Scroll To Top
News Trending

Popular Posts

Facebook Like

Browsing "Older Posts"

Browsing Category "रोचक जानकारी"

जहाँ छोरा अभागी मानिन्छ

Tuesday, June 23, 2015 / No Comments
तपाइँले कहिलेइ यस्तो गाउँको बारेमा सुन्नुभएको छ ? जहाँ लोग्ने मानिसहरुलाई अभागी मानिन्छ ? कदापी छैन होला । महिलाहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य बनाउने परम्परागत समाजमा छोराहरुको स्थान सधै उच्च रहने गरेको देखे भोगेकाहरुका लागि यो पत्याउनै नसकिने कुरा हो । तर हाम्रै छिमेकी देश भारतको एउटा गाउँ यस्तो छ जहाँ छोराहरुलाई अभागी मानिन्छ ।
भारतको मेघालयस्थित मावलीनग गाउँ यस्तो अनौठो सभ्यतायुक्त गाउँ हो । आदिम खासी जनजातीको बसोबास रहेको यो गाउँको जनसंख्या ५ सय जति छ ।
यो गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुले राज गर्दछन् यहाँ । पुरुषहरुको प्रभुत्व नामेट छ । छोराछोरीहरुको थर बुवाको होइन आमाको राखिन्छ ।
यो गाउँ एसियाको सबैभन्दा सफा गाउँ पनि हो र यसलाई भारतको गौरव तथा इश्वरको बगैँचा पनि भनिन्छ । यहाँका बालिका, किशोरी तथा महिलाहरु तलाउ तथा झरनाहरुमा खेलिरहेका भेटिन्छन्, परी जस्तै ।
यहाँ पुरुषहरुको हैकम शुन्य छ, त्यसैले यहाँका पुरुषलाई अभागी मानिन्छ ।  महिलाहरुलाई कुनैपनि कुरामा रोकतोक छैन र परम्पराको बन्देज पनि छैन । यो गाउँका हरेक महिलाहरु कामकाजी छन् र परिवारको आयमा आफ्नो योगदान पूराइरहेका हुन्छन् ।
यो गाउँमा परिवारकी कान्छी छोरी सबैभन्दा पुज्य, महत्वपूर्ण तथा पि्रय हुन्छिन् र कान्छी छोरीलाई नै धन तथा सम्पत्तिको हकदार मानिन्छ । बाबुबाट छोरामा सम्पत्तिको हकमा सर्नुको साटो आमाबाट छोरीमा पैत्रिक सम्पत्तिको हक हस्तान्तरण हुन्छ । अधिकांस भूमिमा महिलाकै हक रहेको छ ।
यो समुदायका युवतीहरुलाई आफुलाई मन परेको केटा रोजेर बिहे गर्ने पूर्ण छुट छ । हिलाहरुलाई आफुखुसी सम्बन्ध विच्छेद गर्ने तथा एक्लै बस्न पाउने हक पनि छ ।
यो गाउँको साक्षरता दर शत प्रतिशत रहेको छ । तर यो गाउँका पुरुषहरु भने बेखुस छन् । परिवार तथा समाजमा आफ्नो भूमिकाको अवमूल्यन भएको, महिलाहरुले हेप्ने गरेको भन्दै यहाँका युवा तथा प्रौढ पुरुषहरु जाँडरक्सी खाने तथा कुलततर्फ पनि लाग्ने गरेको पाइएको छ । यो गाउँमा पुरुषहरुको मृत्युदर पनि महिलाको भन्दा उच्च छ ।
यहाँ पुरुषको अधिकार खोज्दै विभिन्न पुरुष समूहहरु पनि गठन भएका छन् । मेघालयको राजधानी सिलोंगमा मुख्यालय रहेको पुरुष अधिकारवादी संस्था सिंगखोङ रिम्पेइ थेमाइको अभियानप्रति यो गाउाका धेरै युवाहरुले एक्येबद्धता जनाउन थालेका छन् ।

