Scroll To Top
News Trending

Popular Posts

Facebook Like

युवतीका जिउमा पाहुनालाई भोजन

अट्रेलियाका सिड्नीस्थित एक रेष्टुरेन्ट बारको उद्घाटनको शैलीले ठूलै हंगामा मच्चाएको छ । सिड्नीको ओभरसिज प्यासेन्जर टर्मिनलस्थित क्रुज बारले आफ्नोे उद्घाटनका बेला आयोजना गरेको पार्टी निकै फरक तथा अनौठो पाराको भयो ।
उक्त पार्टीमा निर्वस्त्र युवतीहरुलाई टेबुलमा सुताइएको थियो । ती युवतीका जिउमा फलफूल तथा अन्य खानेकुरा राखिएको थियो र ती खानेकुराले उनीहरुका गोप्य अंग ढाकिएका थिए ।
पाहुनाहरुले निर्वस्त्र मोडलका नांगा जिउमा पस्किएका खानेकुराहरु झिक्दै खाँदै गर्नुपर्ने । यतिमात्र कहाँ हो र ती निर्वस्त्र मोडेलहरुले आफ्नै हातले आफ्नो जिउबाट खानेकुरा टिपेर पाहुनालाई ज्यूनार समेत गराउनुपर्ने ।
बुधबार राति भएको यो लज्जाजनक पार्टीका कारण उक्त बारको तिव्र आलोचना भएको छ । धेरैले उक्त बार बहिस्कार गर्ने धम्की दिएका छन् । महिलालाई त्यसरी बेइज्जतीपूर्ण ढंगले प्रस्तुत गरेको भन्दै महिला अधिकारवादी सबैभन्दा बढि रुष्ट छन् ।
तर यस विषयमा क्रुज बारका अधिकारीले प्रतिक्रिया दिन नमानेको डेली मेलले लेखेको छ ।


from SHYANE http://ift.tt/1fT72Cl
via समाचार

Share This:

No Comment to " युवतीका जिउमा पाहुनालाई भोजन "