Scroll To Top
News Trending

Popular Posts

Facebook Like

दौडमा अजित र भूमि पहिलो

 भदौ २२ । उपत्यकाव्यापी विद्यालयस्तरीय सडक दौड प्रतियोगिताको छात्रमा अजितकुमार यादव र छात्रामा भूमि बुढा मगर पहिलो भएका छन् ।
शिक्षा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप­)द्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत निर्धारित ५ किलोमिटर दूरी अजितले १७ मिनेट ४२.१ सेकेन्डमा पूरा गरे । अनुप खनाल (१७ मिनेट ४६.९) दोश्रो तथा खडक बुढा मगर (१७ मिनेट ५२.८ सेकेन्ड) तेश्रो भए ।
छात्राको ३ किलोमिटर दूरी भूमिले १४ मिनेट १४ सेकेन्डमा तय गरिन् । सर्मिला क्षेत्री (१४.३० सेकेन्ड) दोश्रो र सुनीता श्रेष्ठ (१४ मिनेट ५२ सेकेन्ड) तेश्रो बने ।
शिक्षा दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले नगद पुरस्कार हात पारे । चौथोदेखि दसौं स्थानमा रहनेले पनि नगद पुरस्कार पाए ।
दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो ।


from SHYANE http://ift.tt/1O0mdZo
via समाचार

Share This:

No Comment to " दौडमा अजित र भूमि पहिलो "