Scroll To Top
News Trending

Popular Posts

Facebook Like

नेपालले आज आयरल्यान्डको सामना गर्ने

असार २८। विश्वकप ट्वेन्टी–२० छनोट प्रतियोगिताको आप्mनो तेस्रो खेलमा नेपालले आयोजक आयरल्यान्डको समाना गर्दै मैदानमा उत्रने भएको छ । आयरल्यान्डको बेलफास्टमा हुने सो प्रतियोगितामा नेपालले निकै बलियो मानिएको टोली आयरल्यान्डसँग नेपाली समयअनुसार आज  सोमबार बेलुका सात बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतियोगिताको छनोट चरण खेलिरहेको नेपालले आयरल्यान्डसँग भने पहिलोपटक औपचारिक खेल खेल्न लागेको हो । आधिकारिकरुपमा अहिलेसम्म नेपाल र आयरल्यान्ड आमनेसामने भएका छैनन् । तर गतवर्ष बङ्गलादेशमा भएको विश्वकप टि–ट्वेन्टीको अभ्यास खेलमा भने दुबैको भेट भएको थियो । त्यतिबेला नेपाल आयरल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले जारी प्रतियोगितामा एक खेलमा जित तथा एक खेल बराबरी खेलको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई छ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल नामिबियासँग बराबरी खेलेको थियो । वर्षाका कारण खेल रद्ध भएपछि नेपाल र नामिबियाले अङ्क बाडेका थिए । नेपालले जारी प्रतियोगितामा तीन अङ्क जोडेको छ । आज पाँच टोली एक आपसमा भिड्दै छन् । क्यानडा र ओमन आमनेसामने हुदँैछन् भने आयरल्यान्डले अमेरिकाको समाना गर्दैछ । त्यसैगरी पपुवा न्यूगिनी र जर्सी तथा नेदरल्यान्डस र संयुक्त अरब इमिरेट्स (युएइ) आमने सामने हुदैछन् । समूह ए मा रहेको नेपालले समूह चरणका खेलमा अब आयरल्यान्डसँगै हङकङ, पपुवान्युगिनी र जर्सीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा शीर्ष छ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।


from SHYANE http://ift.tt/1eUT42P
via समाचार

Share This:

No Comment to " नेपालले आज आयरल्यान्डको सामना गर्ने "