Scroll To Top
News Trending

Popular Posts

Facebook Like

श्रीमतीले छिनालिन् लोग्नेको लिंग

आफ्नै लोग्नेको लिंग दुइपटक काटिदिएको आरोपमा एकजना महिला पक्राउ परेकी छिन् । आफुलाई धोका दिएर अर्कै युवतीसँग लोग्ने सल्किएको पत्तो पाएपछि ती महिलाले लोग्नेको लिंग छिनालिदिएको मिरर अनलाइनमा उल्लेख छ ।
घटना चीनको हो । पाँचवटा छोराछोरीका बाउ बनिसकेका फान लंग नामका ३२ वर्षका पुरुषलाई उनकी श्रीमती ३० वर्षकी फेंगले लिंग छिनालिदिइन्, त्यो पनि दुइदुइ पटक ।
समाचार अनुसार ससुराली गएको बेला फानले श्रीमती फेंगको मोबाइलबाट २१ वर्षकी झांग हंगलाई सेक्सी इमेल पठाएका रहेछन् । श्रीमतीको मोबाइलमा आफ्नो इमेल अकाउण्ट खोलेर गर्लफ्रेण्डलाई छिल्लिएकेा भाषामा म्यासेज पठाएपछि उनले इमेल अकाउण्ट लगआउट गर्न बिर्सिए । श्रीमती माइतीमा भएको मौका छोपेर उनले गर्लफ्रेण्डलाई आफ्नो घरमा बोलाए । गर्लफ्रेण्ड घरमा आउन सहमत भएपछि उनी श्रीमतीसँग निहुँ पारेर उनलाई माइतीमै छाडेर ससुरालीबाट घर फर्के ।
पछि उक्त मोबाइल श्रीमती फेंगले खोलेर हेर्दा छाँगाबाट खसेझैँ भइन् । उनी तत्काल माइतबाट फाल हाल्दै आफ्नो घर आइन् । घरको सुत्ने कोठामा छिर्दा आफ्नो लोग्ने अर्कै युवतीसँग रतिक्रिडामा व्यस्त रहेको देखेपछि उनको रिसको पारो निकै चढ्यो । त्यसपछि उनले तत्कालै एउटा कैँची लिएर लोग्नेको लिंग च्वाट्टै काटिदिइन् ।
श्रीमतीले लिंग छिनालिदिएपछि छिमेकीले उद्धार गरेर फानलाई तत्कालै अस्पताल पूराउ । अस्तापलमा डाक्टरहरुले उनको छिनेको लिंग जोडिदिए ।
घटना यत्तिमा मात्र सिमित रहेन । लोग्नेको लिंग एकपटक काटेपछि समेत फेंगको रिस थामिएन । उनी आफ्नो लोग्ने उपचार गराइरहेको अस्पतालको कोठामा लुसुक्क छिरिन् अनि लोग्नेको भर्खरै गाँसिएको लिंग फेरि काटेर झ्यालबाट बाहिर फ्याँकिदिइन् ।
त्यति गर्दासम्म पनि अस्पतालका कर्मचारीले थाहा पाएनन् । तर जब श्रीमतीले दोश्रोपटक लिंग छिनालेर फ्याँकिदिइन् तब फान पनि रिस थाम्न नसकेर उनलाई लखेट्दै बाहिर लगे । अस्पतालको बाहिर लगेर उनले श्रीमतीलाई कुट्न र लछारपछार गर्न थाले । काटिएको लिंगबाट चुहेको रगतले उनको जिउको तल्लो भाग पूरै राताम्मे भएको थियो । त्यहाँ भएका मानिसहरुले अस्पतालको रिसेप्सनमा खबर गरेपछि बल्ल अस्पताल प्रशासनलाई श्रीमती कुटिरहेका ती पुरुष भर्खरै लिंग जडान गरिएका बिरामी भएको पत्तो भयो ।
अस्पतालका कर्मचारी र प्रहरीले ती दुइजनालाई तत्काल छुट्टाए र अस्पतालमा उपचारका लागि ल्याए । तबमात्र अस्पताललाई थाहा भयो की ती पुरुषको लिंग श्रीमतीले फेरि छिनालिदिएछिन् ।
झ्यालबाट बाहिर फ्याँकिदिएको उनको लिंग खोज्नका लागि प्रहरी र अस्पतालका कर्मचारी खटिए । तर लिंग फेला परेन । फानको लिंग कुकुर वा बिरालोले मासुको टुक्रो मानेर खाएको अनुमान गरिएको छ ।
फानको लिंगबाट निकै धेरै रगत बगेको हुँदा उनलाई तत्कालै आकस्मिक सर्जरी गरेर बँचाइयो । हाल ती पुरुषको अवस्था स्थिर तर गम्भीर छ, र उनी मानसिक रुपमा निकै विक्षिप्त बनेको बताइएको छ ।
श्रीमतीले लिंग काटेर फ्याँकिदिएपनि फानका लागि गर्लफ्रेण्ड झांगले भने ढाढस दिएकी छिन् । उनी तत्कालै अस्पताल आएर फानको स्याहार गरिरहेकी छिन् । फानको लिंग नभएपनि आफुले छिटै उनीसँग विवाह गर्ने योजना बनाएको झांगले बताएकी छिन् ।
उसले आफ्नो पुरुषत्व गुमाएपनि फरक नपर्ने भन्दै उनले आफ्नो लोग्नेका पहिले नै पाँचजना छोराछोरी रहेको बताइन् ।  लोग्नेको लिंग काट्ने फेंगलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाउने तयारी गरेको छ ।

Share This:

No Comment to " श्रीमतीले छिनालिन् लोग्नेको लिंग "