जीवनपुरबाट ल्याइएको फूलपाती आज अपराह्न साढे ४ बजे पर्सिएर दसैंघरमा भित्र्याउने तयारी छ । सर्वसाधारणले परम्पराअनुसार हनुमानढोका दरबारको पश्चिम मूलढोकामा परिसरबाट फूलपाती उत्सव अवलोकन गर्न पाउने छन् ।

यसैगरी, हनुमानढोका ठूलो घन्ट अगाडिको कडेल्चोक भगवतीमा फूलपाती भित्र्याउन एक टोली नुवाकोट गएको छ । यो भगवतीमा पनि सेनाले उत्सवका साथ फूलपाती भित्र्याउने चलन छ । नेपाली सेनाले परम्पराअनुसार टुंडिखेलमा आज फूलपाती बढाइँको तयारी गरेको छ ।

बडादसैंका अवसरमा हिन्दू धर्मावलम्बीले सोमबार कालरात्री देवीको पूजन गरेका थिए । यो वर्ष तिथिमा घटबढ पर्न गएकाले आज महागौरी र बुधबार सिद्धिदात्रीको स्तुति गर्न उपयुक्त हुने राष्ट्रिय धर्म सभाले जनाएको छ ।

बडादसैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरी, गुहेश्वरी, भुवनेश्वरी, वनकाली, झंकेश्वरी, पाटनको बंगलामुखी, चामुन्डादेवी, भीमसेनगोलाको कात्यायनीलगायतका पीठमा भक्तजनको भीड बढेको छ ।


from SHYANE http://ift.tt/1XgD6RA
via समाचार

Share This:

No Comment to " बडादसैंको सातौं दिन आज फूलपाती,शक्तिपीठमा पूजाआजा गरिँदै "