Scroll To Top
News Trending

Popular Posts

Facebook Like

Browsing "Older Posts"

आज बडा दशैको टिका, सहित १०.५५ देखि

Wednesday, October 21, 2015 / No Comments
कार्तिक ५।  बर्सदिनको कुराइ तथा सबै नेपालीको आस्थाको प्रतिक बडा दशैँ को टिका थाप्ने दिन आज परेको छ।  बिदेसिएका छोराछोरी, आमा बाबु लगायत परिवारका सम्पूर्ण सदस्य सम्भब भए सम्म दसैमा भेला भइ खुशी सतासत गर्ने  गर्दछन। शक्ति स्वरुपा भवानीको राक्षस हरु माथिको जित भएको पौराणिक मान्यताको  खुसियालीमा देशै भरि हर्षउल्लासका साथ  ठुला बडाको हात बाट टिका आशिर्बाद थप्ने चलन छ।  मिठो मसिनो खाएर साथै पिङ्ग लगायत विभिन्न खेल खेल्दै  बर्सभारी बिछोडिएका साथीभाई सग भेटघाट गरि शुभकामना साटासाट गर्दै बिजया दसमी मनाइदै छ।  

चाडबाडमा कुन रोगीले के के खान मिल्ने ?

/ No Comments

कार्तिक ५।  दसैं आयो, खाउँला पिउँला’ भन्ने एउटा पुरानो उक्ति छ । अझै पनि गाउँघर र शहर बजारमा पनि दसैंमा मासुसहितका मिष्ठान्न परिकार खाने प्रचलन यथावत छ ।

