Scroll To Top
News Trending

Popular Posts

Facebook Like

मछिन्द्रनाथको भोटो आज देखाइने


असोज २५।  लामो समयको प्रतीक्षापछि सर्वसाधारणले सोमबार वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो हेर्न पाउने भएका छन् । आइतबार भोटो देखाउनको लागि २२ गते रथलाई लगनखेलबाट जावलाखेल लगिएको थियो ।
गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माण गरी गत असोज ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु भएको हो ।
यसैबीच यसवर्ष १२ वर्षको विशेष मेला परेकाले रथमा फूलपाती चढाउने र दर्शन गर्ने दर्शनार्थीको हजारौँको सङ्ख्यामा बिहानैदेखि भीड लागेको रथका पुजारी विनोद बज्राचार्यले जानकारी दिए ।
रथको दर्शन गर्नाले आँटेको कुरा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।
यस वर्ष १२ वर्षको मेला परेकाले सर्वसाधारणले जावलाखेल र बुङ्मतिमा गरी दुईपटक देवताको भोटो हेर्न पाउने भएका छन् ।
जावलाखेलमा भोटो देखाएपछि रथलाई बुङ्मती लगिन्छ र रथ बुङ्मती पुर्‍याएको चौथो दिन पुनः यस वर्षका लागि दोस्रोपटक भोटो देखाएर विधिवत्रुपमा १२ वर्षे रथ जात्राको अन्य हुने गुठी संस्थानले बताएको छ ।


from SHYANE http://ift.tt/1Qkf6ZJ
via समाचार

Share This:

No Comment to " मछिन्द्रनाथको भोटो आज देखाइने "