Scroll To Top
News Trending

Popular Posts

Facebook Like

घरेलु विधि प्रयोग गरेर आफ्नो फोक्सो यसरी सफा गर्नुहोस्

चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ ।
तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ ।विधि प्रयोग गर्ने तरीकाः
१. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ ।
२. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् । किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।
यस्तै अन्य सामग्रीहरु आफ्नै फेसबुक वालमा प्राप्त गर्नका लागि हाम्रो आधिकारीक फेसबुक पेजमा लाईक गर्नुहोस् ।
३. बिहानको खाना र दिउँसोको खानाको बीचमा ३०० मिली गाजरको जुस पिउनुहोस् । गाजरको जुसले शरीरमा अल्कालीको मात्रा बढाउँछ ।

४.दिउँसो खाना खानुसँगै पोटासियम भएको जुस ४०० मिली पिउनुहोस् किनभने पोटासियममा विषाक्त तत्व फाल्ने क्षमता हुन्छ । यसका लागि आँप, केरा, सुन्तला, मेवा जस्ता फलफूलको जुस सेवन गर्दा उपयुक्त हुन्छ । अनि बेलुका सुत्नु अगाडि ४०० मिली अल्छाको जुस पिउनुहोस् र यसले गर्दा फोक्सोमा संक्रमण गरेका ब्याक्टेरिया मर्ने गर्दछन् ।

५‍. यस बाहेक तातो पानीले २० मिनेट नुहाउँदा यो विधि अझै प्रभावकारी हुन्छ । तातो पानीले नुहाउँदा फोक्सोमा भएका विषाक्त पदार्थ बाहिर निस्कन्छन् । यस बाहेक मसलाको तेल मिसाएको तातो पानीको बाफ लिंदा अझ राम्रो हुन्छ ।



from SHYANE http://ift.tt/1P5Xzni
via समाचार

Share This:

No Comment to " घरेलु विधि प्रयोग गरेर आफ्नो फोक्सो यसरी सफा गर्नुहोस् "