Scroll To Top
News Trending

Popular Posts

Facebook Like

केशब बिस्ट द्वारा नेपाली आईटिएफ टोलीको बिदाई

भदौ ४– मित्र राष्ट्र बुल्गेरियामा अगष्ट २४ देखि ३० तारिख सम्म संचालन हुने विश्व च्याम्पियनशिपमा भाग लिन जाने नेपाली आईटिएफ टोलीको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले बिदाई गरेका छन् । शनिवार त्यसतर्फ प्रस्थान गर्ने ५ सदस्य टोलीको कोचमा अन्जन धमला रहेका छन् । त्यस्तै खेलाडीतर्फ ५० केजी तौलसमूहमा रुपसिंह मुुुक्तान,६० केजीमा घमवहादुर थापा र ७० केजीमा थमवहादुर दहिक रहेका छन् । प्रतियोगितामा रेफ्रिको भूमिका निर्वाह गर्न नेपाल इन्टर नेश्नल तेक्वान्दो (आईटिएफ)का अध्यक्ष अन्जुनाथ श्रेष्ठ पनि टोली सगै त्यसतर्फ लाग्नेछन् । प्रतियोगिताका दौरान नेपालका प्रशिक्षक अन्जन धमला सम्मनित हुनेछन् । उनलाई आईटिएफको केन्द्रिय कार्यलयले आईटिएफ अडर मेडलले सम्मान गर्ने संघले जनाएको छ । उत्त मेडल प्रत्येक २ बर्षमा बिभिन्न राष्ट्रका आईटिएफ तेक्वान्दोमा महत्वपूर्ण भुमिका निभाएकोमा केन्द्रिय कार्यलयले दिने गर्दछ ।  


from SHYANE http://ift.tt/1TZb8vt
via समाचार

Share This:

No Comment to " केशब बिस्ट द्वारा नेपाली आईटिएफ टोलीको बिदाई "