गोधुली कपको उपाधि नजिक धरान १७

एन्फा ऐकेडेमीको खेल मैदानमा जारी खेलमा धरान ११ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै धरान १७ फाइलनमा पुगेको हो। धरान ११ तीनपटकको विजेता हो। तर, आजको खेलमा प्रतिद्वन्दी धरान १७ लाई जित्न नसक्दा सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो।
जितका लागि धरान १७का प्रशान्त राई, चार्ल्स राई र दिवस राईले गोल गरे। प्रशान्तले पहिलो हाफको १७ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए। उनको अग्रतालाई चार्ल्सले पहिलो हाफको इन्जुरी समयमा दोब्बर पारेका थिए। त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा दिवसले गोल गरेर जित निश्चित बनाए। खेलको 'म्यान अफ दी म्याच' मनोज राई भए।
No Comment to " गोधुली कपको उपाधि नजिक धरान १७ "