Scroll To Top
News Trending

Popular Posts

Facebook Like

गुड्दागुड्दै सडकले चार्ज गर्नेछ गाडी

बेलायतको सरकारले यस्तो सडकको परिकल्पना गरेको छ, जसले गुडीरहेका विद्युतीय गाडीहरुलाई आफै चार्ज गरिदिन्छ । विद्युतीय गाडीहरुलाई रिचार्ज गर्न पटकपटक रोकिरहनु पर्ने झन्झटबाट मुक्ति दिन यस्तो योजना बनाइएको हो ।
धेरै विद्युतीय चार्जहरु घरमा वा सडकमा पार्क गरिराखेका बखत प्लग इन चार्जरबाट चार्ज गर्नुपर्ने हुन्छ । तारविहिन पोडहरु पनि उपलब्ध छन्, तर त्यसका लागि पनि कार रोक्नुको विकल्प हुँदैन ।
सरकारको नयाँ प्रविधिले चुम्बकीय प्रविधि प्रयोग गरेर तारविहीन फोन चार्जरको जस्तै काम गर्ने छ । नयाँ योजनालाई यसै वर्षको अन्त्यतिर परिक्षणमा ल्याउने योजना छ । इन्जिनियरहरुले नमुना कारहरुमा तारविहीन प्रविधि जडान गर्ने छन् र सडकमुनी विशेष उपकरण हाल्नेछन् ।
राजमार्गलाई खोतलेर मुन्तिर गाडीएका तारहरुले विद्युतीय चुम्बकत्व सिर्जना गर्नेछन् जसलाई माथी गुडिरहेका कारभित्र रहेका रिसिभरले ग्रहण गरेर विद्युतीय शक्तिमा परिणत गर्ने छ । यसमा एउटा सञ्चार प्रणाली पनि समावेश हुनेछ ताकि कुनै कार आएर चार्ज ग्रहण गरिरहेको सूचना मिलोस ।
अहिलेका लागि यो परिक्षण ती क्षेत्रहरुमा गरिने छ जहाँ नियमित ड्राइभरहरुलाई गाडी लैजान अनुमति छैन् । परियोजनाका लागि आउँदो पाँच वर्षमा सरकारले ७७ करोड ९० लाख डलर छुट्याउने प्रतिवद्धता जनाएको छ ।
‘सवारी प्रविधिहरु तीव्र रुपमा विकास भइरहेका छन् र यस्ता प्रविधिमा खर्च गर्न हामीलाई कुनै हिच्किचाहट छैन्,’सरकारका प्रमुख हाइवे इन्जिनियर माइक विल्सन भन्छन् ।
सरकारले देशभर चार्जिङ स्टेसनहरुको संख्या पनि थप गर्ने भएको छ । प्रत्येक २० माइल दुरीमा एउटा प्लग राखिने बताइएको छ । -सीएनएन


from SHYANE http://ift.tt/1JTXlyv
via समाचार

Share This:

No Comment to " गुड्दागुड्दै सडकले चार्ज गर्नेछ गाडी "