प्रेम गर्ने नेपाली महिलामा धोका दिने महिला ६५ प्रतिशत

Wednesday, April 1, 2015 / No Comments
प्रेम गर्ने कति महिलाले प्रेममा धोका दिन्छन् । पुरुष साथिहरु सायद जसले प्रेममा धोका पाउनु भएको छ, उहाहरुलाई लाग्ला शत प्रतिशत । तर महिला मित्रहरु जसले साचो प्रेम गर्नू भएको छ उहाहरुलाई कोहि कसैले नारीले प्रेममा धोका नदिने विश्वास होला ।
तर अमेरीकाले विश्वभरका सय देशमा रहेका करीब ३१०० महिला तथा पुरुषमा गरेको एक सर्वेक्ष्ँण अनुसार औसत प्रेम गर्ने ५६ प्रतिसत महिला तथा ४६ प्रतिसत पुरुषले प्रेममा धोका दिने तथ्य सार्वजनिक गरेको छ । जस अनुसार सबै भन्दा बढि प्रेममा धोका दिने महिलाहरुको संख्या दक्षिण अफ्रिकामा रहेको छ । जहा प्रेम गर्ने ८६ प्रतिशत महिलाले प्रेममा धोका दिन्छन् । दोश्रोमा अमेरीका रहेको छ ज“हा ७८ प्रतिशत प्रेम गर्ने महिलाले धोका दिन्छन् । जबकि दक्ष्ँिण अफ्रिका र अमेरीकी पुरुषले प्रेममा क्रमशः ५२ र ४८ प्रतिशत रहेको छ । प्रेममा धोका दिने बढि महिला रहेको तेश्रँे देश मलेसिया हो जहा“ ७५ प्रतिशत महिला र ७२ प्रतिशत पुरुष रहेका छन् । उक्त सर्वेक्ष्ँण अनुसार सार्क राष्ट्रको नेपाल पहिलो स्थानमा परेको छ । नेपाल विश्वको प्रेममा धोका दिने महिलाको आधारमा १४औ राष्ट्रमा परेको छ ।
नेपालमा प्रेममा धोका दिने महिलाको प्रतिशत ६५ रहेको छ जबकि पुरुष महिलाको तुलनामा १५ प्रतिशत भन्दा कम रहेका छन् । नेपालि एक विश्लेषक अनुसार महिलाहरुले प्रेममा धोका दिने दुइ कारण अघि सारेका छन् । नेपाली महिलाहरु कम उमेरमा हतारले प्रेम गर्ने र पछि परीपक्क वा आर्थिक रुपबाट सबल पुरुष भेटेपछि प्रेममा धोका दिने र अर्काे कारण पारीवारीक कारणले प्रेम रहेको पुरुष छाडेर अर्काे सग“ विवाह गर्नु पर्ने मत अघि सारेका छन् ।
अमेरीकी अनलाइन श्रोतबाट

एक मिनेटमा २६ वटा चुटि्कला भनेर विश्वकिर्तिमान

Wednesday, March 11, 2015 / No Comments
धेरथोर चुटि्कला भन्न सबैलाई आउँछ । साथीभाई सँग हाँसखेल गर्दा विभिन्न खाले जोक्स भनेर हँसिमजाक गरिन्छ नै । तर दुनियामा यस्ता मान्छे पनि छन् ।
जसले चुटि्कला बाटै आफुलाई गिनिज बुकमा दर्ज गराउन सफल भएका छन् ।
बेलायतका एक मानिसले एक मिनेटमा २६ वटा चुटि्कला भनेर नयाँ विश्वकिर्तिमान कायम गरेका छन् । पूलका बासिन्दा ५७ वर्षीय क्लाइभ गि्रनवेले एक मिनेटमा २८ वटा चुटि्कला भन्ने लक्ष्यका साथ किर्तिमानी अभियान सुरु गरेपनि त्यो आँटेको भन्दा दुइवटा कम चुटि्कला मात्र सुनाउन सके ।
यद्यपि एक मिनेटको समयमा उनले सुनाएका २६ चुटि्कलाहरु उनको नाम गिनिज बुकमा लेखाउन पर्याप्त भए ।
झण्डै एक वर्षसम्मको कडा मेहेनतपछि गि्रनवेले यस्तो सफलता हात पारेका हुन् । किर्तिमान कायम गर्ने क्रममा उनले निकै कडा शर्तको समेत पालना गर्नुपर्यो । गिनिज वल्र्ड रेकर्डस्ले राखेको एउटा शर्त यस्तो थियो की उनले हरेक चोटि चुटि्कला सुनाउँदा त्यहाँ उपस्थित मानिस मध्ये कम्तिमा पनि अढाइसय जना मानिस हाँसेकै हुनुपथ्र्यो ।
मानिसलाई नहँसाउने खालका फिक्का चुटि्कला सुनाउन पाइन्नथ्यो । अर्थात् अढाइ समय मानिसलाई हँसाउन नसक्ने चुटि्कला भनेपनि गणना गरिन्नथ्यो ।
उनले गिनिज बुकमा नाम दर्ज गराउने क्रममा सुनाएका चुटि्कलाको भिडियो रेकर्डिङलाई गिनिज बुकका अधिकारीहरुले ६ महिनासम्म जाँच गरेका थिए । हरेक पटक जोक सुनाउँदा अढाइ सय मानिस हाँसे कि हाँसेनन् भन्ने कुराको यकिन गर्नका लागि भिडियो फुटेज ६ महिनासम्म जाँच गरियो । यद्यपि उनले जोक सुनाइरहेको कार्यक्रममा समेत गिनिज बुकका केही अधिकारीहरु उपस्थित भने थिए ।
अन्ततः गिनिज बुकका अधिकारीहरुले उनलाई किर्तिमानीको प्रमाणपत्र प्रदान गरे । पेशाले ड्राइभिङ प्रशिक्षक रहेका गि्रनवेले जब जर्मनीका एक मानिसले सबैभन्दा धेरै जोक भनेर रेकर्ड कायम गरेको विषयमा सुने तब उनलाई अनौठो लाग्यो ।
उनले एउटा कागजमा ३० वटा जोक लेखेर त्यसलाई एक मिनेटभित्रमा भनिसक्ने अभ्यास गरे । स्मरण रहोस् यसअघि सबैभनदा धेरै चुटि्कला भन्ने व्यक्तिको
किर्तिमान जर्मनीका एक व्यक्तिको नाममा थियो । ।