तर, पछिल्लो समय पकाउनेदेखि खाने शैलीमा भिन्नता देख्न आएको छ । तर, दसैंसँग जोडिएका केही कुरा अझै यथावत् छन् । अरु समय खाएर वा पिएर पनि आफ्नो काममा चलायमान हुनेहरु पनि यो समयमा निश्क्रिय बस्छन ।
दसैंमा अन्य समय भन्दा बढी मासु सहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम प्रवृत्ति छ । यसतै धेरैले मदिराको सेवनलाई पनि प्राथमिकता दिन्छन । तर, यसले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कमैले मात्र ध्यान दिन्छन्।  
रातो मासु हैन, सेतो मासु खानुस्
दसैंमा माछा मासुको प्रयोग अत्यधीक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन् । माछामासुमा पनि दसैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । खसी बोका, राँगा, बँदेल, भेंडा, च्याङ्ग्राको मासुको सेवानमा धेरैको ध्यान केन्दि्रत हुन्छ । यसबेला मासु पकाउन तेल भुटनको प्रयोग पनि बढी हुने गर्दछ ।
रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ । रातो मासुको सट्टा सेतो मासुको प्रयोग गर्दा लाभदायक हुने कुरा थारैलाई मात्र थाहा छ । कुखुरा, माछा, अष्ट्रिज, इमु लगायतको सेवन रातो मासुको भन्दा फाइदाजनक हुन्छ । रातो मासुमा अत्याधिक प्रोटिनका साथै ‘ फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई सबैभन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । रातो मासु भन्नाले चारखुट्टेको मासु जनाउँछ भने सेतो मासु भन्नाले कुखुरा वा माछालाई जनाउँछ ।
रातो मासुमा स्याचुरेेटेड फ्याटको मात्रा बढी हुन्छ । यस्ता फ्याटले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँछ । मासुका साथै यस्ता फ्याट दूधबाट बनेका कुराहरुमा पनि बढी पाइन्छ । साथै बेक गरिएका र बढी फ्राइ गरिएका कुराहरुमा यस्तो फ्याट बढी हुन्छ ।
अमेरिकन हार्ट एशोसियसनका अनुसार आफूलाई चाहिने दैनिक क्यालोरीमध्ये स्याचुरेटेड फ्याटको मात्रा ५ देखि ६ प्रतिशत भन्दा बढी हुनुहुँदैन । स्वस्थ रहनको लागि स्याचुरेटेटड फ्याट बढी भएको खानाहरु नखानु नै उत्तम हुन्छ । स्याचुरेटेड फ्याटको तुलनामा मोनो अनस्याचुरेटेड फ्याट बढी राम्रो हुन्छ । ओलिभको तेल, बदामको तेल, तिलको तेल लगायतमा यस्ता फ्याट बढी पाइन्छ । त्यसैले यस्ता तेललाई भुटनका रुपमा प्रयोग गर्नसके धेरै राम्रो हुन्छ ।
यस्तो फ्याटले रगतमा नराम्रो कोलस्ट्रोल बढ्न नदिने र राम्रो कोलस्ट्रोलको मात्रा बढाउने गर्छ । एभोक्याडो, पिनट बटर, आलसको गेडा लगायतमा यस्तो फ्याट बढी पाइन्छ । नरिवलको तेलमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुने हुंदा यस्तो तेल बढी प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
पोलिअनस्याचुरेटेड फ्याट अर्को राम्रो किसिमको चिल्लो हो । यसले पनि नराम्रो कोलस्ट्रोल घटाई राम्रो कोलस्ट्रोल बढाउन मद्धत गर्छ ।
छालायुक्त मासु नखानुस्
छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । संगै खसीबोका लगायतका जनावरको छालामा काटिएर रहेका रौ पनि रहन्छ । त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ । अन्डाको भित्री पहेँलो भागमा कोलस्ट्रोलको मात्रा बढी हुने हुँदा सेतो भाग मात्रा खाँदा स्वास्थ्यलाई लाभ मिल्छ ।
ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस्
दसैंका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स आइसक्रिम, मह, जाम, केक लगायत पनि खानु मधुमेहीका लागि हानीकारक छ ।
सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन । ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन । बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थहरुमा कम्पोजिसन भनेर प्याकेटमा यस्ता कुराहरु लेखिएका हुन्छन् । अलिकति ध्यान दिने हो भने त्यस खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थहरु रहेछन् बुझ्न सकिन्छ ।
सोयाबिनको तेल, मकैको तेल, सनफ्लावरको तेल आदिमा पाइने पोलि-अनस्याचुरेटेड फ्याटले शरीरलाई आवश्यक पर्ने भिटाभिन इ का साथै एन्टिअक्सिडेन्टको आवश्यकता पनि पूरा गर्छ । साथै, शरीरलाई चाहिने तर शरीरमा उत्पादन नहुने ओमेगा ३ तथा ओमेगा ६ फ्याटी एसिडको आवश्यकता पनि पूर्ति गर्न मद्धत गर्छ । मुटुरोग, रक्तचाप, प्यारालाइसिस लगायत रोगबाट टाढा रहन खानामा स्याचुरेटेड फ्याटको मात्रा कम र मोनो र पोलि-अनस्याचुरेटेड फ्याटको मात्रा बढी हुनुपर्ने अमेरिकन हार्ट एसोसियशनको सल्लाह छ ।
मसला घटाउनुस्
दसैंमा परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसंगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाहरुको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्न सक्छन् ।
त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ । अझ दसैंका बेला दीर्घरोगीहरुले स्वास्थ्यको विशेष ध्यान दिन जरुरी छ । दसैंमा मनलाग्दी तवरले खानपिन गर्दा मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीलाई बढी समस्या पर्न सक्छ ।
मधुमेहका बिमारीहरुले गुलियो र चिल्लो पदार्थ खानुहुँदैन । मुटु रोगीका लागि बढी चिल्लो पदार्थ खान निषेध नै छ । दसैं र तिहारमा सेवन गरिने परिकार गुलियो र चिल्लोको मात्रा धेरै हुने भएकाले यि रोगीहरु विशेष सावधान हुनुपर्छ । सेलरोटी, मिठाइ, चकलेट लगायतको प्रयोग सकेसम्म सबैले कम गर्दा फाइदा हुन्छ ।
धुम्रपान र मद्यपान नगर्नुस्
दसैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ ।
दसैं हो भनेर जथाभावी मद्यपान गर्दा सुगरर प्रेसरको समस्या बढ्न सक्छ । मुटुरोगीलाई पनि यसले पटक्कै फाइदा गर्दैन । रक्सीको सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउँछ । जसले मुटुरोग, हृदयाघात र पक्षघात गराउनमा विशेष भूमिका खेल्छ । रक्सी भनेको कार्बोहाइट्रेड हो । त्यसैले शरीरको वजन बढाउन तथा रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ । रक्सी, वाइन, वियर, जिन, लोकल, छ्याङ्, जे भने पनि सबै रक्सी नै हुन् । खाली अल्कोहोलको मात्रा मात्रै फरक-फरक हुन्छन् ।
फुड प्वाइजनबाट जोगिनुस्
यो समयमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अपच भएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ । खानपिनकै कारण दसैं दशा बनेको कतिपय उदाहरण पनि छन् । चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ ।
तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्दछ । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । चिल्लो, अमिलो, पीरो खानेकुराले ग्यास्टि्रक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । त्यसका साथै कोलस्ट्रोल बढाउने र बोसोको मात्र बढी हुन्छ, जसका कारण अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखा पर्छन् ।
कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ । त्यस्तो मासु खाँदा फुड प्वाइजनको सम्भावना बढी हुन्छ । दसैंमा मासु पहिले नै पकाएर राखी बासी बनाएर नखाँदा राम्रो हुन्छ । बासी मासु खायो भने त्यसले फुड प्वाइजनको सम्भावना बढी हुन्छ । ताजा मासु खानु सबैभन्दा उपयुक्त हुने हुन्छ ।
मासु कम खाने र पकाउने विधिमा समेत विचार पुर्‍याउने बानिको विकास अहिले जरुरी छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी मासु पकाउनु राम्रो हुन्छ । उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।
मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलस्ट्रोल बढाउने हुँदा अपच हुने, फुड प्वाइजन पनि हुन सक्छ । मासुलगायत दसैंमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्यास्टि्रक बढ्ने समस्या हुनु सामान्य हो ।
शाकाहारीमा जोड दिनुस्, ब्यायम गर्नुस्
दसैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ । काम कम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन । उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात नै हुन् । अंकुरित गेडागुडी र ताजा तरकारी खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै लगायतले पनि मुटुलाई फाइदा पुर्‍याउँछ ।
मासु खाएपनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रुपमा खानुपर्छ । सँगै दसैंमा काम नगरी विभिन्न खेलमा रमेर बस्ने, टिभीमै केन्द्रित हुने लगायत अल्छी प्रवृत्ति पनि हुन्छ । त्यसले रोगीहरुको स्वास्थ्य झन बिगि्रनछ ।
सामान्य मानिसको पनि स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसैले व्यायाम गर्ने, नियमित रुपमा हिँडडुल गर्ने र सक्रिय काममा सहभागी हुने गरेमा खाना पचाउन सहयोग पुग्छ नै शरीमा स्फुर्ति पनि बढ्छ ।


from SHYANE http://ift.tt/1KpbIrw
via समाचार

अाज महाअष्टमी, शक्तिपीठहरूमा पूजाअाज गरिँदै

Tuesday, October 20, 2015 / No Comments
कार्तिक ४।  आश्विन शुक्ल अष्टमीका अवसरमा बुधबार देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ ।
यस दिन विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली यसै अष्टमीका दिन उत्पन्न भएकी थिइन् ।
महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।
पूजापश्चात् बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ भने मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ ।


from SHYANE http://ift.tt/1Xj30nR
via समाचार

ह्याकरले बनाए हत्यारा पेनड्राइभ, खरानी बनाइदिन्छ टिभी र कम्प्युटर

/ No Comments
यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ ।
युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजन सम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।
रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।
उनले यो पेनड्राइभका कारण युएसबी पोर्ट भएका हरेक डिभाइस खतरामा परेको चेतावनी दिएका छन् । लगभग सबैजसो स्मार्टफोनले युएसबी मोड सपोर्ट गर्नुका साथै टेलिभिजन, कम्प्युटर, राउटर तथा मोडेमहरु सबैलाई उक्त पेनड्राइभले निस्तेज बनाइदिन सक्ने उनको भनाइ छ ।
यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरुले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।
यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् : यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने ।


from SHYANE http://ift.tt/1jzTzlC
via समाचार

बडादसैंको सातौं दिन आज फूलपाती,शक्तिपीठमा पूजाआजा गरिँदै

Monday, October 19, 2015 / No Comments
कार्तिक ३।  हिन्दूहरुको महान चाड बडादसैंको आज (मंगलबार) सातौं दिन । घरघरमा स्थापना गरिएको देवी समक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याइँदै छ ।

फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।
सो दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ । अध्यक्ष गौतमका अनुसार कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्रयाउने गर्छन् ।

धादिङको जीवनपुरबाट ल्याइएको फूलपाती आज अपराह्न साढे ४ बजे पर्सिएर दसैंघरमा भित्र्याउने तयारी छ । सर्वसाधारणले परम्पराअनुसार हनुमानढोका दरबारको पश्चिम मूलढोकामा परिसरबाट फूलपाती उत्सव अवलोकन गर्न पाउने छन् ।

यसैगरी, हनुमानढोका ठूलो घन्ट अगाडिको कडेल्चोक भगवतीमा फूलपाती भित्र्याउन एक टोली नुवाकोट गएको छ । यो भगवतीमा पनि सेनाले उत्सवका साथ फूलपाती भित्र्याउने चलन छ । नेपाली सेनाले परम्पराअनुसार टुंडिखेलमा आज फूलपाती बढाइँको तयारी गरेको छ ।

बडादसैंका अवसरमा हिन्दू धर्मावलम्बीले सोमबार कालरात्री देवीको पूजन गरेका थिए । यो वर्ष तिथिमा घटबढ पर्न गएकाले आज महागौरी र बुधबार सिद्धिदात्रीको स्तुति गर्न उपयुक्त हुने राष्ट्रिय धर्म सभाले जनाएको छ ।

बडादसैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरी, गुहेश्वरी, भुवनेश्वरी, वनकाली, झंकेश्वरी, पाटनको बंगलामुखी, चामुन्डादेवी, भीमसेनगोलाको कात्यायनीलगायतका पीठमा भक्तजनको भीड बढेको छ ।


from SHYANE http://ift.tt/1XgD6RA
via समाचार

चर्चित विश्व किर्तिमान, तोड्ने हिम्मत छ ?

/ No Comments
दुनियामा विभिन्न कामकुरामा मानिसहरुले किर्तिमान राखिरहेका हुन्छन् । कतिपयले सकारात्मक कामका लागि किर्तिमान राख्छन् तर कतिले उरन्ठेउला काम गरेरै भएपनि गिनिज बुकमा नाम लेखाउँछन् । दुनियाकै सबैभन्दा बिकाउ विषय मानिएको सेक्सका विषयमा किर्तिमान राख्न नचाहनेे मानिस कमै होलान् तर हिम्मत र क्षमता सबैमा हुने कुरा भएन । तर सबैले किर्तिमानै राख्नुपर्छ भन्ने कहाँ छ र ? पढेरै आनन्द लिँदापनि त हुन्छ । ल आउनुहोस् जानिराखौँ यौन सम्बन्धी केही रोचक विश्वकिर्तिमानहरु :
  • विश्वमा सबैभन्दा शक्तिशाली वियस्खलन गर्ने व्यक्तिको नाम हो हस्र्ट स्चल्ज । उनले विर्य स्खलन गरेर ६ मिटर टाढा, १२ फिट ४ इन्च माथि ४२.७ माइल प्रतिघण्टाको गतिमा स्खलन गर्दै विश्वकिर्तिमान कायम गरेका छन् ।
  • मानिसलाई एक घण्टामा सबैभन्दा धेरै कतिपटक सम्म उत्तेजना तथा चरम आनन्द प्राप्त हुन सक्ला ? अमेरिकाको क्यालिफोर्नियास्थित म्यारिटल एण्ड सेक्सुअल स्टडिज सेन्टरका शोधकर्ताले गरेको अध्ययन अनुसार उनीहरुले महिलाले एक घण्टामा १३४ पटक तथा पुरुषले १६ पटक सम्म चरम आनन्द अर्थात् अर्गाज्म प्राप्त गर्न सक्छन्, जुन अहिलेसम्मकै बढि हो । साथै एक अर्को अध्ययन अनुसार महिलामा हुने चरम आनन्दको सबैभन्दा लामो समय ४३ सेकेण्ड हो ।
  • विश्वमा सबैभन्दा धेरै विर्य निलेको किर्तिमान अमेरिकाकी मिचेल मोनाहानको नाममा छ । उनले सन् १९९१ को जुलाइमा लस एन्जल्समा आफ्नो पेटभित्रबाट आफुले पहिले निलेको १.७ पिन्ट विर्य वान्ता गरेर विश्वरेकर्ड कायम गरेकी हुन् ।
  • विश्वमा अहिलेसम्मकै सबैभन्दा लामो गुप्तांगको रौँको लम्बाइ कति छ ? दक्षिण अफ्रिकाको केपटाउनकी माओनी भी विश्वमा सबैभन्दा लामो गुप्तांग रौँ भएकी महिला हुन् । उनको गुप्तांगको रौँको लम्बाइ २८ इन्च थियो भने काखीको रौँको लम्बाइ ३२ इन्च ।
  • विश्वमा सबैभन्दा बलियो योनी भएकी महिला रुसकी तातिएता कोझेव्निकोभा हुन् । ४२ वर्षकी तातिएताल आफ्नो योनीको सहायताले ३१ पाउण्ड तौल उठाएर किर्तिमान कायम गरेकी हुन् ।
  • एक दिनमा सबैभन्दा धेरै पुरुषसँग सम्भोग गर्ने महिला अमेरिकाकी लिजा स्पार हुन् । चर्चित पोर्नस्टार लिजाले सन् २००४ मा एकैदिन ९१९ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
  • विश्वमा सबैभन्दा लामो हस्तमैथुन गर्ने व्यक्तिको नाम मासानोबु सातो हो । सन् २००९ मा अमेरिकामा भएको हस्तमैथुन म्याराथनमा उनले ९ घण्टा ५८ मिनेटसम्म लगातार हस्मैथुन गरेका थिए ।
  • विश्वमा अहिलेसम्मको सबैभन्दा लामो लिंगको लम्बाइ ३४ सेन्टिमिटर छ । जोन फाल्कोन नामका व्यक्तिले सबैभन्दा लामो लिंगमा किर्तिमान कायम राखेका छन् ।
  • विश्वमा सबैभन्दा ठूलो योनीको किर्तिमान चाहीँ अन्ना स्वानको नाममा छ । उनको योनीको परिधी १९ इन्च थियो ।
  • विश्वमा सबैभन्दा बलियो लिंग भएका व्यक्ति हुन् हंगकंगका मो का वांग । उनले सन् १९९५ मा आफ्नो लिंगले अढाइ सय पाउण्ड वजन उठाइदिएका थिए ।


