Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आजका पत्र पत्रिकाहरु बाट

आज पृथ्वी जयन्ती , नेपाल एकीकरणको नेतृत्व गर्ने पराक्रमी राजा पृथ्बी नारायण शाहको स्मरणमा विभिन्न कार्यक्रम गरि देशै भर पृथ्वी जयन्ती दिवश मनाइदै ।
नयाँ संविधानमा पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउन माग गर्दै संघीय लिम्बुवान राज्य परिषदद्वारा आज  पूर्व बन्दको आह्वान, सवारी साधन नचल्दा सञ्चालन जनजीवन प्रभावित ।
संविधानका अन्तर्वस्तुमा तीन दिनभित्र सहमति नभए बहुमतीय पव्रिmया सुरु गर्नुपर्ने नेकपा एमालेको निष्कर्ष ।
देशका सवै भुभाग र सबै वर्ग समाजका समग्र समून्नतिका निम्ति स्वच्छ र सही राष्ट्रिय प्रयास जरुरी भएको पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइ ।

अर्थमन्त्री रामशरण महतले विश्वबैंकको केन्द्रीय कार्यालय जाँदा अचानक बिरामी परेको भन्दै मन्त्रिपरिषद्बाट करिब दुई लाख ८४ हजार रुपैयाँ लिएको खुलासा ।
राष्ट्रपति रामवरण यादवले परराष्ट्रलाई छुट्टै सेवाका रूपमा सञ्चालन गर्नेसम्बन्धी व्यवस्थापिका संसदबाट पारित विधेयक अस्वीकृत गरेको पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको आरोप ।
नेपाली उर्जा ब्यापार क्षेत्रमा लगानी गरी नेपालको आर्थिक समृद्धीमा सहयोग गर्न भारतका उद्योगीहरुलाई उपराष्ट्रपति परमानन्द झाको आग्रह ।
मदरसामा अध्ययन गरेका विद्यार्थीले शिक्षा मन्त्रालयबाट ’नो अब्जेक्सन लेटर’ पाउने गरेका छैनन् ।
विदेशमा उच्च शिक्षाका लागि ’नो अब्जेक्सन लेटर’ अनिवार्य मानिए पनि  शिक्षा मन्त्रालयले मदरसा शिक्षालाई मान्यता नदिएकाले अध्ययनका लागि विदेश जान चाहने मदरसाका विद्यार्थीहरु ’नो अब्जेक्सन लेटर पाउनबाट बञ्चित ।
क्यासिनो सञ्चालकलाई आर्थिक दायित्व १० करोड घट्यो, क्यासिनो नियमावली ०७० संशोधन गरी चुक्तापुँजी २५ करोडबाट घटाएर १५ करोड रुपैयाँ कायम गर्न सरकार सहमत ।
गएको १० वर्षमा क्यान्सरकोे बिरामीको संख्या १० गुणा बढी, क्यान्सरका रागीको संख्या तीब्र रुपमा बढ्दै गएपनि रोगको उपचारमा आवश्यक उपकरण र जनशक्तिको अभावमा उपचारमा समस्या बढ्दो ।

आतङककारी आक्रमणका कारण तनाव बढेसंगै फ्रान्समा उच्च सुरक्षा सतर्कता अपनाइयो , हजारौ सुरक्षाकर्मी परिचालित ।

Share This:

No Comment to " आजका पत्र पत्रिकाहरु बाट "