Scroll To Top
News Trending

Popular Posts

Facebook Like

जिवनसाथी भन्दा कम्प्युटरले मनको कुरा बुझ्ने तथ्य


कुनैपनि मानिसको व्यक्तित्व उसका आफन्त वा साथीभाई वा नजिकको मानिसको बढि बुझ्नुपर्ने हो । आखिर कम्प्युटर त केवल मेसिन न हो । उसले कसैको व्यक्तिको वा अन्तरमन बुझ्नसक्ने कुरा भएन । तर, एक अनुसन्धानले भने उल्टो परिणाम दिएको छ । अनुसन्धान अनुसार मान्छेको व्यक्तित्व मान्छेले भन्दा कम्प्युटरले बढि बुझ्छ ।
हजारौँ मानिसमा गरिएको अनुसन्धानपछि शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
फेसबुकमा गरिएका ‘लाइक’ को आधारमा तयार गरिएको कम्प्युटर मोडेलले मानिसको व्यक्तित्वको बारेमा जुन पाँच प्रकारका विशेषताहरुको अनुमान लगाएको छ ती अनुमान दाजुभाई, आमा तथा जिवनसाथीको अनुमान भन्दा पनि धेरै मेल खाएको पाइयो ।
बेलायतको क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मानिसको व्यक्तित्व निकै जटिल विषय भए पनि यो अनुसन्धानले कम्प्युटर मानिसभन्दा अघि बढ्न सक्ने देखिएको छ ।
क्याम्बि्रज र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले फेसबुकको लाइकका माध्यमबाट कुनैपनि मानिसको यौन झुकाव तथा राजनीतिक रुचीका विषयमा अनुमान लगाउन सकिने तथ्य यसअघि नै पत्ता लगाइसकेका थिए ।
यसरी गरियो अध्ययन
शोधकर्ता डाक्टर युयु वु सहितको टोलीले ७० हजार ५२० जना फेसबुक प्रयोगकर्ताहरुको तथ्यांकलाई आफ्नो कम्प्युटर प्रणालीमा हाले । जसमा फेसबुक लाइकलाई विभिन्न पाँच चारित्रिक विशेषताहरु, सहमतता, कर्तव्यनिष्ठा, बहिर्मुखता, भावनात्मक स्थिरता र खुलापनसँग आबद्ध गर्यो ।
फेसबुक प्रयोगकर्तालाई एक व्यक्तित्व प्रश्नावली भर्न लगाइयो र सर्भेका क्रममा उनीहरुका सहकर्मी, साथी तथा परिवारसँगबाट उनीहरुको चरित्रको बारेमा प्रश्न सोधेर टिपोट गरियो ।

तत्पश्चात शोधकर्ताहरुले त्यसरी प्रश्नावलीमार्फत प्राप्त व्यक्तिका आचरणका विषयमा प्राप्त परिणामलाई कम्प्युटर मोडेलबाट प्राप्त परिणामसँग तुलना गरे । ‘लाइक’ को आधारमा कम्प्युटर मोडेलले व्यक्तिको आचरणका विषयमा गर्ने अनुमान साथीसँगी र परिवारले भनेको कुराभन्दा बढि नजिक पाइयो ।
केवल दशवटा फेसबुक लाइकको विश्लेषण गरेर कम्प्युटरले कुनैपनि व्यक्तिको व्यक्तित्वको विषयमा बढि सहि आँकलन गरिदिन सक्छ, उसको सहकर्मीले गर्ने आँकलन भन्दा ।
त्यस्तै ७० वटा लाइकको विश्लेषणबाटै कम्प्युटरले कुनै पनि व्यक्तिको व्यक्तित्व वा आचरणका विषयमा नजिकको साथी वा सँगै बस्ने मानिसले गर्ने आँकलन जत्तिकै सहि आँकलन गरिदिन सक्छ ।
अझ रोचक कुरा त के भने मात्र डेढ सय लाइकको विश्लेषण गरेर कम्प्युटरले कुनैपनि व्यक्तिको व्यक्तित्व वा आचरणका विषयमा गर्ने अनुमान उसका परिवारजनले गर्ने अनुमान भन्दा पनि बढि यथार्थ सावित हुन्छ ।
त्यस्तै ३ सय वटा लाइकको विश्लेषण गर्यो भने त कम्प्युटरले कुनैपनि व्यक्तिको आचरणको विषयमा यति धेरै यथार्थ आँकलन गर्छ की उक्त व्यक्तिको जिवनसाथीले समेत त्यतिधेरै यथार्थ आँकलन गर्न सकेको हुँदैन ।
फेसबुकका भिटिजिङ इन्टर्न समेत रहेका डाक्टर वु का अनुसार फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइलका सामाग्रीहरुमा औषतमा २ सय २७ वटा लाइक गर्ने गरेका छन् जुन कम्प्युटर आँकलनका लागि पर्याप्त हुन्छ ।
पछिल्लो समयमा मानिसहरुले अनलाइनमा बिताउने समय बढ्दै गएकाले उनीहरुको व्यक्तित्व र आचरणका विषयमा अनुमान गर्ने मामिलामा कम्प्युटरलाई फाइदा पुगेको छ । -बीबीसी

Share This:

No Comment to " जिवनसाथी भन्दा कम्प्युटरले मनको कुरा बुझ्ने तथ्य "