Scroll To Top
News Trending

Popular Posts

Facebook Like

ग्याँसको सिलिण्डरमा कम ग्याँस


रिजालको ग्याँसको सिलिण्डरमा मापदण्ड भन्दा कम ग्याँस भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य कार्यालय र आयल निगमको संयुक्त अनुगमन टोलीले हिजो रिजालको ग्याँस उद्योगको अनुगमन गर्ने क्रममा रिजालको ग्याँस सिलिण्डरमा कम ग्याँस रहेको पाइएको हो । 

अनुगमनका क्रममा तीन सय ६६ वटा सिलिण्डरहरुमा एक सय ५० देखि ३ सय ग्रामसम्म कम ग्याँस रहेको पाइएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख नयराज नेपालले बताउनुभयो । रिजालको ग्याँस उद्योगका संचालक नवीन रिजालले भने आफुहरुले नियतबस यस्तो नगरेको बताउँदै मानवीय त्रुटि भएको बताउनु भएको छ ।

अनुगमन टोलीले रिजालको १० वटा ग्याँस सिलिण्डर परिक्षणका लागि लिनुका साथै रिजालको ग्याँस विक्रि वितरणमा समेत रोक लगाएको छ ।

Share This:

No Comment to " ग्याँसको सिलिण्डरमा कम ग्याँस "