from SHYANE http://ift.tt/1PD3gvH
via समाचार

NTC ले ल्यायो रिचार्ज गर्ने नयाँ तरिका

Sunday, October 18, 2015 / No Comments
कार्तिक २।  नेपाल टेलिकमले कार्तिक १ गतेदेखि अर्थात् आजदेखि इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स ( IVR) १४१२ मार्फत् सीअारबीटी र सीएस सिस्टमबाट कम्पनीका कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने नयाँ व्यवस्था गरेको छ।
जसअनुसार अाइभीअार १४१२ मार्फत् तेस्रो पक्ष रिचार्ज सेवा कम्पनीको  कम्पनीको एनटी रिचार्ज कार्डमार्फत विभन्न सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत पीएसटीएन महशुल भुक्तानी, एडिएसएल रिचार्ज, जीएसएम पोस्टपेड महशुल भुक्तानी, जीएसएम प्रिपेड महशुल भुक्तानी, सिडीएमए प्रिपेड टपअप, सिडिएमए पोष्टपेड महशुल भुक्तानी र वाइम्याक्स रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
नमस्ते  रिचार्ज कार्ड प्रयोग गरी १४१३ मार्फत् पीएसटीएल सेवाको बिल भुक्तानी, जीएसएम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र एडीएसएल सेवाको महशुल भुक्तानी गर्ने सेवा पनि यथावत रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


from SHYANE http://ift.tt/1VZQJlF
via समाचार

म्याराथनमा भूमिराज र पुष्पा भण्डारी विजयी

Saturday, October 17, 2015 / No Comments
कार्तिक १।  सातौं राष्ट्रिय खेलकुद अन्तर्गत ४१ औं राष्ट्रिय एथलेटिक्सतर्फ म्याराथन (४२.१९५ किलोमिटर) को पुरुषमा भूमिराज राई र पुष्पा भण्डारी विजयी,  नेपाल प्रहरी क्लबका भूमिले निर्धारीत दूरी २ घण्टा ३१ मिनेट ०३ सेकेन्डमा पूरा गरे । 


from SHYANE http://ift.tt/1ZN0VTs
via समाचार

आज कात्यायिनी भगवतीको पूजा आराधना गरिँदै

/ No Comments
कार्तिक १ । बडादशैं अन्तर्गत आज छैटौ दिन कात्यायिनी भगवतीको पूजा आराधना गरिँदै छ।   यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रही आएको छ।  आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड छ ।


from SHYANE http://ift.tt/1kf45Pf
via समाचार

आर्मी राष्ट्रिय लिगको उपविजेता

Friday, October 16, 2015 / No Comments

आश्विन ३०। रेडबुल राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लब उपविजेता बन्न सफल भएको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको आर्मीले सफलता हासिल गरेको हो । आर्मीलाई जिताउन टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठ र टंक बस्नेतले एक–एक गोल गरे ।

नवयुगअहिलेसम्म १४ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । यो खेलसँगै आर्मीले जारी लिग सकाएको छ ।

अन्तिम भिडन्तमा शनिबार मनाङ–मर्स्ङ्दी र थ्रीस्टार क्लब भिड्दै छन् । दुई टिमको भिडन्तसम्म आर्मी ३३ अंकका साथ शीर्ष स्थानमा छ ।

मनाङ र थ्रीस्टारबीचको खेल बराबरीमा सकिए आर्मीसँग समान अंक भए पनि ‘अवे’ गोलका आधारमा थ्रीस्टार च्याम्पियन बन्नेछ । मनाङ विजयी भए थ्रीस्टार तेस्रो स्थानमा झर्नेछ । अन्तिम भिडन्तअघि थ्रीस्टारको ३२ तथा मनाङको ३१ अंक छ ।

विजेताले एक करोड, उपविजेताले ५० लाख तथा तेस्रो स्थान हासिल गर्ने टिमले २५ लाख रुपैयाँ जित्नेछ ।


from SHYANE http://ift.tt/1Pobfxp
via समाचार

नवरात्रको तेस्रो दिन आज

Wednesday, October 14, 2015 / No Comments
२८।  बडा दसैं अर्थात् नवरात्रको तेस्रो दिन आज शक्ति स्वरुपा चन्द्रघण्टाको पूजा आराधना गरिँदै छ ।
देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, हेटौंडाको चुरियामाई र भुटनदेवीलगायतका भगवती मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको हो ।
style="text-align: justify;">प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपु, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।


