Scroll To Top
News Trending

Popular Posts

Facebook Like

नेपाल द्वारा अमेरिकालाई ६ विकेटले पराजित

 असार २६ । गए राती सम्पन्न आईसीसी टी-२० विश्वकप छनोट क्रिकेट खेलमा  नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार साझ भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।
अमेरिकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले अन्तिम २ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर सागर पुन व्यक्तिगत चार रनमा आउट भए, जतिबेला नेपालको स्कोर ६ रन थियो ।
तर, सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । अनिल २९ रनमा आउट भए ।
उपकप्तान ज्ञानेन्द्रले अर्धशतक पुरा गरे । ४३ बलको सामना गरेका उनले ६ चौका र एक छक्काको मदतमा ५२ रन बनाए ।
पारस खड्का २१ र शरद भेसवाकर २ रनमा अविजित रहे । विनोद भण्डारीले ७ रन बनाए ।
अमेरिकाका जसदिप सिंहले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
अमेरिकाले पावर प्लेमा राम्रै रन जोडेको थियो । ६ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाएको अमेरिकाले ६८ रन जोड्दा ३ विकेट गुमाएको थियो ।  तर, अकिम डोट्सन र फहद बाबर बाहेक उसका अन्य ब्याट्सम्यान चल्न सकेनन् । डोट्सन ३९ र बाबर २३ रनमा आउट भए ।
अमेरिकालाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचन र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । सोमपाल कामीले २ तथा सागर पुनले एक विकेट लिए ।
२ ओभरमा २७ रन दिएका करन केसी महंगो सावित भए । कप्तान पारस खड्काले विकेट नलिएपछि ३ ओभरमा मात्र १० रन दिएका थिए ।
खेलमा शक्ति गौचन म्यान अफ दि म्याच घोषित भए । 


from SHYANE http://ift.tt/1LX3NGQ
via समाचार

Share This:

No Comment to " नेपाल द्वारा अमेरिकालाई ६ विकेटले पराजित "