Scroll To Top
News Trending

Popular Posts

Facebook Like

ह्वाट्सएपका प्रयोगकर्ता ९० करोड पुगे

आफ्ना दैनिक प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको खुसीयाली मथ्थर हुन नपाउँदै सोसल नेटवर्किंग साइड फेसबुकले अर्को खुसी थपेको छ ।
फेसबुकले गत वर्ष खरीद गरेको मेसेजिंग एप ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ९० करोड पुगेको छ ।
सन् २०१४ को सुरुमा मोटो रकम खर्चेर फेसबुकले खरीद गरेको ह्वाट्सएपका प्रयोगकर्ताको संख्या त्यसयता दोब्बर भन्दा बढिले वृद्धि भएको छ । पछिल्लो ४ महिनामा मात्र १० करोड नयाँ ह्वाट्सएप प्रयोगकर्ता थपिएका छन् ।
ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताको संख्या ९० करोड पूराएको सगर्व घोषणा गरेका हुन् यसका सहसस्थापक जन कोमले, आफ्नो फेसबुक पेज मार्फत ।
यो खुसीयालीमा कोमलाई सबैभन्दा पहिले बधाइ दिनेहरु मध्ये फेसबुकका संस्थापक मार्क जुकरबर्ग नै भए र उनले आफ्नो स्टाटस अपडेटमा कोमको फोटो पनि पोष्ट गरेका छन् ।
सन् २०१४ को फेब्रुअरीमा फेसबुकले खरीद गर्दा ह्वाट्सएपका प्रयोगकर्ता ४३ करोड मात्र थिए ।गत अप्रिलमा त्यो संख्या ८० करोड पुग्यो भने पछिल्लो ४ महिनामा १० करोड थपियो ।
प्रयोगकर्ताको संख्या अत्यधिक भएपनि यसको कुनै दिगो व्यवसायिक मोडेल नभएको भन्दै ह्वाट्सएपको आलोचना हुने गरेको छ । स्मार्टफोनमा ह्वाट्सएप निशुल्क डाउनलोड गर्न सकिन्छ तर एक वर्ष प्रयोग गरिसकेपछि यदि सधैभरी चलाउने हो भने ०.९९डलर तिर्नुपर्ने हुन्छ ।
यसप्रकार यदि सबै ९० करोड प्रयोगकर्ताले ह्वाट्सएप खरीद गर्ने हो भने यसले ८९ करोड १० लाख डलर कमाउनेछ । ह्वाट्सएपका सहसस्थापक कोम ह्वाट्सएप व्यवसायिक नभएको भन्ने आलोचना सुन्न चाहँदैनन् । ह्वाट्सएपलाई विज्ञापनिक बनाउने कुरामा उनको कडा विमति रहने गरेको छ ।


from SHYANE http://ift.tt/1K3UFym
via समाचार

Share This:

No Comment to " ह्वाट्सएपका प्रयोगकर्ता ९० करोड पुगे "