Scroll To Top
News Trending

Popular Posts

Facebook Like

पानीबाटै गुड्ने भयो मोटरसाइकल

काठमाडाै‌ : पेट्रोलको बढ्दो अभावका कारण मोटरसाइकल कुदाउन पाउनु भएको छैन ? तपार्इँको समस्यालार्इ समाधान गर्न भारतका एक विद्यार्थीले तपार्इँलार्इ आश्चर्यमा पार्ने प्रविधिको विकास गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार त्यहाँको चन्डीगढको सेक्टर-२२ मा रहेको सरकारी मोडल स्कुलका १० कक्षाका एक विद्यार्थीले पानीबाट मोटरसाइकल चल्ने प्रविधिको विकास गरेका हुन् ।

१० कक्षामा अध्यननरत छात्र नित्याशिष भण्डारीले भौतिक विज्ञानका शिक्षक अजय गुप्ताको निगरानीमा पानीबाट मोटरसाइकल गुड्ने प्रविधिको विकास गरेका हुन् ।  

उनले निर्माण गरेको प्रविधिको भारतीय सरकारले गरेको एक प्रदर्शनीमा समेत उनले राखिसकेका छन् । नित्यले बनाएको यो सानो भाँडोलार्इ आफ्नो मोटरसाइकलमा पनि जोडेका छन् । यो भाँडोमा दुर्इ लिटर भन्दा बढी पानी अट्दैन ।

उनले मोटरसाइकल पानीबाट कुदाउन लिए अक्सी हाइड्रोजन सेलको तीनवटा इन्जिनमा फिट गरेका छन् । जसले पानीलार्इ अक्सी हाइड्रोजन ग्यासमा बदलिदिन्छ । पानीबाट चल्ने मोटरसाइकल स्टार्ट गर्न भने पेट्रोलकै आवश्यकता पर्छ । मोटरसाइकल स्टार्ट भएपछि तुरुन्तै ग्यासले काम गर्न थाल्छ । त्यपछि इन्जिनमा जति ग्यास उत्पन्न हुन्छ, त्यति नै खर्च भइरहन्छ ।

नित्याशिषले यो भाँडोलार्इ कारमा समेत लगाउन सकिने बताएका छन् । जसले साना कार सजिलै चल्न सक्छन् । यो भाँडको अर्को खास कुरा भनेको पिउने पानीकै जरुरी पर्दैन । यसलार्इ चलाउन समुद्री पानी या डिस्टिल वाटर पनि प्रयोग गर्न सकिन्छ । यो मोटरसाइकल समुद्री पानीबाट २ सय ५० किलोमिटर सम्म गुड्न सक्छ । 

पेट्रोलले चल्ने मोटरसाइकलको इन्जिन चल्दा धुवाँ निक्लन्छ भने यो भाँडा हालिएको बाइकको साइलेन्सरबाट पानी निस्कन्छ । यो प्रविधि सफल भएमा वातावरण प्रदुषित हुनबाट समेत जोगिने बताइन्छ ।

नित्यले यो भाँडो तयार पार्न एक हजार ९ सय भारतीय रुपैयाँ खर्च गरेका थिए । यो प्रविधि जडान गरेको मोटरसाइकलको गति ५० किलोमिटरसम्म हुने बताइएको छ । भाँडोमा हालिएको पानी सकिएमा पानीमात्रै बदल्नुपर्छ । पेट्रोलको आवश्यकता पर्ने छैन । तर यो भाँडोमा दुर्इ लिटर भन्दा बढी पानी अट्न सक्दैन ।

यो भाँडोमा २ लिटर खाने पानी हाल्दा मोटर साइकल ५ सय किलोमिटरस्म गुडाउन सकिन्छ। २ लिटर समुद्री पानी हाल्दा मोटरसाइकल दुर्इ सय किलोमिटर सम्म गुडाउन सकिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नित्यले यसअघि सोलार एयर कन्डिसन समेत बनाइसकेका छन् । 

Share This:

No Comment to " पानीबाटै गुड्ने भयो मोटरसाइकल "