Scroll To Top
News Trending

Popular Posts

Facebook Like

साहरुख खान फागुन २४ मा नेपाल आउने


नेपालमा रहेका साहरुख खानका फ्यानका लागि खुशीको खबर । लामो समयदेखि उनी नेपाल आउने चर्चा अब यथार्थतामा बदलिनेछ ।
उनी ब्रान्ड एम्ब्यासडर रहेको ‘कान्साई न्यारोल्याक पेन्ट्स’ले उनलाई नेपाल ल्याउन लागेको हो । मार्च ८ मा काठमाण्डौका एक पाँचतारे होटलमा साहरुख खानको विशेष कार्यक्रम हुनेछ ।
विश्वमै अत्याधिक फ्यान भएका साहरुखलाई रुचाउँने दर्शकको संख्या नेपालमा पनि कम छैन । यसैले पनि साहरुखलाई नेपाल ल्याउनु आयोजकका लागि चुनौतीपूर्ण बिषय बनेको छ । साहरुख खानको सुरक्षा व्यवस्था भारतीय राजदुतावासले गर्न लागेको हो । साहरुखलाई नेपाल ल्याउने भनेर तयारी गरिएको बर्ष दिन भैसकेको छ । तर, उनी आउने विभिन्न मिति सार्वजनिक भएपनि कुनै मितिमा उनी नेपाल आउन सकेका छैनन् । साहरुख खानको कार्यक्रम होटल हायात वा याक एन्ड यती मध्ये एक कार्यक्रममा हुनेछ ।
उनको साथमा नेपालबाट नायिका प्रियंका कार्की, मोडल अकेषा बिष्ट र हाँस्य कलाकार विल्सन विक्रम राइले स्टेज साट्ने तयारी गरेका छन् । साहरुख नेपाल मात्र २४ घन्टा बस्ने वुझिएको छ । साहरुखको कार्यक्रममा उनका फ्यान पुग्न असम्भव जस्तै देखिएको छ । विशिष्ट व्यक्ति, पत्रकार र व्यवसायीले मात्र साहरुखको कार्यक्रम हेर्न पाउँनेछन् । साहरुख खान चार्टड गरिएको विमानबाट फागुन २४ गते बिहान ११ बजे नेपाल आउनेछन् र बेलुकी कार्यक्रममा सहभागी भएर भोलीपल्ट मुम्बई र्फकनेछन् ।

Share This:

No Comment to " साहरुख खान फागुन २४ मा नेपाल आउने "