from SHYANE http://ift.tt/1X5lsjD
via समाचार

रोनाल्डोले जिते चौथो गोल्डेन बुट

Tuesday, October 13, 2015 / No Comments
असोज २७।  क्रिष्टियानो रोनाल्डोले चौथो पटक गोल्डेन बुट अवार्ड जितेका छन् । रियल मडि्रडका स्टार स्ट्राइकर रोनाल्डोले गत सिजन स्पेनिस लिगको ३५ खेलमा ४८ गोल गरेका थिए ।
रियलबाट उनले तेस्रो पटक गोल्डेन बुट जितेका हुन् । त्यसअघि २००७/०८ को सिजनमा म्यानचेष्टर युनाइटेडबाट गोल्डेन बुट जितेका थिए ।
३० वर्षीय रोनाल्डो ३० सेप्टेम्बर ३२४ गोलका साथ रियल मड्रिडको सर्वाधिक गोलकर्ता बनेका थिए ।
गोल्डेन बुट जितेपछि रोनाल्डोले भने,-‘यो मेरो करियरको अर्को ऐतिहासिक क्षण हो ।’ टीममेटको सहयोग विना यो सफलता सम्भव नभएको उनले बताए ।
अझै धेरै गोल्डेन बुट जित्ने इच्छा रहेको उनले बताए । साथै उनले यो सिजन च्याम्पियन्स लिगसँथै ला लिगा र कोपा डेल रे जित्न प्रयास गर्ने बताए ।


from SHYANE http://ift.tt/1QqEVaK
via समाचार

आज घटस्थापना, साइत ११ बजेदेखि

Monday, October 12, 2015 / No Comments

आसोज २६।  विजयादशमीको पहिलो दिन मंगलबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ ।
घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।
आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ ।
यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।
जमरा राख्ने साइत सवा ११ देखि १२ बजेर ३ मीनेटसम्म
आज घटस्थापनाको दिन चित्रा नक्षत्र र वैधृति योग एकै सयम परेको छ । चित्रा नक्षत्र र वैधृति योग एकै समयमा पर्दा कलश स्थापना गरी घटस्थापना गर्न नहुने ज्योतिषशास्त्रको रुद्रयामला पुस्तकमा उल्लेख गरिएको छ ।
चित्रा नक्षत्र सूर्य उदय देखि ५५ घडि ४५ पला (२७ गते विहान ४ बजे १९ मीनेट ) सम्म रहने र वैधृति योग ४५ घडि १७ पला (२७ गते विहान १ बजे ८ मीनेट) सम्म रहन्छ ।
तर, २६ गते नै ११ बजे १५ मिनेट १२ सेकेन्ड देखि १२ बजे ३ मीनेट १० सेकेन्डसम्म अभिजित मुहुर्त हुने हुँदा सो समयमा शुभ कार्य गर्दा माथिको दोष नलाग्ने रुद्रयामला पुस्तकमा उल्लेख गरिएको छ ।
त्यसैले यस दिन विहानको ११ बजे १५ मिनेट देखि १२ बजे ३ मिनेट सम्म घटस्थापना गर्दा शुभ रहने ज्योतिष पण्डित धनानन्द शर्मा घिमिरेले जानकारी दिए ।


from SHYANE http://ift.tt/1K5vbNC
via समाचार

रेड्बुल राष्ट्रिय लिगको शीर्ष स्थानमा आर्मी

/ No Comments
असोज २६।  त्रिभुवन आर्मी क्लबले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा लुम्बिनीलाई ५–० गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि होडलार्इ थप बलियो बनाएको छ ।
१५ खेल खेलेको आर्मीले ३० अंक जोडेपछि लिगको शीर्ष स्थान छ । थ्रीस्टार २९ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने २८ अङ्क जोडेको मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ । दुवै टोलीले समान १४/१४ खेल खेलेका छन् ।
खेलमा आर्मीले चौथो मिनेटमा नै भरत खवासको गोलबाट अग्रता लिएको थियो । उनले नवयुग श्रेष्ठको पासमा गोल गरेका थिए । आर्मीले खेलको दोस्रो हाफमा चार गोल थप्यो । खेलको दोस्रो हाफमा टंक बस्नेत र नवयुग श्रेष्ठले समान २/२ गोल गरे । बस्नेतले खेलको ६३ औँ मिनेटमा दीप लामाको पासलाई सदुपयोग गर्दै गोल गरे । त्यस्तै श्रेष्ठले भने खेलको ७५ र ७८ औँ मिनेटमा दुई गोल थपे ।
त्यसैगरी श्रेष्ठले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै बस्नेतले एक गोल गरे । उनले खेलको ८३ औँ मिनेटमा एक गोल थपेपछि आर्मीले लुम्बिनीमाथि ५–० को सहज जित हात पारेक छ । आर्मीका भरत म्यान अफ द म्याच बने ।


from SHYANE http://ift.tt/1k0a0aW
via समाचार

एउटै क्यामराभित्र १६ वटा क्यामरा

Sunday, October 11, 2015 / No Comments
असोज २४।  अमेरिकी कम्पी लाइटले एउटा निकै अनौठो तथा अत्याधुनिक क्यामरा सार्वजनिक गरेको छ । एल सिक्सटिन नामको उक्त क्यामराको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यो क्यामरामा अलग अलग फोकल लेन्थ भएका १६ वटा क्यामरा जडान गरिएका छन् । सिलिकन भ्यालीको स्टार्टअप लाइटको दाबीलाई पत्याउने हो भने एल १६ ले डिएसएलआरलाई टक्कर दिनेछ ।



बनावटको कुरा गर्ने हो भने यो क्यामराको पछाडिपटि्ट १७ वटा वृत्ताकार आकृति छन् । जसमध्ये एउटा आइआर सेन्सर तथा १६ वटा क्यामरा हुन् ।