क्यान्सर रोग अब कुकुरले नै पत्ता लगाउने

/ No Comments
फागुन २६ , अमेरिकी शोधकर्ताहरुको टोलीले दिएको प्रशिक्षण्बाट दीक्षित कुकुरले सुँघेरै क्यान्सर रोग लागे÷नलागेको पत्ता लगाउन थालेको छ ।

‘प्र्रmैकी’ नामक जर्मन सेर्फर्ड सुँघेकै भरमा व्यक्तिलाई थाइराइड क्यान्सर भए’नभएको थाहा पाउन सफल भएको छ । कुकरलाई प्रशिक्षण दिनेक्रममा ३४ जना व्यक्तिमाथि परीक्षण गरिएकोमा३० जनामा थाइराइडको क्यान्सर भएको तथ्य तालिमप्राप्त कुकुरले बाहिर ल्याएको छ । कुनै पनि सामान्य व्यक्तिको पिसाव सँुघेर सो कुकुरले थाइराइड पत्ता लगाएको हो ।

थाइराइड क्यान्सरको पहिचान मनुष्यको रगतमा भएको हार्मोनबाट पत्ता लाग्ने भए पनि प्रशिक्षित कुकुरले भने पिसाव सुँघेर थाइराइड क्यान्सर पत्ता लगाउने गरेका छन् ।

अमेरिकाको एन्डोक्राइम सोसाइटीले कुकुरको सुध्ने शक्तिको क्षमतासहितको प्रतिवेदन सार्वजनिक गर्दै आगामी दिनमा अन्य क्यान्सर पत्ता लगाउन कुकुरकै प्रयोग गर्न सकिने आशा गरेको छ ।

एउटै गोलभेडाको वजन ३ देखि ४ किलो सम्म

/ No Comments
तपाइले एउटा टमाटर कति किलो सम्मको होला भनेर अनुमान गर्नु भएको छ ? सायद तपाइ यहि सोँच्नु भएको किलोको गोलभेडा नभएर एक किलोमा ठूलो ठूलो गोलभेडा ५–६ वटा हुन्छ भनेर । तर, हालै अमेरिका र ब्रिटेनका बैज्ञानिकहरुले भने एउटै गोलभेडाको वजन ३ देखि ४ किलो सम्म हुने बताएका छन । उनीहरुले झण्डै २० बर्षको अनुसन्धान पछि यस्तो गोलभेडाको बीउ तयार पारेका हुन । अचम्मको कुरा त के छ भने यो गोलभेडा फर्सीलाई थोरै थोरै काटेर तरकारी खाएझै यसलाई पनि थोरै थोरै काटेर प्रयोग गर्न सकिने बैज्ञानिकहरुले बताएका छन् । हालै कम्पनीले तयार पारेको जीगनमोटो नामक बीउबाट संसारकै सबैभन्दा ठूलो गोलभेडा फलाएको दावि गरेका छन । जसको तौल साढे तीन किलो रहेको छ भने १० इन्च लम्बाइरहेको छ । कम्पनीले यो बीउबाट जुन किसानले ठूलो गोलभेडा फलाउँछ उसलाई ५ हजार पाउन्ड पुरस्कार दिन घोषणा समेत गरेको छ ।

