Scroll To Top
News Trending

Popular Posts

Facebook Like

पत्र पत्रिका बाट माघ ५

सरकारको स्वीकृतिपछि मात्रै बायोमेट्रिक प्रणाली लागू गर्ने बताउने मलेसियाले नेपाल सरकारकोे स्वीकृतिबिनै बायोमेट्रिक विवरण अनिवार्य भएको जवाफ पठायो । 
संविधानको अन्तर्वस्तुबारे जानकारी गराउन नेकपा एमालेले आज साढे १२ बजे राजधानीको प्रज्ञा प्रतिष्ठानमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै ।
दुईपक्षीय सम्वन्धका गम्भीर र अत्यावश्यक विषयबाहेक कुनै पनि कूटनीतिक समुदायसँग भेट नमिलाउन निकट सहयोगी तथा परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री सुशील कोइरालाद्वारा सूचित ।
दलहरु सहमतिको नजिक पुगेपछि  नेकपा एमालेका अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डवीच नयाँ बानेश्वरमा एकाबिहानै दुईपक्षीय वार्ता सुरू ।
संविधानका विवादित विषयमा सहमति नजिक पुगेको प्रमुख दलका शीर्ष नेताहरूको दाबी , आइतबार भएका छलफलले सोमबारसम्म सहमति हुने आधार तयार पारेको भनाइ । 
प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले न्यायालयको नेतृत्व सम्हालेको सय दिन पूरा , आफ्नो कार्यकालमा मुख्य १६ उपलब्धि हासिल गरेको प्रधानन्यायाधीश साहको दाबी ।
नयाँ बन्ने संविधानमा आफ्नो समुदायको हक अधिकार सुनिश्चित गर्न दलितसम्वद्ध संघ संस्थाहरुको माग , जातीय छुवाछुतलाई सामाजिक अपराध मानिनुपर्नेलगायतका माग गर्दै राजधानीमा भेला । 
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलद्वारा अमेरिकासहित आठ देशको आग्रहमा २००९ देखि २०१५ सम्म चोरी र हत्या लगायतका विभिन्न अपराध अभियोग लागी मा फरार ८८ नेपालीको खोजी । 
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको  आइतबार भएकोे खेलमा प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि नेपाल २ विकेटले विजयी , नेदरल्याण्डको १५९ रनको लक्ष्य नेपालद्वारा अन्तिम ३ बल बाँकी हुदै पुरा ।
बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीद्वारा एक्लैले तीन गोल गरी ३० औं ह्याट्रिक , स्पेनिस ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा डिपोर्टिभो संग बार्सिलोनाको ४–० को जित  ।


Share This:

No Comment to " पत्र पत्रिका बाट माघ ५ "