यो क्यामरामा रहेका हरेक क्यामराले अलग अलग एंगलबाट फोटो खिच्दछन् । जसलाई एकत्रित गरेर ५२ मेगापिक्सेल हाइ रिजोलुसनयुक्त फोटो तयार हुन्छ ।
त्यसैले स्मार्टफोन जत्रै आकारको यो क्यामराले ५२ मेगापिक्सेलको डिएसएलआर क्यामराले जत्तिकै क्वालिटीयुक्त फोटो खिच्न सक्ने बताइएको छ ।
यो डिभाइसको अर्को विशेषता भनको के भने यसमा फोटो क्लिक गरिसकेपछि पनि फोकस सेलेक्ट गर्न सकिन्छ । साथै कम प्रकाशमा पनि यसरी गुणस्तरीय फोटो खिच्न सक्छ । यसका लागि यो क्यामरामा रिड्युसिंग इमेज नाइस नामक फिचर पनि रहेको छ ।
एल सिक्सटिनमा ३५ एम एमका ५ क्यामरा मोड्युल, ७० एमएमका ५ भर्सन तथा १५० एमएमका ६ क्यामरा मोड्युल रहेका छन् । साथै पछाडीपटि्ट ५ इन्चको टचस्त्रिmन डिस्प्ले पनि राखिएको छ जसमा चार्जिंग सेटिंग्स, जूम, फोकस आदि कन्ट्रोल फिचर्स रहेका छन् । यो क्यामराले जेपिजी, टीआइएफएफ तथा रअ डिएनजी फोटोका साथै भिडियो पनि खिच्न सकिन्छ ।
कपनीले यो क्यामराको मूल्य १२९९ डलर तोकेको छ । तर नोभेम्बर ६ पछि भने यसको मूल्य १६९९ डलर पुग्ने बताइएको छ । यो क्यामराको प्री बुकिंग सुरु भैसकेको छ भने तत्कालका लागि यो अमेरिकी बजारमा मात्र उपलब्ध हुनेछ ।


from SHYANE http://ift.tt/1hziiEX
via समाचार

मछिन्द्रनाथको भोटो आज देखाइने

/ No Comments

असोज २५।  लामो समयको प्रतीक्षापछि सर्वसाधारणले सोमबार वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो हेर्न पाउने भएका छन् । आइतबार भोटो देखाउनको लागि २२ गते रथलाई लगनखेलबाट जावलाखेल लगिएको थियो ।
गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माण गरी गत असोज ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु भएको हो ।
यसैबीच यसवर्ष १२ वर्षको विशेष मेला परेकाले रथमा फूलपाती चढाउने र दर्शन गर्ने दर्शनार्थीको हजारौँको सङ्ख्यामा बिहानैदेखि भीड लागेको रथका पुजारी विनोद बज्राचार्यले जानकारी दिए ।
रथको दर्शन गर्नाले आँटेको कुरा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।
यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले जावलाखेल र बुङ्मतिमा गरी दुईपटक देवताको भोटो हेर्न पाउने भएका छन् ।
जावलाखेलमा भोटो देखाएपछि रथलाई बुङ्मती लगिन्छ र रथ बुङ्मती पुर्‍याएको चौथो दिन पुनः यस वर्षका लागि दोस्रोपटक भोटो देखाएर विधिवत्रुपमा १२ वर्षे रथ जात्राको अन्य हुने गुठी संस्थानले बताएको छ ।


from SHYANE http://ift.tt/1Qkf6ZJ
via समाचार

टेलिकमले ल्यायो छुटको बहार

/ No Comments
मुलुकको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वको अवसरमा आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुटको बहार ल्याएको छ ।
टेलिकमले जीएसएम तथा सिडिएमए पोष्टमेड मोबाइलमा असोज २८ गतेदेखि कार्तिक २८ गतेसम्म एक महिना ५० एमबी डाटा निःशुल्क डाटा उपलब्ध गराउने भएको छ ।
९० रुपैयाँमा सिम/रिम कार्ड उपलब्ध
टेलिकमले ९० रुपैयाँमा ५० रुपैयाँ बराबरको टक भेलु हुने गरी सिम तथा रिम कार्ड उपलब्ध गराउने भएको छ । यो अफर कार्तिक १ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले २ सय रुपैयाँमा सय रुपैयाँ बराबरको टक भेलुसहितको सिम तथा रिम कार्ड बिक्री गर्दै आएको थियो ।
कम्पनीले हाल वितरण गर्दै आएको २ सय बराबरको टक भेलुसहितको सिम तथा रिमकार्ड असोज ३० गतेसम्म एक्टिभ नगरे स्वतः ५० रुपैयाँमा झर्नेतर्फ ग्राहकलाई सचेत गराएको छ ।
भ्वाइस कलमा छुट
जीएसएम तथा सिडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा १० प्रतिशत छुट उपलब्ध गराएको छ ।
एसएमएस अफर
कम्पनीको हाल जीएसएम तथा सिडिएमए मोबाइल सेवामा प्रति एसएमएस १ रुपैयाँ रहेकोमा असोज २६ गतेदेखि कार्तिक ९ गतेसम्म र कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म दैनिक रुपमा हुने कुल एसएमएसवापत त्यति नै संख्यामा बोनस एसएमएस कम्पनीको नेटवर्क भित्र प्रयोग हुने गरी भोलीपल्ट उपलब्ध गराउने भएको छ ।
उक्त बोनस एसएमएसको समयावधि एक दिन रहने बताइएको छ । उक्त बोनस अफर सर्ट कोड एसएमएसहरुमा भने लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।
फेष्टिवल डाटा अफर
जीएसएम तथा सिडिएमए पोष्टपेड र प्रिपेडका ग्राहकहरुलाई दशैं, तिहार र छठ पर्वमा निम्न डाटा अफर उपलब्ध गराउने भएको छ ।
फिक्स्ड लाइनमा थप सय कल निःशुल्क
टेलिकमका स्थानीय टेलिफोन सेवाहरु पिएसटिएन/सिडिएमए सी-फोन पोष्टपेडमा थप सय कल निःशुल्क उपलब्ध हुने भएको छ । अहिले मासिक २ रुपैयाँ १७५ कल निःशुल्क उपलब्ध रहेकोमा अब २७५ कल निःशुल्क प्राप्त हुने भएको छ ।
एडीएसएल र वाइम्याक्समा भेलिडिटी थप
टेलिकमले दशैं, तिहार तथा छठको समयमा भेलिडिटी सकिने भोल्युम बेस्ड तथा अनलिमिटेड एडीएसएल ग्राहकहरुलाई समयावधी थप गरेको छ । वाइम्याक्स ग्राहकको हकमा डाटा भोल्युम बाँकी भएको तर भेलिडिटी सकिएको खण्डमा पनि समयावधी सकिएको छ ।
वाइम्याक्स सेवामा प्याकेज
टेलिकमले वाइम्याक्स सेवामा विद्यमान प्याकेजको सट्टामा असोज २६ गतेदेखि विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ ।सर्टकोड १४०० निःशुल्क
जीएसएम मोबाइलमार्फत ब्यालेन्स क्वायरी, एफएनएफ आदि सुविधाहरु प्राप्त गर्नका लागि सर्टकोड १४०० मा प्रति एसएमएस १ रुपैयाँ लाग्दै आएकोमा असोज २६ गतेदेखि निःशुल्क प्रदान गर्ने टेलिकमले जनाएको छ ।
टेलिकमले मार्थि उल्लेखित सेवाहरुमा नेपाल सरकारको नियमानुसार लाग्ने कर समावेश नगरेको बताएको छ ।