अब श्रीमतीलाई ‘माया गर्दिन’ भन्न पनि नपाइने

Monday, March 2, 2015 / No Comments
के तपाईंले कहिलेकाहीँ घरझगडामा श्रीमतीलाई माया गर्दिन भनेर बचन लगाउनुभएको छ ? त्यसो भए होसियार हुनुहोस् किनकी तपाईंलाई अदालतले सजायँ दिन सक्छ ।
हालै टर्कीमा एक पुरुषलाई यस्तै अभियोगमा सजायँ सुनाइएको छ । श्रीमान-श्रीमतीवीच भएको झगडामा श्रीमान्ले आफुलाई मायाँ गर्दिन भन्दै बचन लगाएको भनी श्रीमतीले अदालतमा उजुरी दिएपछि त्यहाँको सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।
डेलि सबाह दैनिकका अनुसार श्रीमतीलाई मायाँ गर्दिन भनेर श्रीमानले ‘भावनात्मक हिंसा’ गरेको न्यायाधीशले ठहर गरेका छन् ।
तल्लो अदालतले उनीहरु दुवै जना खराव रहेको भन्दै फैसला गरेको भएपनि सर्वोच्च अदालतले पुरुषले महिलामाथि हिंसा गरेको ठहर गरेको छ ।
अदालतको आदेशअनुसार अब श्रीमानले म तिमिलाई माया गर्दिन भनेबापत क्षतिपूर्ति तिर्नुपर्ने छ ।
श्रीमान्ले भने श्रीमतीले पनि आफुलाई भावनात्मक रुपमा चोट पुर्‍याएको दावी गरेका छन् ।
उनीहरु दुवै जना सँगै बस्न नसक्ने भन्दै डिभोर्सका लागि प्रकृया अगाडी बढाएका छन् । डिभोर्स भए पनि श्रीमानले श्रीमतीलाई म तिमीलाई माया गर्दिन भने बापत क्षतिपूर्ति तिर्नुपर्नेछ ।

श्रीमतीलाई निर्वस्त्र गाउँ परिक्रमा

Thursday, February 19, 2015 / No Comments


कोही कोही मान्छे कतिसम्म पाशविक तथा निर्दयी हुन्छन् भन्ने कुरा एकजना भारतीय पुरुषले उदाहरण पेश गरेका छन् ।
भारतको छत्तिसगढस्थित जशपुर गाउँका एक जना पुरुषले आफ्नी श्रीमतीलाई नांगै पारेर गाउँ घुमाएका छन् ।
पुरपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै ती सनकी लोग्नेले आफ्नी श्रीमतीलाई नांगेझार पारी गाउँभरि घुमाए ।
गएको आइबार यो घटना भएको हो । नाम नखुलाइएका ती पुरुषले आफ्नी श्रीमतीलाई निर्वस्त्र गाउँ घुमाएपछि घरमा ल्याई मारपिट समेत गरेका थिए ।
श्रीमतीलाई निर्वस्त्र पारेर गाउँ घुमाउने तथा मारपिट गर्ने ती पुरुषलाई पक्राउ गरी हिरासतमा राखिएको नवभारत टाइम्सले जनाएको छ ।

सुँगुरको आन्द्रा गुप्तांगमा प्रत्यारोपण

/ No Comments

निकै साँघुरो गुप्तांगका कारण सम्भोग कार्यमा असमर्थ हुँदै आएकी एक महिलाले नयाँ जिवन पाएकी छिन् । सुँगुरको आन्द्राबाट बनाइएको कृत्रिम मानव योनी ती महिलाको गुप्तांग क्षेत्रमा प्रत्यारोपण गर्न डाक्टरहरु सफल भएका छन् ।
चेक गणतन्त्रको लजेनस्थित युनिभर्सिटी हस्पिटलका डाक्टरहरुले ती महिलामा सुँगरको आन्द्राबाट तयार गरिएको योनी प्रत्यारोपण गरेका हुन् ।
साँघुरो मुत्रथैली भएका मानिसहरुको उपचारमा सुँगुरको आन्द्राको प्रयोग गरिँदै आएको दृष्टान्तलाई पक्रिँदै डाक्टरहरुले गुप्तांगमा समेत सुँगुरको आन्द्रा प्रयोग गरे ।
नाम नखुलाइएकी ती महिलामा स्क्लेरोडर्मा नामक रोगका कारण योनीको बाहिरी पत्रको छाला तथा मासु निकै कडा भएर योनीको प्वाल नै लगभग थुनिएजस्तै भएको थियो ।
त्यसपछि डाक्टरहरुले सुँगुरको आन्द्राबाट झिकिएका तन्तुहरुलाई ती महिलाको गुप्तांग क्षेत्रमा प्रत्यारोपण गरे र त्यस क्रममा गुप्तांगका कडा तन्तुहरुलाई हटाए । सुँगुरको आन्द्रँबाट लिइएको तन्तुको जालोले गुप्तांगको आकारलाई चौडा बनाएको छ । सुँगुरको आन्द्रा प्रत्यारोपित योनीक्षेत्रमा विस्तारै ती महिलाकै मानव तन्तुको विकाश हुने र सुँगुरको सरीरबाट ल्याइएका तन्तुहरु नष्ट हुने बताइएको छ । तत् पश्चात उनको योनी सामान्य अवस्थामा फर्किनेछ ।
यो विधिलाई मेस अग्मेन्टेड भ्याजिनल रिकन्स्ट्रक्सन भनिन्छ ।