Scroll To Top
News Trending

Popular Posts

Facebook Like

दिनहुँ सेक्स गर्दा स्वास्थ्य समस्या निम्तन्छ ?

मेरो बिहे भर्खरै भएको हो । मलाई के जान्न मन लागेको छ भने के महिनावारीका बेला सेक्स गर्नु ठीक हुन्छ ? यसबाट गर्भ रहने सम्भावना हुन्छ कि हुँदैंन ? यदि सेक्स गर्न हुन्छ भने कस्तो सावधानी अपनाइनुपर्छ ?
यदि तपाईं चाहनुहुन्छ भने महिनावारीका बेला सेक्स गर्न सक्नुहुन्छ । महिनावारीका बेला महिलाको यौनांग बढी भिज्ने भएकाले केही पुरुषहरु यस्तो बेला सेक्स गर्न मन पराउँछन् । यस्तो बेला सेक्स गर्दा कतिपय महिलालाई चरमोत्कर्षमा पुगेका बेला पेट र कम्म दुख्ने समस्याबाट समेत  राहत मिल्छ । चरमोत्कर्षमा पुगेका बेला महिलाको यौनांग क्षेत्रमा रगत संकलन (कन्जेसन) हुँदैंन ।
तर,  ध्यान दिनुहोस्, महिनावारीका दौरान सेक्स गर्न महिला साथीको इच्छा पनि हुनुपर्छ । र कुनै कारणवश हिच्किचाहट हुन्छ भने कण्डमको प्रयोग गर्न  सकिछ ।

 म दिनहुँ सेक्स गर्छु र वीर्य पनि बढी नै निस्कन्छ । के यसको असर मेरो स्वास्थ्यमा पर्छ ? यहीकारण मेरो आँखामा कालो घेरा बनेको जस्तो मलाई लाग्छ । के वीर्य स्खलन र आँखामा यस्तो समस्याबीच कुनै सम्बन्ध छ ?

जुन पदार्थलाई तपाईं वीर्य सम्झिइरहनु भएको छ, त्यो वीर्यमात्र हुँदैंन । वीर्य त तपाईंको लिंगबाट निस्कने तरल पदार्थको ०.१देखि १ प्रतिशतमात्र हुन्छ । बाँकी त फ्लुड सेमिनल भेसिकल्स र प्रोस्टेटबाट आउँछ । यदि यसलाई शरीरबाट बाहिर ननिकाल्ने हो भने आफसेआफ बाहिर निस्कन्छ । यसरी दैनिक वीर्य निकाल्दा शरीरमा कुनै समस्या निम्तदैन । यदि कमजोरी महसुस गर्नुहुन्छ भने बाल्यकालदेखि नै मष्तिष्कमा बसेको गलत धारणा हो । एक थोपा वीर्य बन्न एकसय थोपा रगत आवश्यक हुन्छ भन्नेजस्ता गलत धारणा छ । वीर्य चौबिसै घण्टा बन्नका लागि नै बन्ने हो । यसलाई जमाएर या सन्चित गरेर राख्न असम्भव छ । वीर्य र आँखाबीच पनि कुनै सम्बन्ध हुँदैंन ।तर, यस्ता गलत धारणाबाट पैदा भएको तनावले शरीरको चमक भने हराउन सक्छ ।

म ३४ वर्षको भएँ । मेरो समस्या के हो भने, मेरी श्रीमती चाँडै नै चरमोत्कर्षमा पुग्छिन् । तर, म पूर्ण सन्तुष्ट हुन सक्दिन । मैले त सुनेको थिएँ, महिलाहरु ढिला चरमोत्कर्षमा पुग्छन् । तर, मेरी श्रीमतीको मामलामा उल्टो भएजस्तो लाग्छ । किन यस्तो हुन्छ ?

चाँडै चरमोत्कर्षमा पुग्ने समस्या पुरुषको मात्र भएको धारणा पनि गलत हो । वास्तवमा महिला पनि चाँडै चरमोत्कर्षमा पुग्न सक्छन् ।  महिलाले सेक्सभन्दा एक घण्टा खाने औषधि छ, त्यो खाएपछि चाँडै चरमोत्कर्षमा पुग्ने  समस्या हट्छ । यद्यपि यो अस्थायी उपचार हो । यसको स्थायी समाधानका लागि कुनै योगविज्ञको मद्दतबाट बज्रोली र अश्विनी मुद्राको अभ्यास गर्न  सकिन्छ । यो मुद्राबाट चाँडै स्खलनका जिम्मेवार मानिएको मांसपेशीलाई नियन्त्रण गर्न सकिन्छ ।


के महिनावारीको बेला सेक्स गर्दा गर्भ रहदैन ?
शारीरिक सम्बन्धपछि नुहाउदा गर्भ बस्दैन, पहिलो सेक्समा गर्भ रहदैन, सेक्सपछि तुरुन्तै महिलाले पिसाव गर्दा गर्भ रहदैन…हाम्रो समाजमा रहेका यस्ता भ्रमले महिलाहरु अनिच्छित गर्भधारण गर्न बाध्य छन् । नेपाली समाजमा गर्भसंग जोडिएका निकै भ्रमहरु छन् ।
यस्ता छन् भ्रमहरु :
१) महिनावारीको बेला सेक्स गर्दा गर्भ रहदैन भन्नु भ्रम हो । किनकि शुक्राणु ७ दिनसम्म सक्रिय रहन्छन् । जसका कारण गर्भ रहने सम्भावना रहन्छ ।
२) पहिलो पटकको सेक्समा गर्भ रहदैन भन्नु पनि भ्रममात्र हो । त्यसकारण बच्चाको चाहना छैन भने परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ ।
३) सेक्स गर्ने बित्तिकै नुहाउदा वा पिसाब गर्दा गर्भ रहदैन भन्नु पनि भ्रममात्र हो ।
४) सेक्स गर्ने बित्तिकै उभिदा वा हिड्दा गर्भ रहदैन भन्नु पनि भ्रम हो ।
५) पानीमा सेक्स गर्दा वा सेक्स पछि पानीमा बस्दा गर्भ रहदैन भन्नु पनि भ्रम हो ।
परिवार नियोजनका साधनका प्रयोग नै सबैभन्दा उत्तम गर्भ निरोधको विधि हो

Share This:

No Comment to " दिनहुँ सेक्स गर्दा स्वास्थ्य समस्या निम्तन्छ ? "