Scroll To Top
News Trending

Popular Posts

Facebook Like

कक्फेक्वा तङनाम तथा लिम्बूहरुको नयाँ वर्ष याक्थुङ सुरु

 


किरात समुदायको कक्फेक्वा तङनाम तथा माघे सङ्क्रन्ति पर्व आज धूमधामका साथ लिम्बूहरुले मनाइरहेका छन् ।
किराती राई, याक्खा, लिम्बू सुनवारलगायतका जातजातिले विशेष धूमधामका साथ मनाउने कक्फेक्वा तङनाममा वन तरुल, घर तरुल, सखरखण्ड, फूलतरुल खाने गरिन्छ ।
अन्य तरुलको तुलनामा वन तरुल भने किरातीहरुको मन्धुमसँग जोडिएको पाइन्छ । आदिम कालमा मनुष्यले अन्नवाली नहुँदा यही वन तरुल सेवन गरी प्राण रक्षा गरेको भन्ने किवंदन्ती रहेको पाइन्छ ।
बिहीबार बिहान चाँडै उठेर नुहाइधुवाई गरेर आफूले नुहाएको धारा र आफूले पनि निधारमा वन तरुलको टीका लगाउने गरिन्छ । यसैबीच पाँचथर र तेह्रथुमको सङ्गमस्थल तमोर नदीमा अहिले कक्फेक्वा तङनाम अर्थात माघ सङ्क्रान्ति पर्व धूमधामका साथ मनाउन सुरु गरिएको छ ।
यस्तै आज बिहान १ बजेबाट लिम्बूको नयाँ वर्ष अर्थात याक्थुङ येले सम्वत ५०७५ समेत सुरु भएको छ ।
यस वर्षबाट भने उनीहरुको चारवटा रितु रहने तथा पहिलो महिना माघलाई मान्ने गरी नयाँ वर्षसमेत सुरु भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

Share This:

No Comment to " कक्फेक्वा तङनाम तथा लिम्बूहरुको नयाँ वर्ष याक्थुङ सुरु "