Scroll To Top
News Trending

Popular Posts

Facebook Like

अब श्रीमतीलाई ‘माया गर्दिन’ भन्न पनि नपाइने

के तपाईंले कहिलेकाहीँ घरझगडामा श्रीमतीलाई माया गर्दिन भनेर बचन लगाउनुभएको छ ? त्यसो भए होसियार हुनुहोस् किनकी तपाईंलाई अदालतले सजायँ दिन सक्छ ।
हालै टर्कीमा एक पुरुषलाई यस्तै अभियोगमा सजायँ सुनाइएको छ । श्रीमान-श्रीमतीवीच भएको झगडामा श्रीमान्ले आफुलाई मायाँ गर्दिन भन्दै बचन लगाएको भनी श्रीमतीले अदालतमा उजुरी दिएपछि त्यहाँको सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।
डेलि सबाह दैनिकका अनुसार श्रीमतीलाई मायाँ गर्दिन भनेर श्रीमानले ‘भावनात्मक हिंसा’ गरेको न्यायाधीशले ठहर गरेका छन् ।
तल्लो अदालतले उनीहरु दुवै जना खराव रहेको भन्दै फैसला गरेको भएपनि सर्वोच्च अदालतले पुरुषले महिलामाथि हिंसा गरेको ठहर गरेको छ ।
अदालतको आदेशअनुसार अब श्रीमानले म तिमिलाई माया गर्दिन भनेबापत क्षतिपूर्ति तिर्नुपर्ने छ ।
श्रीमान्ले भने श्रीमतीले पनि आफुलाई भावनात्मक रुपमा चोट पुर्‍याएको दावी गरेका छन् ।
उनीहरु दुवै जना सँगै बस्न नसक्ने भन्दै डिभोर्सका लागि प्रकृया अगाडी बढाएका छन् । डिभोर्स भए पनि श्रीमानले श्रीमतीलाई म तिमीलाई माया गर्दिन भने बापत क्षतिपूर्ति तिर्नुपर्नेछ ।

Share This:

No Comment to " अब श्रीमतीलाई ‘माया गर्दिन’ भन्न पनि नपाइने "