Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आर्मी राष्ट्रिय लिगको उपविजेता

आश्विन ३०। रेडबुल राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लब उपविजेता बन्न सफल भएको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको आर्मीले सफलता हासिल गरेको हो । आर्मीलाई जिताउन टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठ र टंक बस्नेतले एक–एक गोल गरे ।

नवयुगअहिलेसम्म १४ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । यो खेलसँगै आर्मीले जारी लिग सकाएको छ ।

अन्तिम भिडन्तमा शनिबार मनाङ–मर्स्ङ्दी र थ्रीस्टार क्लब भिड्दै छन् । दुई टिमको भिडन्तसम्म आर्मी ३३ अंकका साथ शीर्ष स्थानमा छ ।

मनाङ र थ्रीस्टारबीचको खेल बराबरीमा सकिए आर्मीसँग समान अंक भए पनि ‘अवे’ गोलका आधारमा थ्रीस्टार च्याम्पियन बन्नेछ । मनाङ विजयी भए थ्रीस्टार तेस्रो स्थानमा झर्नेछ । अन्तिम भिडन्तअघि थ्रीस्टारको ३२ तथा मनाङको ३१ अंक छ ।

विजेताले एक करोड, उपविजेताले ५० लाख तथा तेस्रो स्थान हासिल गर्ने टिमले २५ लाख रुपैयाँ जित्नेछ ।


from SHYANE http://ift.tt/1Pobfxp
via समाचार

Share This:

No Comment to " आर्मी राष्ट्रिय लिगको उपविजेता "