Scroll To Top
News Trending

Popular Posts

Facebook Like

श्रीमतीलाई निर्वस्त्र गाउँ परिक्रमा


कोही कोही मान्छे कतिसम्म पाशविक तथा निर्दयी हुन्छन् भन्ने कुरा एकजना भारतीय पुरुषले उदाहरण पेश गरेका छन् ।
भारतको छत्तिसगढस्थित जशपुर गाउँका एक जना पुरुषले आफ्नी श्रीमतीलाई नांगै पारेर गाउँ घुमाएका छन् ।
पुरपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै ती सनकी लोग्नेले आफ्नी श्रीमतीलाई नांगेझार पारी गाउँभरि घुमाए ।
गएको आइबार यो घटना भएको हो । नाम नखुलाइएका ती पुरुषले आफ्नी श्रीमतीलाई निर्वस्त्र गाउँ घुमाएपछि घरमा ल्याई मारपिट समेत गरेका थिए ।
श्रीमतीलाई निर्वस्त्र पारेर गाउँ घुमाउने तथा मारपिट गर्ने ती पुरुषलाई पक्राउ गरी हिरासतमा राखिएको नवभारत टाइम्सले जनाएको छ ।

Share This:

No Comment to " श्रीमतीलाई निर्वस्त्र गाउँ परिक्रमा "