Scroll To Top
News Trending

Popular Posts

Facebook Like

टेलिकमले ल्यायो छुटको बहार

मुलुकको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वको अवसरमा आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुटको बहार ल्याएको छ ।
टेलिकमले जीएसएम तथा सिडिएमए पोष्टमेड मोबाइलमा असोज २८ गतेदेखि कार्तिक २८ गतेसम्म एक महिना ५० एमबी डाटा निःशुल्क डाटा उपलब्ध गराउने भएको छ ।
९० रुपैयाँमा सिम/रिम कार्ड उपलब्ध
टेलिकमले ९० रुपैयाँमा ५० रुपैयाँ बराबरको टक भेलु हुने गरी सिम तथा रिम कार्ड उपलब्ध गराउने भएको छ । यो अफर कार्तिक १ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले २ सय रुपैयाँमा सय रुपैयाँ बराबरको टक भेलुसहितको सिम तथा रिम कार्ड बिक्री गर्दै आएको थियो ।
कम्पनीले हाल वितरण गर्दै आएको २ सय बराबरको टक भेलुसहितको सिम तथा रिमकार्ड असोज ३० गतेसम्म एक्टिभ नगरे स्वतः ५० रुपैयाँमा झर्नेतर्फ ग्राहकलाई सचेत गराएको छ ।
भ्वाइस कलमा छुट
जीएसएम तथा सिडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा १० प्रतिशत छुट उपलब्ध गराएको छ ।
एसएमएस अफर
कम्पनीको हाल जीएसएम तथा सिडिएमए मोबाइल सेवामा प्रति एसएमएस १ रुपैयाँ रहेकोमा असोज २६ गतेदेखि कार्तिक ९ गतेसम्म र कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म दैनिक रुपमा हुने कुल एसएमएसवापत त्यति नै संख्यामा बोनस एसएमएस कम्पनीको नेटवर्क भित्र प्रयोग हुने गरी भोलीपल्ट उपलब्ध गराउने भएको छ ।
उक्त बोनस एसएमएसको समयावधि एक दिन रहने बताइएको छ । उक्त बोनस अफर सर्ट कोड एसएमएसहरुमा भने लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।
फेष्टिवल डाटा अफर
जीएसएम तथा सिडिएमए पोष्टपेड र प्रिपेडका ग्राहकहरुलाई दशैं, तिहार र छठ पर्वमा निम्न डाटा अफर उपलब्ध गराउने भएको छ ।
फिक्स्ड लाइनमा थप सय कल निःशुल्क
टेलिकमका स्थानीय टेलिफोन सेवाहरु पिएसटिएन/सिडिएमए सी-फोन पोष्टपेडमा थप सय कल निःशुल्क उपलब्ध हुने भएको छ । अहिले मासिक २ रुपैयाँ १७५ कल निःशुल्क उपलब्ध रहेकोमा अब २७५ कल निःशुल्क प्राप्त हुने भएको छ ।
एडीएसएल र वाइम्याक्समा भेलिडिटी थप
टेलिकमले दशैं, तिहार तथा छठको समयमा भेलिडिटी सकिने भोल्युम बेस्ड तथा अनलिमिटेड एडीएसएल ग्राहकहरुलाई समयावधी थप गरेको छ । वाइम्याक्स ग्राहकको हकमा डाटा भोल्युम बाँकी भएको तर भेलिडिटी सकिएको खण्डमा पनि समयावधी सकिएको छ ।
वाइम्याक्स सेवामा प्याकेज
टेलिकमले वाइम्याक्स सेवामा विद्यमान प्याकेजको सट्टामा असोज २६ गतेदेखि विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ ।सर्टकोड १४०० निःशुल्क
जीएसएम मोबाइलमार्फत ब्यालेन्स क्वायरी, एफएनएफ आदि सुविधाहरु प्राप्त गर्नका लागि सर्टकोड १४०० मा प्रति एसएमएस १ रुपैयाँ लाग्दै आएकोमा असोज २६ गतेदेखि निःशुल्क प्रदान गर्ने टेलिकमले जनाएको छ ।
टेलिकमले मार्थि उल्लेखित सेवाहरुमा नेपाल सरकारको नियमानुसार लाग्ने कर समावेश नगरेको बताएको छ ।


from SHYANE http://ift.tt/1K3o20k
via समाचार

Share This:

No Comment to " टेलिकमले ल्यायो छुटको बहार "