Scroll To Top
News Trending

Popular Posts

Facebook Like

५ फिट इन्च अग्ली एक महिलाको ३ फिटे श्रीमान

 प्रायः महिलाहरु आफुभन्दा होँचो पुरुषलाई जिवनसाथी रोज्न चाहँदैनन् । तर ४ फिट ११ इन्च अग्ली एक महिलाको लोग्ने भने केवल २ फिट ८ इन्च मात्र अग्ला छन् ।
यति होँचा र शारीरिक अपांगता भएका श्रीमानसँग जिवन बिताइरहेकी ती महिलाका बारेमा इन्टरनेटमा अनेकथरि गाइँगुइँ चले ।
उनले लोग्नेबाट यौनसन्तुष्टि पाउन नसकेको र त्यो दम्पत्तिको यौन जिवन निकै दयनिय रहेको भन्ने खालका टिप्पणी भएपछि महिलालाई सहि नसक्नु भयो । अन्ततः उनले आफ्नो कुरा काट्नेलाई हपार्दै आफुभन्दा आधा होँचो लोग्नेसँग आफ्नो यौन जिवन मज्जाले चलिरहेको र सन्तुष्टि पर्याप्त रहेको खुलासा गरेकी छिन् ।
प्रेरणादायी वाचक रहेका अमेरिकाका मिन्डी निस र सिन स्टेफेन्सनबीच सन् २००९ मा भेट भयो । सिनसँग भेट भएपछि मिल्डीलाई के मन परेछ कुन्नी उनी सिनसँग नजिकिनका लागि शिकागोमा सरिन् र सन् २०१२ मा यी दुइबीच विवाह भयो ।
आफुले मिन्डीलाई श्रीमतीको रुपमा पाउनु निकै आनन्दको विषय भएको भन्दै सिनले हरेक दिन आफुले ८ हजार पटक आइ लभ यु भन्ने गरेको तथा आफुले श्रीमतीको निकै ख्याल गर्ने गरेको बताउँछन् ।
यो जोडी निकै खुसी देखिएपनि इन्टरनेटमा भने सिनले मिल्डीलाई यौन सन्तुष्टि दिन नसक्ने र सिनको पैसाको लोभमा मिन्डी उनीसँग रहेको भन्ने खालका टिप्पणी हुने गरेका छन् ।

३६ वर्षकी मिन्डीले कड्कँदै भनेकी छिन्, ‘मैले सिधै किर्तिमान कायम राख्नुपर्ने हो । उनी अपांग छन् भन्नुको मतलब हाम्रो आनन्ददायी सेक्स लाइफ छैन भन्ने होइनफ छैन भन्ने होइन ।’
आफुले जिन्दगीमा अहिलेसम्म भेटेका पुरुषहरुमध्ये सिन सबैभन्दा बढि कामूक मान्छे रहेको मिन्डी बताउँछिन् । आफ्नो श्रीमानले आफुलाईर् यौन सन्तुष्टि दिँदैन भनेर अरुले कुरा गर्नु खराब बानी रहेको भन्दै उनले आफुलाई यौन सन्तुष्टि दिने काम आफ्नो लोग्नेको बाहेक अरु कसैको नभएको बताइन् ।
श्रीमतीको कुरामा सही थाप्दै श्रीमान सिन पनि भन्छन्, ‘मलाई थाहा छ म सबैभन्दा बढि यौनिक मान्छे हुँ । सम्भवतः सेक्स मेरो जिवनको सबैभन्दा ठूलो भाग हो ।’
हड्डी टुक्रिने रोगबाट ग्रसित सिन हिँडडुल गर्न सक्दैनन् । उनलाई हि्वलचेयरमा बसालेर डुलाउनुपर्छ । उनी १८ वर्षको छँदै उनका खुट्टा, हात, घाँटी, नाक लगायत जिउका विभिन्न भागका हड्डी २ सय ठाउँबाट भाँचिएका थिए । साथै उनी हि्वचेयरबाट खसेपछि उनको खप्पर, थाइ तथा हिप लगायतको हड्डी समेत टुटेको छ ।

Share This:

No Comment to " ५ फिट इन्च अग्ली एक महिलाको ३ फिटे श्रीमान "