Scroll To Top
News Trending

Popular Posts

Facebook Like

रेड्बुल राष्ट्रिय लिगको शीर्ष स्थानमा आर्मी

असोज २६।  त्रिभुवन आर्मी क्लबले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा लुम्बिनीलाई ५–० गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि होडलार्इ थप बलियो बनाएको छ ।
१५ खेल खेलेको आर्मीले ३० अंक जोडेपछि लिगको शीर्ष स्थान छ । थ्रीस्टार २९ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने २८ अङ्क जोडेको मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ । दुवै टोलीले समान १४/१४ खेल खेलेका छन् ।
खेलमा आर्मीले चौथो मिनेटमा नै भरत खवासको गोलबाट अग्रता लिएको थियो । उनले नवयुग श्रेष्ठको पासमा गोल गरेका थिए । आर्मीले खेलको दोस्रो हाफमा चार गोल थप्यो । खेलको दोस्रो हाफमा टंक बस्नेत र नवयुग श्रेष्ठले समान २/२ गोल गरे । बस्नेतले खेलको ६३ औँ मिनेटमा दीप लामाको पासलाई सदुपयोग गर्दै गोल गरे । त्यस्तै श्रेष्ठले भने खेलको ७५ र ७८ औँ मिनेटमा दुई गोल थपे ।
त्यसैगरी श्रेष्ठले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै बस्नेतले एक गोल गरे । उनले खेलको ८३ औँ मिनेटमा एक गोल थपेपछि आर्मीले लुम्बिनीमाथि ५–० को सहज जित हात पारेक छ । आर्मीका भरत म्यान अफ द म्याच बने ।


from SHYANE http://ift.tt/1k0a0aW
via समाचार

Share This:

No Comment to " रेड्बुल राष्ट्रिय लिगको शीर्ष स्थानमा आर्मी "