Scroll To Top
News Trending

Popular Posts

Facebook Like

सेक्स गर्दा अचानक लिङगमा उत्तेजना हराउँछ ?

 कसरी आउँछ उत्तेजना ?

लिंगमा उत्तेजना विचार तथा स्पर्शबाट आउँछ । मानिसको दिमागमा एउटा सेक्स सेन्टर हुन्छ । जब यो केन्द्र उत्तेजित हुन्छ, त्यसले लिंगतर्फ सन्देश पुयाउँछ । शरीरमा रगतको  प्रवाह तेज हुन्छ । पूरै शरीरमध्ये लिंगमा रक्तप्रवाह सबैभन्दा बढी तीब्र हुन्छ । यहीकारण लिंगमा उत्तेजना तथा महिलाको योनिमा तरल पदार्थ उत्पन्न हुन्छ । लिंग उत्तेजित हुन योग्य हर्मोन हुनु जरुरी हुन्छ । पुरुषमा ६० वर्षपछि र महिलामा ४५वर्षपछि हर्मोनको कमी हुन थाल्छ ।

के हो इरेक्टाइल डिस्फङसन  (उत्तेजित नहुने समस्या) ?

सेक्सका क्रममा या त्यसअघि नै उत्तेजना हराएर जान्छ भने  त्यसलाई इरेक्टाइल डिस्फङसन भनिन्छ । यो विभिन्न प्रकारको हुन्छ । कसैलाई उत्तेजना नै हुँदैंन भने कसैलाई सेक्सको सोच आउँदैमा उत्तेजना हुन्छ । तर, जब सेक्स गर्ने तयारी हुन्छ या सेक्स गर्न थाल्छ, त्यसपछि उत्तेजना बिस्तारै हराएर जान्छ । कसैमा भने लिंग योनिमा राख्नेबित्तिकै उत्तेजना समाप्त हुन्छ । सेक्सका क्रममा घर्षणका दौरान यदि उत्तेजना कम हुन्छ भने पनि त्यो इरेक्टाइल डिस्फङसन भनिन्छ । सेक्स पूरा भएपछि या स्खलन पछि मात्र उत्तेजना समाप्त हुनुपर्छ  । यो समस्याका कारण मानिसमा आत्मविश्वासको लेभल पनि कम हुँदैं गइरहेको हुन्छ ।

किन यस्तो हुन्छ  ?

इरेक्टाइल डिस्फङसनको मुख्य कारण शारीरिक पनि हुन सक्छ र मानसिक पनि हुन सक्छ । यदि कुनै खास समयमा उत्तेजना हुन्छ, तर, सेक्सका बेला उत्तेजना हुँदैंन भने, सम्झनुहोस्,  समस्या शारीरिक होइन, मानसिक स्तरमा छ । तर, खास समयमा अर्थात्, बिहान उठ्दा, पिसाब गर्दा, हस्तमैथुनका दौरान या सेक्सका बारेमा सोच्दा पनि लिंग उत्तेजित हुँदैन भने शारीरिक समस्या रहेछ भन्ने बुझनुपर्छ । यति मानसिक समस्या छ भने साइकोथेरापी या डाक्टरहरुले दिएको उपायबाट समाधान हुन सक्छ ।

शारीरिक कारण :

रक्सी, धूमपान, मधुमेह तथा तनावका कारण यस्तो हुन सक्छ ।
हार्मोनको गडबडीले पनि उत्तेजनामा समस्या आउन सक्छ ।
लिंग कडा हँुदा त्यसमा रक्तप्रवाह बढ्छ । जब लिंगमा रक्तप्रवाहमा कमी आउँछ भने कडा हुँदैंन र यस्ता समस्या निम्तन्छन् । कहिलेकाही सुरुमा लिंगमा पूरै रक्तप्रवाह हुन्छ । तर, योनिमा प्रवेश गर्नेबित्तिकै सबै रगत फर्कन थाल्छ  ।
स्नायुप्रणालीमा देखिएको समस्याका कारण पनि यो समस्या हुन्छ ।
दिमागमा भएको सेक्स केन्द्रमा आउने गडबडीले पनि यसमा कारक हुन सक्छ ।
डाक्टरहरुका अनुसार, यस्तोमा ८० प्रतिशत कारण शारीरिक हुन्छ भने बाँकी २० प्रतिशत मानसिक कारण जिम्मेवार हुन्छ कसरी गर्न सकिन्छ यसको उपचार ?

सबैभन्दा पहिले यो समस्याको उपचार खानपान र जीवनशैलीबाट समाधान गर्ने कोशिस गरिन्छ । तर, जब यसबाट पनि समाधान हुँदैंन, त्यसपछि डाक्टरलाई देखाएर उपचार सुरु गर्न सकिन्छ ।
सामान्यतः उपचारको तरिका यस्तो छ :
हर्मोन थेरापी : यदि इरेक्टाइल डिस्फङसन हर्मोनका कारण भएको हो भने हर्मोन थेरापीको मद्दतले दुई देखि तीन महिनामा ठीक गर्न सकिन्छ । यो थेरापीको साइडइफेक्ट हुँदैंन ।
रक्तआपूर्ति :  जब लिंगको धमनीमा अवरोध आउछ भने औषधिको मार्फत् अवरोध हटाउन सकिन्छ । रक्तआपूर्ति सुचारु भयो भने लिंगमा उत्तेजना आउन थाल्छ ।
सेक्स थेरापी :  यो समस्या कतिपय अवस्थामा मानसिक पनि हुन्छ । यस्तो मामलामा सेक्स थेरापीको पनि मद्दत लिन सकिन्छ ।
भ्याकुम पम्प, इन्जेक्सन : भ्याकुम पम्प, इन्जेक्सन थेरापी तथा भियग्राजस्ता औषधिको मद्दतले यो समस्या समाधान गर्न सकिन्छ ।
यदि उच्च रक्तचाप या न्युन रक्तचाप, मुटु रोग, कलेजोसम्बन्धी रोग, ल्युकेमिया या एलर्जी छ भने भियग्रा लिनुअघि विशेष सावधानी अपनाउनुपर्छ ।
सर्जरी :  सबै उपायले काम गरेन भने अन्तिम उपाय भनेको सर्जरी हो ।
जरुरी :  आफ्नो समस्या समाधानका लागि विज्ञको सल्लाह लिनुहोला ।

Share This:

No Comment to " सेक्स गर्दा अचानक लिङगमा उत्तेजना हराउँछ ? "