Scroll To Top
News Trending

Popular Posts

Facebook Like

‘अफिस २०१६’ सेक्टेम्बरको अन्त्यमा आउने

नयाँ अपरेटिंग सिस्टम विन्डोज १० उपभोक्तासामु ल्याएसँगै माइक्रोसफ्टले यो अपरेटिंग सिस्टमका लागि नयाँ नयाँ अपडेट्स सार्वजनिक गर्दैछ । यहीँ मेसोमा माइक्रोसफ्टले अबको एक महिनामा अफिस २०१६ को फाइनल भर्सन पेश गर्दैछ ।
विनफ्युचर नामक जर्मन वेबसाइटले माइक्रोसफ्ट निकट सुत्रलार्य उधृत गर्दै समाचार दिए अनुसार आगामी सेप्टेम्बर २२ मा माइक्रोसफ्टले अफिस २०१६ लन्च गर्ने तयारी गरिरहेको छ ।
उक्त रिपोर्टमा एउटा तस्वीर पनि दिइएको छ जुन कम्पनीको इन्ट्रानेट साइटको एक गोप्य स्त्रिmनशट रहेको दाबी गरिएको छ ।
तस्वीरमा देखाइएको अफिस २०१६ लन्च हब नामको पेजमा लेखिएको छ- हामी वर्ड, एक्सेल, पावरप्वाइन्ट, वननोट, आउटलुक, स्काइप फर बिजनेस, प्रोजेक्ट, भिडियो, एक्सेस तथा पब्लिसरका अपडेट्सको साथमा अफिस २०१६ सार्वजनिक गर्नेछौँ ।
अफिस २०१६ लाई सेप्टेम्बरको अन्तिम सम्ममा सार्वजनिक गरिने भन्ने सूचना माइक्रोसफ्टले केही अघि मात्र आफ्ना कर्मचारीलाई प्रवाह गरेको बताइएको छ ।
माइक्रोसफ्टले गएको जुनमा म्याक कम्प्युटरका लागि अफिस २०१६ रिलिज गरेको थियो । त्यस सँगै एन्ड्रोइड फोनका लागि समेत नयाँ एप ल्याइएको थियो े। एउटा म्याक तथा विन्डोज पिसीका लागि अफिस ३६५ लाई ७० डलरमा तथा पाँचवटा पिसीका लागि १ सय डलरमा खरीद गर्न सकिन्छ । जबकी यसको मोबाइल एप भने निशुल्क छ ।


from SHYANE http://ift.tt/1KBmQGS
via समाचार

Share This:

No Comment to " ‘अफिस २०१६’ सेक्टेम्बरको अन्त्यमा आउने "