Scroll To Top
News Trending

Popular Posts

Facebook Like

ससस्त्र प्रहरीका हवलदार मृत अवस्थामा भेटिए

 संघिय लिम्बुवान पार्टी नेपाल सहितको ३० दलीय मोर्चाले आइतवार देखी आहवान गरेको पूर्वाञ्च बन्दका कारणससस्त्र प्रहरीका हवलदार मोरङ्गको वेलवारी स्थित बेतनी सिमसारको दाया भागमा सोमवार बिहान मृत अवस्थामा फेला परेका छन । आइतवार साझ लिम्बुवान सहितको ३० दलीय मोर्चाले आयोजना गरेको राके जुलुसमा सहभागी भएका मोरङ्ग को सलकपुर स्थित शसस्त्र प्रहरी बेस्क्याम्पमा कार्यरत सर्लाही घर भएका हवलदार सुनिल श्रेष्ठ सोम्वार बिहान ८ बजे मृत अवस्थामा फेला परेका हुन ।
स्थानीय घासमा गएका बटुवाहरुले साइकल सहित मान्छे बेतना सिमसारको दाया भागको खाल्डोमा छिरेर मृत अवस्थामा देखेपछि तत्काल इलाका प्रहरी कार्यालय बेलवारी र सशस्त्र प्रहरी सलकपुर लाई घटना बारे जानकारी गराइएको थियो । खाल्डोमा मृत भेटिएका सशस्त्र प्रहरीका हवलदार श्रेष्ठको ठाउको लगायत पछाडीको भागमा गहिरो चोट देखिएको छ ।
घटना स्थल पूगेको प्रहरीले उन्को शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल बिराटनगरमा लगिएको जनाएको छ । मोरङ्ग सलकपुर शशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरिक्षक दिल कुमार पन्तका अनुसार साझको मसाल जुलुसको बेला सादा पोसाकमा साइकलमा रहेका उनि जुलुस छिचोल्न खोज्दा साइकल सहित खाल्डोमा खसेको हुन सक्ने बताएका छन । यता घटना बारे अनसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Share This:

No Comment to " ससस्त्र प्रहरीका हवलदार मृत अवस्थामा भेटिए "