Scroll To Top
News Trending

Popular Posts

Facebook Like

डेस्कटपमा पनि ह्वाट्सएप

सवैभन्दा लोकप्रिय म्यासेजिङ एप ‘ह्वाट्स एप’ अब डेस्कटप कम्प्युटर तथा ल्यापटपबाट पनि चलाउन सकिने भएको छ । एक बर्षअघि मात्र फेसबुकले १९ अर्ब डलरमा खरिद गरेको ह्वाट्स एपले आफ्नो सेवालाई ब्यापक बनाउने उदेश्यसहित डेस्कटपबाट पनि प्रयोग गर्न मिल्ने सुबिधा सुरु गरेको हो । ह्वाट्एपका बिश्वभर ७० करोड प्रयोगकर्ता छन् ।
यसका लागि तपाईंले डेस्कटपमा एप इन्स्टल गर्नुपर्दैन् । वेब ब्राउजरबाटै ह्वाट्सएप खोल्न सकिन्छ र आफ्नो मोबाइलमा चलाइरहेकै एप, त्यसमा रहेका कन्ट्याक्ट र पुराना सम्बादहरु सिधै डेस्कटपबाट एक्सेस गर्न सकिन्छ ।
यसका लागि तपाईँले गुगल क्रोम ब्राउजरमा गएर https://web.whatsapp.com खोल्नुपर्छ । अब डेस्कटप स्क्रिनमा देखिने क्युआर कोड स्मार्टफोनबाट स्क्यान गर्नुहोस् । स्क्यान भइसकेपछि तपाईको मोबाइलमा पहिले नै प्रयोगमा रहेको ह्वाट्सएप अब डेस्कटपमा लिंक हुनेछ ।
यसको अर्थ तपाईं सिधै डेस्कटपबाट ह्वाट्सएप खोलेर अकाउन्ट खोल्न सक्नुहुन्न । केवल तपाईको मोबाइलमा भएको ह्वाट्एप डेस्कटपमा कनेक्ट मात्र गर्न सक्नुहुन्छ । तपाईसँग मोबाइलमा ह्वाट्सएपको अकाउन्ट छैन भने डेस्कटपमा चलाउन सक्नुहुन्न । यसअघि यस्तैखाले थर्ड पार्टी एपका माध्यमबाट ह्वाट्स एप डेस्कटपमा चलाउन सकिने भएपनि त्यो आधिकारिक थिएन् ।
ख्याल गर्नुपर्ने ५ बिषयः
प्रयोगकर्ताको लामो समयदेखिको माग पुरा गर्दै ह्वाट्सएपले डेस्कटप कम्प्युटरबाट चलाउने सकिने बनाए पनि त्यसमा केही सिमितता छन् । डेस्कटप भर्सन चलाउनु पहिले तपाईले यी पाँच कुरामा ख्याल गर्नुपर्छ ।
१. यसले आइफोनमा काम गर्दैन
यदि तपाईले आफ्नो आइफोनमा ह्वाट्सएप चलाउँदै आउनुभएको छ भने डेस्कटपसँग कनेक्ट गर्न सक्नुहुन्न । एप्पलका केही नीतिगत सिमितताका कारण आइफोन वा आइप्याडका युजरले डेस्कटपसँग कनेक्ट गर्न नसक्ने ह्वाट्सएपले जनाएको छ । एन्ड्रोइड, विन्डोज र ब्ल्याकबेरी फोन प्रयोगकर्तालाई यो सुबिधा उपलब्ध छ ।
२. तपाईको फोन इन्टरनेटसँग कनेक्टेड हुनुपर्छ
डेस्कटपमा ह्वाट्सएप चलाउन तपाईको मोबाइल निरन्तर इन्टरनेटसँग जोडिएको हुनुपर्छ । यदि तपाइको मोबाइलमा इन्टरनेट टुट्यो वा फोनमा ब्याट्री सकिएर फोन अफ भयो भने ह्वाटसएपको डेस्कटप भर्सनले पनि काम गर्न बन्द गर्ने छ ।
३. गुगल क्रोमबाहेक अन्य ब्राउजर सर्पोट गर्दैन
यदि तपाईले इन्टरनेट एक्सप्लोरर, फायरफक्स वा सफारी जस्ता ब्राउजर चलाउनुहुन्छ भने यो सेवा उपयोग गर्न बञ्चित हुनुहुनेछ । अर्थात् गुगल क्रोममा मात्र ह्वाट्सएपको डेस्कटप सेवाले काम गर्ने छ ।
४. युजर ब्लक गर्न सकिदैन
युजर ब्लक गर्नका लागि तपाईं फेरी पनि ह्वाट्सएपको मोबाइल एपमै जानुपर्छ, डेस्कटप भर्सनमा यो सेवा उपलब्ध हुनेछैन् ।
५. ग्रुप बनाउन र बन्द गर्न सकिदैन
ह्वाट्सएपमा ग्रुप सम्बादमा हुनुहुन्छ र त्यसबाट बाहिरिन चाहनुहुन्छ वा नयाँ ग्रुप सिर्जना गर्न चाहनुहुन्छ भने त्यो सुबिधा डेस्कटप भर्सनमा उपलब्ध छैन् । त्यसका लागि तपाईले मोबाइल एपकै सहारा लिनुपर्नेछ ।

Share This:

No Comment to " डेस्कटपमा पनि ह्वाट्सएप "