Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आज ऋषिपञ्चमी, आजै बाट तिज समाप्त

असोज १। नेपाली महिलाहरूको महान चाड हरितालिका तीज भोलि ऋषिपञ्चमीको पूजा गरी सकिदै छ ।
हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन टिस्टुङ, टेकु, कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने जानकारी दिए ।
ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याहृनमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राहृमणलाई दानदक्षिणा दिने प्रचलन छ ।
ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ ।
ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ । 


from SHYANE http://ift.tt/1FQWhHU
via समाचार

Share This:

No Comment to " आज ऋषिपञ्चमी, आजै बाट तिज समाप्त "