from SHYANE http://ift.tt/1K3o20k
via समाचार

Facebook मा आफैं भिडियो ‘प्ले’ भएर हैरान पार्यो ? यसो गर्नुस्

Friday, October 9, 2015 / No Comments
अचेल फेसबुकमा विभिन्न प्रकारका भिडियो बग्रेल्ती देखिन्छन् । तपाईको टाइमलाइनमा रहेका ती भिडियोहरु चाहेर वा नचाहेर हेर्नैपर्ने बाध्यता पनि हुने गरेको छ । किनकी ‘कर्सर’ पुग्नासाथ ती भिडियो आफैं प्रशारण हुन थाल्छन् ।
धेरैजसोलाई यो फिचर मन पर्न छाडेको छ । किनकी भिडियो प्रशारण हुनासाथ केहीन केही तपाईको डाटा खर्च हुन्छ नै ।
केही भिडियो त विभत्ससमेत हुने गरेका छन् । त्यस्तै केही भिडियो तपाईको स्वभाव वा मान्यताका विपरीत पनि हुन सक्छन् । त्यसैले मन नलागे पनि भिडियोको झलक हेर्नै पर्ने बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ ?
यस्तो बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ भने आफ्नो फेसबुक लग इन गर्नुहोस् र दायाँ छेउमा ‘डाउन एरो’ देखिन्छ जहाँबाट तपाई ‘लग आउट’ को सुविधासमेत प्रयोग गर्नुहुन्छ ।
उक्त ‘डाउन एरो’ मा क्लिक गरेपछि ‘सेटिङ्ग’ को विकल्प पाउनु हुनेछ । त्यहाँ क्लिक गरेपछि एउटा नयाँ पेजमा पुगिन्छ ।
उक्त पेजको बायाँतिर सबैभन्दा तल ‘भिडियो’ को विकल्प दिइएको छ । ‘भिडियो’ मा क्लिक गरिसकेपछि दायाँतिर दुई विकल्प हुन्छन् । ‘भिडियो डिफल्ट क्वालिटी’ मा तपाईले ‘एसडी वनली’ छान्नुपर्ने छ भने ‘अटो प्ले भिडियो’ मा रहेका ट्याबमध्ये ‘अफ’ लाई छान्नुहोस् । त्यसपछि तपाई आफ्नो फेसबुकको टाइमलाइनमा आउने भिडियोहरु आफैं प्रशारण हुने समस्याबाट मुक्त हुनुहुने छ । (एजेन्सी)


from SHYANE http://ift.tt/1G3NhnY
via समाचार

राष्ट्रिय शारीरिक सुगठन सुरु

/ No Comments


आश्विन २३।  सातौं राष्ट्रिय खेलकुद- २०७२ को पहिलो प्रतियोगिताका रुपमा १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभूवन आर्मी क्लबका जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौलसमूहमा प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो दिन पि्रजजिङ राउन्ड सम्पन्न भएको छ । प्रत्येक तौलसमूहबाट ५ का दरले ३५ खेलाडीले फाइनल यात्रा गरेका छन् । फाइनल शनिबार हुनेछ ।
५५ केजीमा झापाका छत्रबहादुर श्रेष्ठ, कास्कीका सुरेश गुरुङ, काठमाडौंका रवि महर्जन, काभ्रेका उमेश बलामी र ललितपुरका नमराज लुइटेल फाइनलमा पुगे । ६० केजीमा भक्तपुरका कृष्णबहादुर श्रेष्ठ, कपिलवस्तुका सन्जिवकुमार श्रेष्ठ, ललितपुरका रुजेश शाही, मोरङका रमेश कार्की र रुपन्देहीका सुनील आले फाइनलमा प्रवेश गरे ।
६५ केजीमा भक्तपुरका गंगाराम गोरखाली, झापाका रामबहादुर दाहाल, काठमाडौंका अनिललाल श्रेष्ठ, मोरङका विकास धिमाल र आर्मीका दीपध्वज ठकुरी उपाधि होडमा सामेल भएका छन् । ७० केजीमा भक्तपुरका उज्ज्वलरत्न वज्राचार्य, काठमाडौंका कणिर्क शाक्य, काभ्रेका रामहरि खनाल, खोताङका देवराज पराजुली र रुपन्देहीका चन्द्रमान श्रेष्ठले फाइनल यात्रा पक्का गरे । ७५ केजीमा बाँकेका दीपेन्द्रबहादुर खत्री, चितवनका नवीनकुमार गुरुङ, दोलखाका सुवर्ण खड्का, काठमाडौंका महेश्वर महर्जन र रुपन्देहीका विजेन्द्रमान श्रेष्ठबीच उपाधि भिडन्त हुने भएको छ ।
भक्तपुरका प्रवेश श्रेष्ठ, काठमाडौंका नरेश मालाकार, ललितपुरका अमर डंगोल, रुपन्देहीका अनिल थापा र सुनसरीका पारस भुजेल ८० केजीको फाइनलमा पुगे । ८० केजीमाथि चितवनका अनिलकुमार थापा, झापाका तुल श्रेष्ठ, काठमाडौंका विजयत्तमरत्न वज्राचार्य, ललितपुरका प्रनण शाही र नुवाकोटका तिलक तामाङ फाइनलमा प्रवेश गरेका छन् ।


