Scroll To Top
News Trending

Popular Posts

Facebook Like

पोर्न सामाग्री हेर्नेमा मुस्लिमहरु अब्बल

 विश्वको कुन देशका मानिसहरुले सर्च इन्जिन गुगलमा सबैभन्दा बढि पोर्न सामाग्रीको खोजी गर्छन् होला ? गुगलले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामाग्रीको खोजी गर्ने देशमा पाकिस्तान पहिलो नम्बरमा परेको छ ।
अझ रोचक तथ्यांक त के भने धार्मिक रुपमा परम्परावादी र कट्टर मुस्लिम देशका मानिसहरु गुगलमा पोर्न सामाग्री खोज्ने मामिलामा अग्रस्थानमा रहेका छन् ।
गुगलको तथ्यांकअनुसार विश्वमा अनलाइनमा सबैभन्दा बढि पोर्न सामाग्री सर्च गर्ने ८ देशमध्ये ६ वटा देशहरु मध्यपूर्वका देश रहेका छन् ।
सबैभन्दा बढि पोर्न सामाग्री खोजिने देशको रुपमा रहेको पाकिस्तान पछि दोश्रो स्थानमा इजिप्ट रहेको छ ।
इरान चौथो, मोरक्को पाँचौं, साउदी अरेबिया सातौं र टर्की आठौं स्थानमा रहेका छन् । त्यस्तै तेश्रो स्थानमा भियतनाम, छैटौं स्थानमा भारत, नबौं स्थानमा फिलिपिन्स तथा दशौं स्थानमा पोल्याण्ड रहेका छन् ।
तथ्यांकअनुसार पोर्न सामाग्रीहरुको प्रकारका हिसाबमा पाकिस्तानीहरु सुँगुर, गधा, कुकुर, बिरालो तथा सर्पको यौनकार्य सम्बन्धि पोर्न सामाग्रीको खोजिमा पनि पहिलो स्थानमा छन् ।
लेबनान र टर्की बाहेकका अरब देशहरुमा पोनोग्राफिक सामाग्रीहरुको बिक्रि वितरण प्रतिबन्धित रहेको अवस्थामा अनलाइनमा पोर्न सामाग्रीको खपत गर्ने मामिलामा ती देशहरु अग्रणी स्थानमा रहनु रोचक विषय रहेको पाकिस्तानको ट्रिब्युन अनलाइनले जनाएको छ ।
हालै साउदी अरब सरकारले पोनोग्राफी प्रकाशन गर्ने काममा संलग्न ९ हजार टि्वटर अकाउण्टलाई ह्याक गरि निस्तेज पारिएको र त्यससँग सम्बद्ध मानिसहरुलाई पक्राउ गरिएको जनाएको छ ।
तर, सरकारले जतिजति पोर्न सामाग्री नियन्त्रणका लागि कोसिस गर्छ, उपभोक्ताले त्यति नै त्यसको तलतल मेटाउन अनलाइनको सहारा लिने गरेको पाइएको छ ।

Share This:

No Comment to " पोर्न सामाग्री हेर्नेमा मुस्लिमहरु अब्बल "