Scroll To Top
News Trending

Popular Posts

Facebook Like

नोकियाको C1 अब Android मा

कुनैबेला मोबाइल फोन बजारमा एकछत्र राज गरिरहेको कम्पनी नोकिया पछिल्लो समयमा गुमनाम बन्दै गइरहेको छ । सायद तपाइँ हामीमध्ये धेरैले नोकियाको सादा मोबाइल सेटबाटै मोबाइल अनुभवको सुरुवात गरेका हौँला । त्यसैले नोकिया भन्ने बित्तिकै छुट्टै प्रेम तथा अट्याचमेन्ट जाग्छ । जागेर के गर्नु ओह्रालो लागेसँगै माइक्रोसफ्टले खरीद गरेको नोकिया कम्पनी त्यसयता गुमनाम छ । तर खुसीको कुरा, नोकिया कम्पनी नयाँ एन्ड्रोइड फोनका साथ बजारमा पुनरागमन गर्दैछ ।
समाचार अनुसार नोकिया कम्पनीले एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । नोकियाको पुनरागमनलाई लिएर मोबाइल फोन प्रयोगकर्ताबीचमा उत्साह छाउनु स्वभाविकै हो । नोकियाले निकट भविष्यमा सि वान नामक स्मार्टफोन बजारमा ल्याउने बताइएको छ र अहिले उक्त स्मार्टफोन निर्माणको काम चुपचाप तर तिव्र गतिमा गरिरहेको छ ।
चिनिया साइट विबोमा नोकियाको आसन्न सि वान स्मार्टफोनका लाइभ तस्वीरहरु सार्वजनिक भएका छन् । जसमा नोकिया सि वान स्मार्टफोनको अघिल्लो तथा पछिल्लो भागको पूर्ण तस्वीर छन् ।
कालो रंगको अघिल्लो भाग हेर्दा साओमीको टेक्स्टबुक जस्तो देखिन्छ भने पछिल्लो भाग मोटोरोलाको मोटो जी तथा मोटो एक्स सँग मिल्छ । यो स्मार्टफानमा ५ इन्चको फुल एचडी डिस्प्ले रहने बताइएको छ ।
माइक्रोसफ्टले कम्पनीको महत्वपूर्ण हिस्सा खरीद गर्दा गरिएको शर्त बमोजिम नोकिया कम्पनीले सन् २०१६ को अन्तिम त्रैमासिकसम्म आफ्नो ब्रान्डिंगमा नयाँ स्मार्टफोन उत्पादन तथा बिक्रि गर्न पाउँदैन । त्यसैले कम्तिमा पनि अबको एक डेढ वर्ष नोकियाको यो स्मार्टफोन बजारमा देख्न नपाइने पक्का छ ।
तर स्मार्टफोनको नशाले नोकियालाई छोपिसकेको र उसले आफ्ना स्मार्टफोनको उत्पादन, बिक्रि तथा बजारीकरणका लागि तेश्रो पक्ष ब्राण्डको खोजी गरिरहेको पनि बताइएको छ ।
खबर अनुसार नोकियाको सि वान स्मार्टफोनमा एन्ड्रोइड सिक्स मार्सम्यालो अपरेटिंग सिस्टम हुनेछ । साथै यसमा इन्टेलको प्रोसेसर तथा २ जिबीको र्याम हुनेछ । साथै मुख्य क्यामरा ८ मेगापिक्सेल र सेल्फी क्यामरा ५ मेगापिक्सेलको हुने बताइएको छ ।


from SHYANE http://ift.tt/1KPtoTX
via समाचार

Share This:

No Comment to " नोकियाको C1 अब Android मा "