Scroll To Top
News Trending

Popular Posts

Facebook Like

बस दुर्घटना, २० घाइते

पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडक खण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
काठमाण्डौबाट गौर जाँदै गरेको बा २ ख ६२३४ नम्बरको तुलसी यातायातको बस राजमार्ग छेउमा रहेको आँपको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
बिहान ४ बजे इलाका वन कार्यालय अगाडी भएको सो दुर्घटनामा घाइते भएका मध्ये दुई को अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका कैलास नायक र सतनारायण साहलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
बसका चालक इनर्जी चौधरी फरार छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share This:

Labels:

No Comment to " बस दुर्घटना, २० घाइते "