Scroll To Top
News Trending

Popular Posts

Facebook Like

मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी आज भिड्दै

राष्ट्रिय लिग फुटबलमा मंगलबार(आज) उपाधि दाबेदार मानिएका मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा उपाधि होड बलियो पार्न मंगलबार दुवै टिमलाई जित आवश्यक छ ।

लिग अंक तालिकाको तेस्रो स्थानमा रहेको मनाङले अहिलेसम्म १० खेलमा १९ अंक जोडेको छ । उत्तिनै खेल खेलेका आर्मी र एपीएफको १७–१७ अंक छ । १२ खेल खेलेको झापा–एघार २४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने थ्री स्टारको ११ खेलबाट २२ अंकसहित दोस्रो स्थानमा छ ।



from SHYANE http://ift.tt/1VnFtze
via समाचार

Share This:

No Comment to " मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी आज भिड्दै "