Scroll To Top
News Trending

Popular Posts

Facebook Like

सिंहका बच्चा दूध चुसाएर हुर्काउँदैछ कुकुरले

चिडियाखानामा एउटा पोथी कुकुरले ३ वटा डमरुलाई आमाजस्तै बनेर आफ्नै बच्चालाई झैँ माया गरेर पालिरहेको छ । भाले सिंह र पोथी बाघबीचको समागमबाट जन्मिएका ती ३ वटा डमरु अर्थात् लाइगरका लागि कुकुर केवल धाइआमा मात्र होइन आफ्नै आमाझैं बनेको छ । उसले डमरुहरुलाई नियमित रुपमा दूध चुसाउने गरेको छ ।

रुसको सोचीस्थित चिडियाखानाको घटना हो यो । चिडियाखानामा रहेको बघिनीले सिंहसँगको समागमपछि ३ वटा ठिमाहा जन्माई । सिंहसँगको समागमबाट जन्मिएका डमरुहरु आफ्ना यसअघिको बेतका बच्चा भन्दा फरक देखेर होला बघिनीले ती बच्चालाई माया तथा वास्ता गरिन र छाडी ।
आमाले छाडेपछि अलपत्र परेका ती लाइगरलाई बचाउनका लागि चिडियाखानाका स्टाफहरुलाई नयाँ जुक्ति फुर्यो । उनीहरुले एक पोथी कुकुरलाई त्यहाँ लगे जसका आफ्नै छाउराहरु पनि थिए । त्यो पोथी कुकुरले त्यसरी बघिनीका बच्चालाई अपनाउँछ भन्ने आशा निकै कम थियो उनीहरुमा । तर अचम्म त्यो कुकुरले ती बघिनीका बच्चालाई आफ्नै सन्तान झैँ माया ममता तथा हेरचाह गर्न थाल्यो ।
त्यसपछि चिडियाखानाका कर्मचारीहरुले उक्त कुकुरलाई लाइगर डमरुहरुको पालनपोषणका लागि तालिम समेत दिए । अहिले लाइगर बच्चाहरु झण्डै २ हप्ताका भएका छन् । उनीहरुले कुकुरका छाउरा झैँ गरी कुकुर्नीको दूध चुस्दछन् ।
यो पक्का छ की यी बच्चाहरु धेरै समयसम्म आफ्नो धाइआमा कुकुरसँग रहने छैनन् किनकी ठूलो भएपछि यिनीहरुले सो कुकुरलाई त सिकार बनाउने हुन् । लाइगर आफैमा ठूलो आकारको जन्तु हो । भाले लाइगरको लम्बाइ १२ फिटसम्म हुन्छ । दुई फरक प्रजातिका जिवबीचको समागमबाट जन्मेको हुनाले लाइगर बच्चा पैदा गर्न असक्षम हुन्छ ।


from SHYANE http://ift.tt/1hdz24I
via समाचार

Share This:

No Comment to " सिंहका बच्चा दूध चुसाएर हुर्काउँदैछ कुकुरले "