Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आजका पत्र पत्रिकाबाट पुष ३०


 विवादित बिषयमा सहमति हुने नदेखिए पछि कांग्रेस नेता शेरबहादुर देउवाले  अन्तरिम संविधानलाई नै पुर्ण संविधानको रुपमा जारी गर्ने विकल्पलाई पार्टीभित्र र बाहिर छलफलको बिषय बनाउने ।

रोजगारका लागि कतार पुगेर दुर्घटनामा परी मृत्यु भएका २० नेपाली कामदारका परिवारले नेपाली दुताबासको पहलमा करिब १० करोड ८३ लाख ६६ हजार रुपैया क्षेतिपुर्ति पाए ।

बन्दको विरोधमा सत्तारुढ कांग्रेस र एमाले जनपरिचालन गरेर भिडन्त गराउन खोजेको एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको आरोप ।
विराटनगर स्थित सिटी कलेजमा म्ांगलबार बन्दकर्ताहरुले गरेको तोडफोड र हातपातका कारण भएको क्षती पुर्ती पाउनुपर्ने तथा दोसीलाई कानुनी दायरामा ल्याउनुपर्ने सरोकारवालाको माग ।
पूर्वी पहाडी जिल्ला भोजपुर र संखुवासभामा रुद्राक्षको ब्यवसाय बढ्यो , रुद्राक्षको आम्दानीबाट स्थानीयको जिवनस्तर सुध्रदै ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत विनोद अमात्य र लेखा तोयानाथ शर्माले जिल्ला स्वाथ्य कार्यालय कुश्मा, पवर्तको सामाग्री खरिदमा मुद्धा मिलाउन २ लाख घुस लिएको खुलासा ।
पाकिस्तानी सरकारद्वारा मङ्गलबार आतङवाद मुद्दा लगाइएका ७ जनालाई मृत्युदण्ड ,दक्षिण एसियाली मुश्लिम राष्ट्रमा १ महिनामा मृत्युदण्ड पाउनेको संख्या १६ ।

Share This:

No Comment to " आजका पत्र पत्रिकाबाट पुष ३० "