Scroll To Top
News Trending

Popular Posts

Facebook Like

विराटनगरमा हिसान खेल सप्ताह सुरु

 उच्च माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनामा मंगलबारदेखि विराटनगरमा हिसान स्र्पोट सप्ताह सुरु भएको छ ।
स्र्पोट सप्ताहमा जिल्लाका २७ उच्च माविका १२ सय खेलाडीको सहभागिता हुनेछ ।
हिसान मोरङले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार स्र्पोट सप्ताह अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, टेबल टेनिस र दौड प्रतियोगिता हुनेछ । हिसानको यो सप्ताह छटौ संस्करण हो । हिसान मोरङ अध्यक्ष वलराम पन्तका अनुसार प्रतियोगिता भर ८ लाख रुपैया खर्च हुने वताए ।
विभिन्न विधाका खेलका विजेतालाई ट्रफि प्रदान गरिने वताइएको छ । सप्ताहा अन्तर्गत उच्चमावि स्तरीय क्रिकेट प्रतियोगिता ६ माघ वाट सुरु भएको  छ ।

Share This:

Labels:

No Comment to " विराटनगरमा हिसान खेल सप्ताह सुरु "