Scroll To Top
News Trending

Popular Posts

Facebook Like

पत्र पत्रिका बाट माघ ४

दलीय प्रतिबद्धताअनुसार सहमतिमा तत्काल नयाँ संविधान निर्माण गर्न प्रमुख दलका शीर्ष नेताहरूलाई राष्ट्रपति रामवरण यादवको आग्रह ।
माघ ८ गतेको समयसीमाभित्र जनतालाई आश्वस्त पार्ने किसिमको सहमतिको साझा दस्तावेज ल्याउने विपक्षी नेताहरुको विश्वास , सहमति अनुसार नै प्रक्रियामा जाने सत्तारुढ दलको  विश्वास ।
संविधानका विवादित विषयमा प्रश्नावली निर्माण गर्न छुट्टै समिति बनाउने अन्तिम तयारीमा संविधानसभा सचिवालय जुट्यो ।
माघ ८ मा संविधान ल्याउने नाममा अर्को दिन नै च्यातिने संविधान नल्याउन संविधानसभामा रहेका दलहरुलाई नागरिक समाजका अगुवाहरुको आग्रह ।
नियतबस डिआइजी बढुवामा आफूलाई छुटाएको भन्दै नेपाल प्रहरीका एसएसपी घनानन्द भट्टले दिएको राजीनामा गृहमन्त्री वामदेव गौतमद्वारा स्वीकृत ।
अब ४ दिनमा संविधान बन्न नसक्ने एमाओवादी नेता कृष्णबहादुर महराको दाबी , अझै सहमतिको प्रयास जारी राख्नुापर्ने महराको भनाइ  ।
सरकारले रेडक्रसद्वारा सञ्चालित  केन्द्रीय रक्तसञ्चार केन्द्रलाई निःशुल्क दिएको ८० हजार थान ब्लडब्यांग प्रयोग नगरेर खेर जादै ।
चार्ली हेब्डो पत्रिकाले पैगम्बर मुहम्मदको कार्टुन प्रकाशन गरेको विरोधमा फ्रान्सको निजरमा भएको दोस्रो दिनको प्रदर्शनका क्रममा पाँच जनाको मृत्यु, ७ वटा चर्चहरुमा आगजनी ।
विभिन्न देशमा आक्रमण तयारीका सूचना पाएपछि युरोपभर सुरक्षा सतर्कता उच्च, बेल्जियम, फ्रान्स र जर्मनीमा २० जनाभन्दा बढी शंकास्पद व्यक्ति पक्राउ  ।
नेपाललाई विश्व व्रिmकेट लिग डिभिजन­२ को पहिलो खेलमा असफलता, अन्तिम बलमा ३ रनको चुनौति पूरा गर्न नसक्दा प्रतिद्वन्द्वी  युगान्डासँग २ रनले पराजित ।

Share This:

No Comment to " पत्र पत्रिका बाट माघ ४ "