Scroll To Top
News Trending

Popular Posts

Facebook Like

Facebook मा आफैं भिडियो ‘प्ले’ भएर हैरान पार्यो ? यसो गर्नुस्

अचेल फेसबुकमा विभिन्न प्रकारका भिडियो बग्रेल्ती देखिन्छन् । तपाईको टाइमलाइनमा रहेका ती भिडियोहरु चाहेर वा नचाहेर हेर्नैपर्ने बाध्यता पनि हुने गरेको छ । किनकी ‘कर्सर’ पुग्नासाथ ती भिडियो आफैं प्रशारण हुन थाल्छन् ।
धेरैजसोलाई यो फिचर मन पर्न छाडेको छ । किनकी भिडियो प्रशारण हुनासाथ केहीन केही तपाईको डाटा खर्च हुन्छ नै ।
केही भिडियो त विभत्ससमेत हुने गरेका छन् । त्यस्तै केही भिडियो तपाईको स्वभाव वा मान्यताका विपरीत पनि हुन सक्छन् । त्यसैले मन नलागे पनि भिडियोको झलक हेर्नै पर्ने बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ ?
यस्तो बाध्यताबाट मुक्ति खोजिरहनु भएको छ भने आफ्नो फेसबुक लग इन गर्नुहोस् र दायाँ छेउमा ‘डाउन एरो’ देखिन्छ जहाँबाट तपाई ‘लग आउट’ को सुविधासमेत प्रयोग गर्नुहुन्छ ।
उक्त ‘डाउन एरो’ मा क्लिक गरेपछि ‘सेटिङ्ग’ को विकल्प पाउनु हुनेछ । त्यहाँ क्लिक गरेपछि एउटा नयाँ पेजमा पुगिन्छ ।
उक्त पेजको बायाँतिर सबैभन्दा तल ‘भिडियो’ को विकल्प दिइएको छ । ‘भिडियो’ मा क्लिक गरिसकेपछि दायाँतिर दुई विकल्प हुन्छन् । ‘भिडियो डिफल्ट क्वालिटी’ मा तपाईले ‘एसडी वनली’ छान्नुपर्ने छ भने ‘अटो प्ले भिडियो’ मा रहेका ट्याबमध्ये ‘अफ’ लाई छान्नुहोस् । त्यसपछि तपाई आफ्नो फेसबुकको टाइमलाइनमा आउने भिडियोहरु आफैं प्रशारण हुने समस्याबाट मुक्त हुनुहुने छ । (एजेन्सी)


from SHYANE http://ift.tt/1G3NhnY
via समाचार

Share This:

No Comment to " Facebook मा आफैं भिडियो ‘प्ले’ भएर हैरान पार्यो ? यसो गर्नुस् "