Scroll To Top
News Trending

Popular Posts

Facebook Like

एक मिनेटमा २६ वटा चुटि्कला भनेर विश्वकिर्तिमान

धेरथोर चुटि्कला भन्न सबैलाई आउँछ । साथीभाई सँग हाँसखेल गर्दा विभिन्न खाले जोक्स भनेर हँसिमजाक गरिन्छ नै । तर दुनियामा यस्ता मान्छे पनि छन् ।
जसले चुटि्कला बाटै आफुलाई गिनिज बुकमा दर्ज गराउन सफल भएका छन् ।
बेलायतका एक मानिसले एक मिनेटमा २६ वटा चुटि्कला भनेर नयाँ विश्वकिर्तिमान कायम गरेका छन् । पूलका बासिन्दा ५७ वर्षीय क्लाइभ गि्रनवेले एक मिनेटमा २८ वटा चुटि्कला भन्ने लक्ष्यका साथ किर्तिमानी अभियान सुरु गरेपनि त्यो आँटेको भन्दा दुइवटा कम चुटि्कला मात्र सुनाउन सके ।
यद्यपि एक मिनेटको समयमा उनले सुनाएका २६ चुटि्कलाहरु उनको नाम गिनिज बुकमा लेखाउन पर्याप्त भए ।
झण्डै एक वर्षसम्मको कडा मेहेनतपछि गि्रनवेले यस्तो सफलता हात पारेका हुन् । किर्तिमान कायम गर्ने क्रममा उनले निकै कडा शर्तको समेत पालना गर्नुपर्यो । गिनिज वल्र्ड रेकर्डस्ले राखेको एउटा शर्त यस्तो थियो की उनले हरेक चोटि चुटि्कला सुनाउँदा त्यहाँ उपस्थित मानिस मध्ये कम्तिमा पनि अढाइसय जना मानिस हाँसेकै हुनुपथ्र्यो ।
मानिसलाई नहँसाउने खालका फिक्का चुटि्कला सुनाउन पाइन्नथ्यो । अर्थात् अढाइ समय मानिसलाई हँसाउन नसक्ने चुटि्कला भनेपनि गणना गरिन्नथ्यो ।
उनले गिनिज बुकमा नाम दर्ज गराउने क्रममा सुनाएका चुटि्कलाको भिडियो रेकर्डिङलाई गिनिज बुकका अधिकारीहरुले ६ महिनासम्म जाँच गरेका थिए । हरेक पटक जोक सुनाउँदा अढाइ सय मानिस हाँसे कि हाँसेनन् भन्ने कुराको यकिन गर्नका लागि भिडियो फुटेज ६ महिनासम्म जाँच गरियो । यद्यपि उनले जोक सुनाइरहेको कार्यक्रममा समेत गिनिज बुकका केही अधिकारीहरु उपस्थित भने थिए ।
अन्ततः गिनिज बुकका अधिकारीहरुले उनलाई किर्तिमानीको प्रमाणपत्र प्रदान गरे । पेशाले ड्राइभिङ प्रशिक्षक रहेका गि्रनवेले जब जर्मनीका एक मानिसले सबैभन्दा धेरै जोक भनेर रेकर्ड कायम गरेको विषयमा सुने तब उनलाई अनौठो लाग्यो ।
उनले एउटा कागजमा ३० वटा जोक लेखेर त्यसलाई एक मिनेटभित्रमा भनिसक्ने अभ्यास गरे । स्मरण रहोस् यसअघि सबैभनदा धेरै चुटि्कला भन्ने व्यक्तिको
किर्तिमान जर्मनीका एक व्यक्तिको नाममा थियो । ।

Share This:

No Comment to " एक मिनेटमा २६ वटा चुटि्कला भनेर विश्वकिर्तिमान "