from SHYANE http://ift.tt/1jjv8Iy
via समाचार

४० वर्षअघिको भारतसँगको सम्झौता खारेज

Thursday, October 8, 2015 / No Comments
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्न ४० वर्षअघि भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग गरेको सम्झौता बिहीबार खारेज गरेको छ। करिब दुई महिनादेखि जारी मधेस आन्दोलनले नाकामा असुरक्षा निहुँ झिक्दै आइओसीले नियमित आपूर्ति रोकेपछि निगम वैकल्पिक व्यवस्थानिम्ति यस्तो रणनीति लिन बाध्य भएको हो।
नेपाल र भारत दुई देशका सरकारी कम्पनीबीच भएको सम्झौता भएकाले निगम आफैंले खारेज गर्न सक्छ। उक्त सम्झौताअनुसार आइओसीले निगमलाई आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ निर्वाध रुपमा उपलब्ध गराउनुपर्छ तर नेपालमा नयाँ संविधान जारी भएको विषयलाई लिएर बखेडा झिक्दै भारतले दुई सातादेखि अघोषित नाकाबन्दी लगाएको छ। त्यययता आइओसीले पेट्रोलियम आपूर्ति रोकिरहेको छ।

'आफैंले हस्ताक्षर गरेको सम्झौता आइओसीले ठाडै उल्लंघन गरेपछि हामी बाध्य भएर सम्झौता खारेज गरेका हौं,' निगम उच्चस्रोतले बिहीबार नागरिकसँग भन्यो, 'आइओसीको विकल्प खोज्न ग्लोबल टेन्डर आह्वान गरिसकेका छौं। यो टेन्डर सार्वजनिक हुनु भनेकै आइओसीसँगको सम्झौता खारेज हुनु हो।'

यससँगै आइओसीको नेपालमा चार दशकदेखिको एकाधिकार बजार समाप्त भएको छ। निगमले तेस्रो मुलुकबाट तेल आयात गर्ने गृहकार्य सुरु गरिसकेको छ।

अघोषित नाकाबन्दी भएयता निगमले पेट्रोलियम पदार्थ निर्वाध आपूर्ति गरिदिन आइओसीलाई तीनपटक पत्रचार गरेको थियो। निगमको पत्रमा उसले कुनै प्रतिक्रिया जनाएको छैन। यसबाट पनि निगमलाई सम्झौता खारेज गर्ने वातावरण खुलेको हो।

'माथिको' निर्देशन भन्दै आइओसीले पेट्रोलियम पदार्थ आपूर्तिमा पूर्ण रुपमा कटौती गरेपछि सम्झौता खारेज गरेको हो।

निगमस्रोत अनुसार अबदेखि आइओसीबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यकारी अवस्था छैन। बिहीबार निगमले तेस्रो मुलुकबाट तेल आपूर्तिका लागि बहुराष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ। गोरखापत्रमा प्रकाशित उक्त सूचनाले आइओसीबाट पेट्रोलियम पदार्थ ल्याउनैपर्ने बाध्यकारी अवस्था नभएको प्रस्ट भएको छ।

उक्त सूचनामा निगमले तत्काल ग्यासबाहेक पेट्रोलियम पदार्थ ल्याउन सक्ने स्वदेशी वा विदेशी कम्पनीलाई प्रस्ताव आह्वान गरिसकेको छ। १५ दिनसम्म तेल ल्याउन तीन दिनभित्र निवेदन दिनुपर्ने सूचनामा भनिएको छ।

'निगमले आइओसीबाट प्रत्येक वर्ष १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गर्दै आएको थियो,' स्रोतले नागरिकसँग भन्यो, 'अबदेखि व्यापारीले तेल ल्याउँछन्।'

निगमस्रोतका अनुसार स्थलमार्गको प्रयोग गरेर तेस्रो मुलुकबाट तेल आउने सम्भावना छैन। भारतले नाकाबन्दी लगाएको र उसैको भूमि प्रयोग गरेर तेल ल्याउने सम्भावना नभएको स्रोतको दाबी छ। तत्काल जहाजबाट दैनिक १ सय किलोलिटर पेट्रोल, २ सय किलोलिटर डिजेल, हवाई इन्धन र मट्टीतेल २ सय केएल र १ सय टन ग्यास ल्याउने गरी बोलपत्र आह्वान गरेको हो।

तत्काल समस्या समाधान गर्न निमगले सूचना निकालेको हो। दीर्घकालीन समस्याको समाधान गर्न चीनबाट तेल ल्याउने योजना रहेको स्रोतले बतायो।

'चीनबाट ल्याउने अनौपचारिक सहमित भएको छ, भारतको विकल्पमा चीनबाट ल्याउँछौं,' स्रोतले भन्यो, 'तत्काल चीनबाट तेल तथा ग्यास आपूर्ति गर्न राम्रो पूर्वाधार छैन। बन्नेबित्तिकै तेल ल्याउन सुरु हुन्छ।'

यसअघिसम्म भारतले २१ हजार टन ग्यास, ३ सय ५० किलोलिटर पेट्रोल तथा ४ सय ५० किलोलिटर डिजेल आयात गर्दै आएको थियो। आइओसीले सम्झौताअनुसार काम नगरेपछि पाइपलाइन निर्माण गर्ने वा नगर्ने विषयमा पनि बहस सुरु भएको छ।

आइओसीले पटक–पटक धोका दिएपछि निगमले सधैंका लागि वैकल्पिक बाटो खोजेको स्रोत बताउँछ।


from SHYANE http://ift.tt/1QczVpX
via समाचार