Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आजका प्रमुख समाचार हरु पौष २०

आफूविरुद्ध फैसला भएपछि लामो तयारीपछि न्यायाधीश रणबहादुर बमको हत्या गरेको हत्या अभियोगमा पक्राउ परेका चुरेभावर राष्ट्रिय एकता पार्टीका नेता बाबु थापाको स्वीकार । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको कार्यदलको शनिबार बसेको बैठकले पहिचानमा आधारित १० प्रदेशसहितको साझा धारणा बनायो  । दुई घण्टाभित्र सहमति गर्ने बताएका दलहरुले जतिसक्यो छिटो सहमति गर्नु सबैका लागि हितकर भएकोे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको भनाई । संविधानका विवादित विषयमा सहमति जुटाउन सनिबार बसेको प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाको संयुक्त बैठक पनि निष्कर्ष विहिन । स्वतन्त्र मधेस गठवन्धनको कार्यव्रmममा सहभागी हुन आउने व्रmममा पक्राउ परेका सीके राउत शनिबार राती नै रिहा । दुर्घटनाग्रस्त एयर एसियाको भग्नावशेष खोजिरहेका टोलीहरुले जाभा समुद्रको भित्री भागमा चारवटा ठूला वस्तु फेला इण्डोनेसियाको जानकारी । संयुक्त राज्य अमेरिकाले सोनी पीक्चर्स इन्टरटेनमेन्ट विरुद्ध गरिएको साइबर आक्रमण जवाफमा उत्तर कोरिया विरुद्ध नया“ नाकाबन्दी लगायो, ३ उत्तर कोरियाली संस्था र १० जना विरुद्ध कारवाही गर्ने । 

Share This:

Labels:

No Comment to " आजका प्रमुख समाचार हरु पौष २० "