चिन्ता नलिनुस् गलत म्यासेज अब फिर्ता लिन सकिन्छ
कहिलेकाहीँ आवेशमा पठाइएका वा गलत ब्यक्तिलाई पठाइएका म्यासेजका कारण तपाईं पछुताउनु त परेको छैन ? अक्सर धेरैको जीवनमा यस्ता घटना हुन्छन जसले त्यही म्यासेज ठूलो पश्चताप वा बर्बादीको बिषय बनिदिन सक्छ ।किनकी तपाईले एकपटक म्यासेज पठाएपछि त्यसलाई फिर्ता लिन वा म्यासेज पाउनेको फोनबाट डिलिट गराउन सक्नुहुन्न ।
तर, अब चिन्ता मान्नु पर्दैन । किनकी प्रबिधि दुनियाँ यस्तो पनि बिकाश भइसक्यो-अब तपाईले पठाएको एसएमएस गलत पर्यो भने तुरुन्तै फिर्ता लिन सक्नुहुन्छ, पठाइएको ब्यक्तिको मोबाइलबाट त्यो म्यासेज गायब हुनेछ ।
अमेरिकाको सियाटलमा रहेको एक प्रबिधि कम्पनीले ‘स्ट्रीङ‘ नामक मोबाइल म्यासेजिङ एप्सको बिकाश गरेको छ जसले प्रयोगकर्तालाई आफ्नो म्यासेज वा सम्बादमाथि पूर्ण नियन्त्रण प्रदान गर्छ ।
‘स्ट्रीङमार्फत् गरिएका सम्बाद प्रयोगकर्ताले डिलिट गरेपछि सवै मोबाइलबाट मात्र हैन, सर्भरबाटै सदाका लागि मेटिने छ’ एप्स बिकाशकर्ता बी ल्याबले भनेको छ ।
कुनै प्रयोगकर्ताले एप्समार्फत् सेयर गरिएका टेक्स्ट, फोटो वा भिडियो डाउनलोड गरेको भए पनि त्यस्ता कन्टेन्टमाथि सेन्डरको नियन्त्रण हुने बताइएको छ ।
अर्थात् तपाईको अनुमति बिना रिसिभरले तपाईले पठाएका म्यासेज डाउनलोड गर्न सक्नेछैन् । त्यस्ता म्यासेज स्त्रिmनसट गरि सेभ गर्न कोसिस गरेमा अकाउन्ट नै डिलिट हुने छ ।
यदि तपाईले आफुले पठाएको कुनै म्यासेज डिलिट गर्नुभयो भने पुरै कन्भरसेसन डिलिट हुने छ ।
यदि एकाउन्ट नै डिलिट गर्नुभयो भने तपाईले सेयर गरेका सारा म्यासेज, फोटो भिडियो लगायतका कन्टेन्ट रिसिभरको मोबाइल तथा स्ट्रीङ सर्भरबाट समेत सधैका लागि डिलिट हुने छ ।
तत्कालका लागि एप्पल स्टोरमा मात्र एपलब्ध यो एप निःशुल्क डाउनलोड गर्न सकिन्छ र एपमा कुनै पनि बिज्ञापन राखिएको छैन् ।
No Comment to " चिन्ता नलिनुस् गलत म्यासेज अब फिर्ता लिन सकिन्छ "