Scroll To Top
News Trending

Popular Posts

Facebook Like

लाइसेन्स दिने छुट्टै कार्यालय सुरु

कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीले लाइसेन्स वितरण र नविकरणका लागि छसट्टै कार्यालय सञ्चालनमा ल्याएको छ । एउटै कार्यालयमा सेवाग्राहीको भिड थामीनसक्नु भएपछि लाइसेन्स सम्बन्धी काम मात्र हेर्ने गरी इटहरी उपमहानगरपालिका २, आँपगाछीमा छुट्टै कार्यालय सँञ्चालनमा ल्याएको हो ।

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बुधबार कार्यालय उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन कार्यक्रममा उहाँले सेवाग्राहीका कामलाई छिटो छरितो र पारदर्शी रुपमा सम्पादन गर्नुपर्ने कुरामा जोड दिदै कर्मचारीलाई उक्साउने घुस दिने काम नगर्न पनि सेवाग्राहीहरुलाई आग्रह गर्नुभयो ।
सवारी चालक अनुमतिपत्र कार्यालयका निमित्त प्रमुख रघुबर शाहको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा सुनसरीका स्थानीय विकास अधिकारी युवराज अधिकारी, कोशी अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विष्णु पौडेल, ड्राईभिङ सङ्घका अध्यक्ष यादव पौडेल र कार्यालयका अधिकृत भूपाल पाण्डे लगायतले बोल्नुभएको थियो । कोठा भाडामा लिएर सञ्चालनमा ल्याएको सो कार्यालयमा दुई तलामा १४ कोठा सहित चालक अनुमतिपत्रको लिखित परीक्षाका लागि आवश्यक पर्ने हल समेत रहेको छ 

Share This:

Labels:

No Comment to " लाइसेन्स दिने छुट्टै कार्यालय सुरु "