Scroll To Top
News Trending

Popular Posts

Facebook Like

‘मेड इन चाइना’ चीनले हटायो

‘मेड इन चाइना, आज छ भोलि छैन’ भन्ने उखानै छ । चिनिया सामानहरु सस्तो भएपनि कम गुणस्तरका हुन्छन् र खप्दैनन् भन्ने आमाधारणा हामीमा मात्र होइन विश्वबजारमै छ । सायद यहीँ धारणाका कारण चिनिया उत्पादक कम्पनीहरुको विश्वसनीयतामा ठेस पुगिरहेकेा छ, र जतिसुकै टिकाउ र भरपर्दो सामान उत्पादन गरेपछि त्यसलाई उपभोक्ताले विश्वास नगर्ने स्थितिको सिर्जना भएको छ ।
यहीँ पिरलोबाट गुजि्रएकैले होला चिनिया कम्पनीहरुले आफ्ना उत्पादनमा ‘मेड इन चाइना’ लेख्न छाडेका छन् । बिक्रिदर बढाउन भन्दै चिनिया उत्पादकहरुले जापानमा निर्यात हुने कपडाहरुमा ‘मेड इन चाइना’ भन्ने लेबल राख्न छाडेको बताइएको छ ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार अब मेड इन चाइना भन्ने ट्याग हटाएर मेड इन पिआरसी अर्थात् पिपुल रिपब्लिक अफ चाइना भन्ने राखिनेछ । धेरै जापानी उपभोक्ताहरु हुस्सु हुने भएकाले पिआरसीको अर्थ नबुझ्ने ठम्याइ चिनिया कम्पनीहरुको छ ।
जापानी उपभोक्ता मामिला एजेन्सीले चिनिया कम्पनीहरुको उत्पादनमा लेवल परिवर्तन गर्ने योजनामा रोक नलगाइने स्पष्ट पारेको छ । चिनिया कपडाहरुमा मेड इन पिआरसी लेखिने भएपनि जापानी पोषाक उद्योगले समेत आफ्नो नयाँ पहिचान स्थापित गर्ने योजना बनाएको छ । जापानमा बुनिएका, रंगाइएका तथा सिलाइएका कपडामा ‘जे क्वालिटी’ भन्ने ट्याग राखिने क्योदो न्यूज एजेन्सीले जनाएको छ ।

Share This:

No Comment to " ‘मेड इन चाइना’ चीनले हटायो "