Scroll To Top
News Trending

Popular Posts

Facebook Like

पत्र पत्रिका बाट माघ १०

संविधान निर्माणका क्रममा देखापरेका विवादित विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको  माग , राजधानीको बिजुली बजार क्षेत्रमा शुक्रबार धर्ना ।निर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी नेपाली जनतालाई गठी गरेको भन्दै ६ सय १ सभासद विरुद्ध दाङका डिल्लीराज खनालद्वारा जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी जाहेर ।गत वर्ष मेघा बैंकको नयाँ सडक शाखा र राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट ठगी भएको २ करोड ९ लाख रकम  धादिङमा जमिनमा गाडेर राखेको अवस्थामा फेला ,१ करोड ४० लाख कुहिएको ।आन्दोलन सफलता उन्मुख रहेको भन्दै आन्दोलनकारी मोर्चा फुटाउन षड्यन्त्र सुरु भएको एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको भनाइ । कानुनमा व्यवस्था भएअनुसार पुल दरबन्दी सिर्जना गरेर १५ दिनभित्र पदस्थापन प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालय तयार भएपछि शुक्रबार १३ दिन देखी आन्दोलनरत स्वास्थ्यकर्र्मीद्वारा रिले अनसन तोडीयो । 

Share This:

No Comment to " पत्र पत्रिका बाट माघ १० "