Scroll To Top
News Trending

Popular Posts

Facebook Like

बिपी प्रतिष्ठानका विद्यार्थी दिक्षित हुदै

धरान -  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईतबार  हुने ११ औं दिक्षान्त समारोहमा २ सय ८ विद्यार्थी दिक्षित हुने भएका छन् । बिएमएलटी, बिएस्सी नर्सिङ, बिडिएस, बिएन, एमएस्सी नर्सिङ, एमबिबिएस, एमडि, एमएस, एमपिएचलगायतका २ सय ७८ जना विद्यार्थी मध्ये केही बाहिर भएकाले २ सय ८ जनालाई दिक्षित गराउन लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले विद्यार्थीहरुलाई दिक्षान्त गराउँदै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ । दिक्षान्त समारोहकालागि प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी, प्रतिष्ठानका पूर्व उपकुलपति डा.शेखर कोइराला लगायतका अतिथी शनिबार धरान आईसकेका छन् । उनिहरु शनिबार भएको प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएका छन् ।

Share This:

No Comment to " बिपी प्रतिष्ठानका विद्यार्थी दिक्षित हुदै "